कपिलवस्तुमा २१ वर्षकी युवतीलाई ढुंगाले हानेर मारियो

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख १६, २०७६
|
|
३४ पटक हेरिएको
Shares
कपिलवस्तुमा २१ वर्षकी युवतीलाई ढुंगाले हानेर मारियो

सारांश

  • कपिलवस्तुमा एक युवतीको ढुङ्गाले हानेर हत्या भएको छ।
  • वाणगंगा नगरपालिका वडा नम्बर ८ बालापुरकी २१ वर्षीया सुनीता थारुको हत्या भएको हो।
  • मृतक थारुको शव सोमबार विहान घर नजिकैको वाणगंगा खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तुमा एक युवतीको ढुङ्गाले हानेर हत्या भएको छ। वाणगंगा नगरपालिका वडा नम्बर ८ बालापुरकी २१ वर्षीया सुनीता थारुको हत्या भएको हो। मृतक थारुको शव सोमबार विहान घर नजिकैको वाणगंगा खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । ढुङ्गाले हानेर युवतीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी अच्युतमप्रसाद पुडासैनीले युवतीको ढुङ्गा प्रहारबाट मृत्यु भएको र आशंकामा उनका श्रीमान २१ वर्षका सुरेश थारूसहित तीन जनालाई पक्राउ गरिएको जानकारी दिएका छन्। ‘स्थानीयले खबर गरेपछि सोमबार बिहान ४ बजेतिर शव फेला पारेका हौं ।’ उनले भने, ‘युवतीको निधारमा ढुंगाले हानेको गहिरो चोट छ।’

‘प्रक्राउ पर्ने २ जना सुरेशका साथी हुन्,’ उनले भने, ‘ढुंगाले हानेर युवतीको हत्या गरिएको निश्चित हो तर यसमा कसको संलग्नता छ भन्ने पत्ता लगाउन अनुसन्धान सुरु गरेका छौं।’ प्रहरीका अनुसार सुनीतालाई उनका श्रीमानले आइतबार राति ९ बजेतिर नुहाउन भन्दै घर नजिकैको वाणगंगा खोलामा लगेका थिए। त्यही बेला उनको हत्या भएको प्रहरीको अनुमान छ।

नुहाउन गएकी छोरी राति अबेरसम्म घर नफर्केपछि माइती पक्षले सोमबार बिहानै प्रहरीलाई खबर गरेका थिए। स्थानीयका अनुसार सुनीता र सुरेशले एक वर्षअघि प्रेम विवाह गरेका थिए। सुनीतालाई पहिलदेखि श्रीमान्, सासुलगायत परिवारले यातना दिने गरेको बुझिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?