कम्युनिष्ट पार्टीका सबै कमिटीहरु ३ महिनाभित्र एकीकरणको तयारी

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ ७, २०७५
|
|
४० पटक हेरिएको
Shares
कम्युनिष्ट पार्टीका सबै कमिटीहरु ३ महिनाभित्र एकीकरणको तयारी

सारांश

  • काठमाडौं ७ जेठ- एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण केन्द्रमा मात्र भएको छ ।
  • अब नयाँ बनेको नेपाल कम्युनिस्ट पार्टीले तीन महिनाभित्र केन्द्रीय मातहतमा रहने तलका सबै कमिटी, विभागहरू एकीकरण गर्ने तयारी हुँदैछ ।
  • त्यसका लागि विधि, प्रक्रिया र मापदण्ड तयार गर्दैछ ।

काठमाडौं ७ जेठ- एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण केन्द्रमा मात्र भएको छ । अब नयाँ बनेको नेपाल कम्युनिस्ट पार्टीले तीन महिनाभित्र केन्द्रीय मातहतमा रहने तलका सबै कमिटी, विभागहरू एकीकरण गर्ने तयारी हुँदैछ । त्यसका लागि विधि, प्रक्रिया र मापदण्ड तयार गर्दैछ ।

पर्टीका विभिन्न भातृ संगठनहरूको एकीकरण ३ महिनाभित्र गर्ने योजना बन्न लागेको हो । महासचिव विष्णु पौडेलका अनुसार दुई अध्यक्ष केपी ओली र प्रचण्ड नेतृत्वको केन्द्रीय सचिवालयले सबै तलसम्मका कमिटीहरुलाई एकीकरण गर्ने तयारी भैरहेको छ ।

एकीकरणका लागि विधि, प्रक्रिया र मापदण्डका विषयमा सचिवालय बैठकमा छलफल हुने तयारी भैरहेको पौडेलले जानकारी दिएका छन् ।

तत्कालीन एमाले र माओवादीबाट गरी ४४१ सदस्यीय नेकपा केन्द्रीय कमिटी बनाउने अन्तिम तयारीमा रहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?