कमलरी मुक्त गर्न आग्रह

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर १३, २०७५
|
|
५७ पटक हेरिएको
Shares
कमलरी मुक्त गर्न आग्रह

सारांश

  • घोराही, १३ मङ्सिर, तराईका पाँच जिल्लामा घरेलु कामदारका रूपमा बसेका ७९ कमलरीलाई मुक्त गर्न सम्बद्ध व्यक्तिहरूले आग्रह गरेका छन् ।
  • लामो समयसम्म मालिकको कमलरी बसेर मुक्त भएका कमलरीहरूले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल दाङ आउनुभएको मौकामा उक्त आग्रह गरेका हुन् ।
  • सरकारले विसं २०७० असार १३ गते कमलरी मुक्तिको घोषणा गर्नाका साथै आन्दोलनमा उत्रिएका कमलरीसँग १० बँुदे सम्झौता पनि ग¥यो ।

घोराही, १३ मङ्सिर, तराईका पाँच जिल्लामा घरेलु कामदारका रूपमा बसेका ७९ कमलरीलाई मुक्त गर्न सम्बद्ध व्यक्तिहरूले आग्रह गरेका छन् ।
लामो समयसम्म मालिकको कमलरी बसेर मुक्त भएका कमलरीहरूले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल दाङ आउनुभएको मौकामा उक्त आग्रह गरेका हुन् ।

सरकारले विसं २०७० असार १३ गते कमलरी मुक्तिको घोषणा गर्नाका साथै आन्दोलनमा उत्रिएका कमलरीसँग १० बँुदे सम्झौता पनि ग¥यो । उक्त सम्झौतापत्रमा दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न व्यक्तिको घरमा कमलरी बसेकालाई यथाशक्य चाँडो उद्धार गर्नुपर्ने बुँदा उल्लेख भएपनि अझैसम्म कार्यान्वयन नहँुदा अझै ७९ थारू बालिका कमलरी बस्न बाध्य छन् ।

मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीले अझै पनि तराईका जिल्लामा थारू चेली कमलरीको रूपमा मालिकको घरका काम गरिरहेकोे मुख्यमन्त्रीलाई जानकारी गराउनुभएको थियो । उहाँका अनुसार कञ्चनपुरमा छ, कैलालीमा २२, बर्दियामा २९, बाँकेमा चार र दाङमा १८ थारू बालिका बालश्रमिकको रूपमा मालिकको घरमा काम गरिरहेका छन् ।

अध्यक्ष चौधरीले वेपत्ता कमलरीको अभिलम्ब खोजी गरी उद्धार गर्न, मालिकको यौनशोषणबाट कुमारी आमा बनेकालाई न्याय दिन र कमलरीमाथि भएका घरेलु हिंसा तथा यौन हिंसाकाका पीडिकलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा पनि जोड दिइएको बताउनुभयो ।
मागपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले आफूले कमलरीको समस्या सम्बोधनका लागि पहल थाल्ने आश्वासन दिनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार शर्मामाथि साङ्घातिक आक्रमण
पत्रकार शर्मामाथि साङ्घातिक आक्रमण
पत्रकार वीरेन्द्र साह हत्याका ‘मास्टर माइन्ड’पक्राउ
पत्रकार वीरेन्द्र साह हत्याका ‘मास्टर माइन्ड’पक्राउ
प्रधानमन्त्री ओलीले सातवटै सरकारका प्रमुखहरुलाई किन बोलाए? पहिलो छलफल हुँदै
प्रधानमन्त्री ओलीले सातवटै सरकारका प्रमुखहरुलाई किन बोलाए? पहिलो छलफल हुँदै
एक शर्त मानेपछि पाइन्छ २५ रुपैयाँमा गर्लफ्रेण्ड
एक शर्त मानेपछि पाइन्छ २५ रुपैयाँमा गर्लफ्रेण्ड
साताको पहिलो दिन नेप्से दोहोरो अंकले घट्यो
साताको पहिलो दिन नेप्से दोहोरो अंकले घट्यो
नवलपरासी बौदीकाली गाउँपालिका अध्यक्षमा एमालेका प्रकाश ओझा विजयी
नवलपरासी बौदीकाली गाउँपालिका अध्यक्षमा एमालेका प्रकाश ओझा विजयी
जुम्ल्याह छोरीको निर्मम हत्या गरी आमा फरार
जुम्ल्याह छोरीको निर्मम हत्या गरी आमा फरार
बेइजिङ, हेबेई, टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न एकसट्ठी करोड डलर
बेइजिङ, हेबेई, टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न एकसट्ठी करोड डलर
म प्रजातन्त्रलाई ‘प्रजातन्तर’ र लोकतन्त्रलाई ‘लोकतन्तर’ भनेर उच्चारण गर्छु:  मन्त्री गोकर्ण विष्ट
म प्रजातन्त्रलाई ‘प्रजातन्तर’ र लोकतन्त्रलाई ‘लोकतन्तर’ भनेर उच्चारण गर्छु: मन्त्री गोकर्ण विष्ट
दुई समूहबीच झडप हुँदा गोली लागेर एक जना घाइते
दुई समूहबीच झडप हुँदा गोली लागेर एक जना घाइते

तपाईंले छुटाउनुभयो कि?