नेकपाको विधान अनुशासन आयोगद्वारा अस्वीकार

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १२, २०७५
|
|
५६ पटक हेरिएको
Shares
नेकपाको विधान अनुशासन आयोगद्वारा अस्वीकार

सारांश

  • काठमाडाै, १२ असार ।
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विधान अनुशासन आयोगले अस्वीकार गरेको छ ।
  • केन्द्रीय कमिटीबाट पारित भएको विधान लोकतान्त्रिक नभएको र अनुशासन आयोग लगायतका निर्वाचित आयोगहरुलाई अधिकारविहीन बनाउन खोजिएको भन्दै आयोगले विधान सच्याउन आग्रह गरेको छ।

काठमाडाै, १२ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विधान अनुशासन आयोगले अस्वीकार गरेको छ ।

केन्द्रीय कमिटीबाट पारित भएको विधान लोकतान्त्रिक नभएको र अनुशासन आयोग लगायतका निर्वाचित आयोगहरुलाई अधिकारविहीन बनाउन खोजिएको भन्दै आयोगले विधान सच्याउन आग्रह गरेको छ।

तत्कालीन एमालेको अनुशासन आयोगको बैठकले विधान नसच्याएसम्म स्वीकार नगर्ने अडान प्रष्ट पारेको छ । यो निर्णयमा तत्कालीन माओवादीका अनुशासन आयोग अध्यक्ष अमिक शेरचनको पनि समर्थन छ ।

अनुशासन आयोगको बैठकले त्रुटिपूर्ण विधान अस्वीकार गर्ने निर्णय गरेको आयोगका अध्यक्ष अमृतकुमार बोहोराले जानकारी दिए । उनले आयोगको भूमिका अझ बलियो बनाउने बेला केही नेताले आफूले जे गरे पनि हुन्छ भन्ने स्वेच्छाचारी शैली देखाएको आरोप लगाए ।

आयोगका अध्यक्ष स्थायी कमिटीको स्वतः सदस्य हुनुपर्नेमा आमन्त्रितमा राखिएको उनले बताए । पार्टी एकताको भावनाअनुसार निर्वाचित सदस्यहरु कायम राखेर अरुलाई थप्नुपर्नेमा निर्वाचितहरुलाई पनि हटाउने गरी ९ सदस्यीय आयोग विधानमा व्यवस्था गरिनु आपत्तीजनक ठहर गरिएको छ ।

बोहोराले भने, ‘तत्कालीन एमालेको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरु कायम छन् । तर, आयोगका निर्वाचित सदस्यहरुलाई मात्र अपमानजनक ढंगले हटाउन खोजिएको छ । महाधिवेशनबाट निर्वाचित कमरेडहरुलाई हटाउने अधिकार यी नेतालाई कसले दियो ? यस्तो विधान स्विकार्य नहुने निर्णय हामीले गरेका छौं ।’

एमालेको नवौं महाधिवेशनबाट निर्वाचित आयोगहरु २१ सदस्यीय छन् । तर नेकपाको अन्तरिम विधानले आयोगको संख्या ९ सदस्यीय राखेको छ । तत्कालीन माओवादीमा भने आयोगहरुको सदस्यको विवरण भेटिएको छैन ।

नेकपाको अन्तरिम विधानमा अनुशासन, लेखा परीक्षक र निर्वाचन गरी ३ वटा विभाग राखिएको छ । अनुशासन आयोगका अध्यक्ष बोहोरा र शेरचनलाई स्थायी कमिटीमा आमन्त्रित सदस्य राखिएको छ । तर, उनीहरुले अस्वीकार गरेका छन् ।

स्थायी कमिटीको पहिलो बैठकमा उपस्थित भएका बोहोराले विधान सच्याउन माग गर्दै केही नेताको मनोमानी स्विकार्य नहुने बताएका थिए । अमृत बोहोराले स्थायी कमिटीको पहिलो बैठकको माइन्यूटमा पनि हस्ताक्षर गरेका छैनन् । अमिक शेरचनले पनि पार्टी एकतादेखि कुनै निर्णयमा हस्ताक्षर गरेका छैनन् ।

पार्टी अध्यक्षद्वय ओली र प्रचण्डले विधान सच्याउने आश्वासन दिएका छन् । तर अहिलेसम्म त्यस दिशामा काम नभएकाले अनुशासन आयोग एकीकरण प्रक्रियामा सामेल नभएको बोहोराले बताए ।

‘म २०२२ सालदेखि नेकपाको सदस्य भएर काम गरेको मान्छे, जीवनमा यस्तो अपमानित महसुस भएको थिएन । ओली कमरेड र म एउटै महाधिवेशनबाट निर्वाचित भएका हौं । उहाँसहित केन्द्रीय कमिटी चाहिँ तलमाथि नहुने । आयोग चाहिँ पार्टी होइन ? अपमानको यो हद स्वीकार्य छैन,’ बोहोराले भने ।

शेरचनले पनि पार्टी एकीकरण प्रक्रियाका धेरै निर्णयमा आफू असहमत रहेको र ओली-प्रचण्डले त्रुटि सच्याउनुपर्ने बताए ।

पार्टीमा जनवादी केन्द्रियताको साटो सीमित नेताको केन्द्रियता लागू गर्न खोजिएको आरोप पनि पाका नेताहरुले लगाएका छन् । उनीहरुको यो आवाजमा भरतमोहन अधिकारी, सिद्धीलाल सिंहलगायतको पनि समर्थन रहेको दाबी गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांक सार्वजनिक, नेपालको झिनो सुधार
भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांक सार्वजनिक, नेपालको झिनो सुधार
नदीमा हामफाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु
नदीमा हामफाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु
बालकृष्ण ढुंगेललाई माफी दिने सरकारको निर्णय आज सर्वोच्चमा पेश हुने
बालकृष्ण ढुंगेललाई माफी दिने सरकारको निर्णय आज सर्वोच्चमा पेश हुने
असोज ११ गते आइतवारको राशिफल यस्तो छ
असोज ११ गते आइतवारको राशिफल यस्तो छ
कंग्रेसले जितेको बाजुरा त्रिवेणी नेकपाले खोस्यो
कंग्रेसले जितेको बाजुरा त्रिवेणी नेकपाले खोस्यो
पोषणसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री यादव
पोषणसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री यादव
झण्डा हल्लाएर हिँड्न लाज मान्नुपर्ने हो , हाम्रो अध्यक्षले के हेरिरहनुभएको छ ?-माओवादी नेता दिनानाथ शर्मा
झण्डा हल्लाएर हिँड्न लाज मान्नुपर्ने हो , हाम्रो अध्यक्षले के हेरिरहनुभएको छ ?-माओवादी नेता दिनानाथ शर्मा
उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ पर्व सम्पन्न गरिँदै
उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ पर्व सम्पन्न गरिँदै
संसारको पहिलो सैलुन जहाँ अर्धनग्न महिलाले पुरुष ग्राहकलाई यस्तो सुविधा दिने!
संसारको पहिलो सैलुन जहाँ अर्धनग्न महिलाले पुरुष ग्राहकलाई यस्तो सुविधा दिने!
उपत्यकामा विद्यालय कतै खुले, कतै खुल्ने तयारीमा
उपत्यकामा विद्यालय कतै खुले, कतै खुल्ने तयारीमा

तपाईंले छुटाउनुभयो कि?