कहाँबाट आईस……..सिमाना मा नेपाली लाई ठाडो प्रश्न

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र १६, २०७५
|
|
३७ पटक हेरिएको
Shares
कहाँबाट आईस……..सिमाना मा नेपाली लाई ठाडो प्रश्न

सारांश

  • अस्बिन खड्का… भदौ १६.
  • भन्सार कर्मचारी र सुरक्षाकर्मीको सेटिङमा खुलेआम तस्करी सिरहाको ठाढी भन्सार परिसरभित्र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट छ ।
  • सँगै जनपद प्रहरी पनि ।

अस्बिन खड्का… भदौ १६.

भन्सार कर्मचारी र सुरक्षाकर्मीको सेटिङमा खुलेआम तस्करी

सिरहाको ठाढी भन्सार परिसरभित्र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट छ । सँगै जनपद प्रहरी पनि । सिरहाको तीनवटा नाकामध्ये सिरहाको ठाढी भन्सार पनि भन्सार उठाउन सक्ने ठाउ हो, तर,भन्सार कर्मचारी र सुरक्षाकर्मी सँगको सेटिङमा तस्करहरु कपडा, मोटरपार्टस्, सुर्ती, राजनिवास गुटखा, रजनिगन्धा र कस्मेटिक्स समान तस्करीलाई फैलाउँदै छन् भने नेपालबाट रक्सी, स्याउ, मरिच, सुपारी जस्ता सामानहरु भारत पठाइरहेको छ ।

कर्मचारी भएको कार्यालय संचालनमा भएपनि अरु नाकामा सशस्त्र र जनपद प्रहरीको उपस्थित छ ।

यसमा तस्करी गर्नेहरुले पिकअप, टेम्पु, ट्रयाक्टरहरुमा छुट्टा छुट्टै दररेटमा भन्सारका कर्मचारी, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी समेतको संलग्नतामा मासिक रुपमा निर्धारित रकम बुझाईरहेको नाम उल्लेख नगर्ने शर्तमा एक ब्यापारी ले बताएका छन् ।

बेलाबेला तस्करहरूले सुरक्षाकर्मीलाई सेटिङ मिलाएर अवैध मालसामाग्री सिरहा जिल्लाको विभिन्न भाग सम्म भित्राउने गरेका समाचार बाहिर आएपनि सुरक्षा निकाय मौन जस्तै बन्ने गरेको छ ।

सीमावर्ती नाका, ठाढी,मा सुरक्षाकर्मीको पोष्ट छ । सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएको सीमानाकाबाट ठूलो परिमाणममा तस्करीको समान वारि छिराउन बिना सेटिङ सम्भव नभएको सीमावर्ती गाउँका स्थानीय बताउँछन् ।
उनीहरूले सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी फस्टाएको छ । सुरक्षाकर्मीको मिलेमतोमा नेपालमा प्रतिवन्धित कुखुरा, माछा, हरियो तरकारी दैनिक ल्याइने गरिएको जिल्लाका हरेक हाटबजारमा यि हरियो तरकारी तथा माछा खुलेयाम बेचबिखन गरेको देख्न पाइन्छ । पछिल्लो समय तस्करहरु दिउँसै मालसामान सहरमा भित्रायाउँछन्।कानुन पालना गर्न भन्सारमा खटिएका भन्सार कर्मचारी र सुरक्षाकर्मी देखेको नदेखै गरिदिन्छन्।

पछिल्लो समय कर्मचारीसँग सेटिङ मिलाएर तस्करले सीमापारिबाट मालसामान भित्र्याउने कार्यलाई तीब्रता दिएका हुन्। तस्करहरुले कपडा, मोटरपार्टस, खाद्यान्न सामग्री, सुर्ती, गुट्खा र कस्मेटिक्स समानहरु सेटिङमा भित्र्याउँदा राज्यले पाउने राजस्व गुमिरहेको छ।

बेलाबेला तस्करहरूले सुरक्षाकर्मीलाई सेटिङ मिलाएर अवैध मालसामाग्री सिरहा जिल्लाको विभिन्न भाग सम्म भित्राउने गरेका समाचार बाहिर आएपनि सुरक्षा निकाय मौन जस्तै बन्ने गरेको छ ।हाम्रा सहकर्मी का अनुसार उक्त स्थान ठाढी मा प्रहरी का सई र शसत्र का निरीक्षक बस्ने गर्छन,तर उनीहरुको काम भनेको लहान,कदमाहा र उदयपुर बाट जाने युवाहरु र साना साना ब्यापारी हरु लाई बिनाकारण झन्झट दिने हो नेपालमा स्वास्थ्यको दृष्टिकोणले प्रतिबन्धित औषधिहरु सीमावर्ती भारतीय बजारमा खुलमखुल्ला पाइने भएकाले कतिपय युवा हरु ले र तस्करहरुले प्रहरीको आँखा छलेर प्रतिबन्धित औषधिलाई लागूऔषधको रुपमा कारोबार पनि गर्ने गरेका छन्।

लागूऔषधको नाममा जो कोही लाई पनि चेकजाच गर्न सक्छन तर उनिहरु को ब्यबहार ले यो देखाउछकि एउटा नेपाली नागरिक ले आफ्नो देशमा बिना कारण झन्झट दिने गरेको, गोरो छाला भयको मान्छे देख्नेबित्तिकै मोटरसाइकल रोकेर राख्ने,ठाढी,मा सुरक्षाकर्मीको पोष्ट छ । सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएको सीमानाकाबाट ठूलो परिमाणममा तस्करीको समान वारि छिराउन बिना सेटिङ सम्भव नभएको सीमावर्ती गाउँका स्थानीय बताउँछन् ।

ठाढी बाट भारतीय सीमा कटने बीतीकै सशस्त्र र नेपाल प्रहरीको पोष्ट छ।उनीहरूले भनेके दीउसा के समयमा नेपाली हरू लाइ र साना नेपाली ब्यापारी लाइ बीना कारण दुख दीने र लागूऔषध  खान आउने युवा हरू लाइ चेकजाँचका बहानामा मेटरसाइकल हेर्रने,नाम र ठाउँ सोधेर, कहाँबाट आईस,किन आईस  लहानसम्म आइपुग्न प्रहरी पोष्ट ठाढी, ईलाका प्रहरी कार्यालय महेश्वारी, प्रहरी चेकपोइन्ट भगवानपुर र प्रहरी चेक पोइन्ट लहानको अस्पताल चोक पार गर्नुपर्छ। यतिका प्रहरी पोष्ट पार गरेर कसरी लहान आइपुग्यो ।अनि लहान वरिपरी देखीन्छ तस्करीका सामान हरु,लागूऔषध हरु ?जब एक सामान्य मोटरसाइकल लाई तेती सारो चेक जाच गर्ने प्रहरी हरुको सेटिङ सम्भव नभएको भए  लहानको मुख्य चोकमा निर्धक्क तस्करीका सामान र लागूऔषध नेपाल मा के गरी सम्भव छ त् र एक नेपाली ले सिमा पुगेर आउदा किन छाला को रंग मा भेदभाव।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?