कपाल झरेर परिशान हुनुभएको छ भने खानुहोस् यी खानेकुराहरु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २१, २०८०
|
|
५२ पटक हेरिएको
Shares
कपाल झरेर परिशान हुनुभएको छ भने खानुहोस् यी खानेकुराहरु

सारांश

  • काठमाडौं ।
  • कपाल झर्ने समस्याबाट पिडित हुनुहुन्छ भने खानामा नट्स तथा बीजहरुलाई समावेश गर्न सक्नुहुन्छ ।
  • यसले कपाल झर्न कम हुन्छ साथै कपालको लम्बाई पनि बढ्ने छ ।

काठमाडौं । कपाल झर्ने समस्याबाट पिडित हुनुहुन्छ भने खानामा नट्स तथा बीजहरुलाई समावेश गर्न सक्नुहुन्छ । यसले कपाल झर्न कम हुन्छ साथै कपालको लम्बाई पनि बढ्ने छ । कपाल झर्न रोक्नका लागि हेयर केयरसँगै पोषक तत्वमा पनि ध्यान दिन आवश्यक छ ।

फेल्क्स सिड्स
यसमा भिटामिन ई तथा ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यसले कपाललाई खराब हुन र टुक्रिनबाट जोगाउँछ । यसले कपाललाई मुलायम बनाउँदछ । दिनमा एक चम्चा फेक्स सिड्सको सेवन गर्न सकिन्छ ।

प्रोटिन डाइट

यदी कपाल झरिरहेको छ भने, तपाईं सही मात्रामा प्रोटिन लिइरहनु भएको छैन । त्यसैले खानामा प्रोटिनलाई समावेश गर्नुहोस् । कपाललाई बढाउनका लागि प्रोटिनको सेवन गर्नुहोस् ।

मेथीको बीज

मेथीमा भिटामिन तथा प्रोटिन पाइन्छ । यसमा आइरनको मात्रा पनि अत्यधिक हुन्छ । यसले चाँयालाई कम गर्छ जसले गर्दा कपाल झर्न रोकिन्छ । साथै कपाललाई भित्रैदेखि बलियो बनाउँछ ।

फर्सीको बीज
फर्सीको बीजमा कैयौं यस्ता भिटामिन तथा मिनरल्स पाइन्छ जसले कपालको वृद्धि तथा विकासका लागि जरुरी हुन्छन् ।

धनियाँको पात

धनियाँको पातमा आइरन, भिटामिन ए तथा भिटामिन सी तथा प्रोटिन पाइन्छ । जो हाम्रो कपालको लागि एकदमै फाइदाजनक हुन्छ ।

माछा

माछामा भरपूर मात्रामा ओमेगा–३ फ्याटी एसिड तथा प्रोटिन पाइन्छ जो हाम्रो कपालको वृद्धिका लागि फाइदाजनक हुन्छ । नियमित आफ्नो खानपानमा माछालाई समावेश गर्नुहोस् । एजेन्सी

(https://www.curlygirldesign.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मलाका लागि न्याय माग्दै सुरु गरिएको धर्नामा डा. केसीको ऐक्यबद्धता
निर्मलाका लागि न्याय माग्दै सुरु गरिएको धर्नामा डा. केसीको ऐक्यबद्धता
हिमालय टिभीमा श्रमजीवी पत्रकारहरुको पक्षमा महासंघको आन्दोलन शुरु
हिमालय टिभीमा श्रमजीवी पत्रकारहरुको पक्षमा महासंघको आन्दोलन शुरु
सार्वजनिक बिदाकोअवज्ञा गरेको भन्दै मन्त्रीले नै लगाए राष्ट्र बैंकमा ताला
सार्वजनिक बिदाकोअवज्ञा गरेको भन्दै मन्त्रीले नै लगाए राष्ट्र बैंकमा ताला
प्रधानमन्त्रीले दिए बिरामीलाई भत्ता
प्रधानमन्त्रीले दिए बिरामीलाई भत्ता
गिरिजाप्रसाद कोइरालालाई बिर्सन थाल्यो कांग्रेसले
गिरिजाप्रसाद कोइरालालाई बिर्सन थाल्यो कांग्रेसले
संचार क्षेत्रमा आएका समाचार र टिप्पणीप्रति मुख्यमन्त्रिकोआक्रोस
संचार क्षेत्रमा आएका समाचार र टिप्पणीप्रति मुख्यमन्त्रिकोआक्रोस
वार’ टिजरमा ऋतिक रोशन र टाइगर श्राफको घम्साघम्सी
वार’ टिजरमा ऋतिक रोशन र टाइगर श्राफको घम्साघम्सी
“राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन : भूपेन्द्रप्रसाद पौडेल सचिव, राष्ट्रपति कार्यालय
“राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन : भूपेन्द्रप्रसाद पौडेल सचिव, राष्ट्रपति कार्यालय
प्रकृति र संस्कृति नै मुलुकलाई सम्वृद्ध बनाउने आधार
प्रकृति र संस्कृति नै मुलुकलाई सम्वृद्ध बनाउने आधार
नयाँ भर्ना नगर्न र अनलाइन शिक्षाको शुल्क नलिन निर्देशन
नयाँ भर्ना नगर्न र अनलाइन शिक्षाको शुल्क नलिन निर्देशन

तपाईंले छुटाउनुभयो कि?