कटरीनाका कारण सलमान खुशि
सारांश
- मुम्बई, २४ साउन।
- सलमान खानको फिल्म ‘भारत’ मा अब कटरीना कैफले काम गर्ने भएकी छन् ।
- यसअघि भारतमा प्रियंका चोपडा तय भएको थियाे।
मुम्बई, २४ साउन। सलमान खानको फिल्म ‘भारत’ मा अब कटरीना कैफले काम गर्ने भएकी छन् । यसअघि भारतमा प्रियंका चोपडा तय भएको थियाे। अघिल्लो साता प्रियंकाले आफू भारतमा नखेल्ने बताएकी थिइन । शुरुमै आफ्नो फिल्ममा सलमान कटरीनालाई नै लिन चाहान्थे तर प्रियंका अनुबन्ध भइन । भारतमा कटरीना खेल्ने भएपछि सलमान अहिले निकै खुशी भएको बताइएको छ ।
भारतका निर्देशन अली अब्बास जफरका अनुसार कटरीनाले स्क्रिप्ट पढेपछि आफ्नो भूमिका मन पराएको दाबी गरेका छन् । र स्रोतका अनुसार कटरीनाले जफरको प्रस्ताव स्वीकार गरेकी छन् । फिल्म भारतमा खेल्न उनी राजी भएकी छन् । कटरीनाको पारिश्रमिक तय नभए पनि सलमान उनलाई प्रियंकलाई दिने जति पैसा दिन तयार छन् । भारतमा प्रियंकालाई १२ करोड भारतीय रुपैया दिने सहमति थियो ।
सलमान र कटरीनाबीच केही वर्षअघि अफेयर्सको चर्चा थियो । तर त्यो धेरै टिकेन । अहिल्यसम्म दुवै अविवाहित छन् ।
प्रतिक्रिया