कहाँ छन नवराज सिलवाल ? पुगे कै हुन त अमेरिका ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ४, २०७४
|
|
३८ पटक हेरिएको
Shares
कहाँ छन नवराज सिलवाल ? पुगे कै हुन त  अमेरिका ?

सारांश

  • काठमाण्डौ  ४ माघ,।
  • पूर्व डिआइजी नवराज सिलवाललाई जहाँ भेटे पनि पक्रन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
  • तर सिलवाल भने नेपालमै छन् वा छैनन् भन्ने कसैलाई थाहा छैन ।

काठमाण्डौ  ४ माघ,। पूर्व डिआइजी नवराज सिलवाललाई जहाँ भेटे पनि पक्रन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । तर सिलवाल भने नेपालमै छन् वा छैनन् भन्ने कसैलाई थाहा छैन ।

बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा छानविन गर्न प्रहरीले सिलवालको खोजी गरिरहेको छ । प्रहरी प्रमुख चयनको चर्चित काण्डमा जोडिएका सिलवाल हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट सांसद निर्वा्चित हुन् ।

संसद भवन प्रवेश गर्ने तयारीमा रहेका सिलवाल यतिबेला भने नेपालमै बस्न नसक्ने स्थिती आएको छ । कि त अनुसन्धानमा सहयोग गर्नका लागि सहजै प्रहरीको जानु पर्यो, कि त भाग्नु पर्यो । अहले नवराज सिलवाल भागेका छन् । अर्थात उनलाई प्रहरीले फेला पार्न सकेको छैन । यस अर्थमा उनी लुकिरहेका छन् ।

केही समय अघि नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालय ललितपुरलाई तत्काल नवराज सिलवाललाई पक्राउ गर्नु भनि पत्र पठाएको थियो । सिलवालको घर ललितपुर जिल्लामा भएकाले सोही जिल्ला प्रहरीलाई प्रधान कार्यालयले पक्रन आदेश दिएको थियो । त्यसलगत्तै सिलवाल बेपत्ता भए । मलेसिया पुगेको खबर फैलियो । यता प्रहरी भने सिलवालको घरसम्म पुगेर रित्तै फर्कियो । तर सिलवाल न घरमा थिए, नत मलेसिया गएको नै पुष्टी भयो ।

बुधबार प्रहरी प्रधान कार्यालयले सिलवाललाई जहाँ भेटे पनि पक्राउ गर्न भनि सातै वटा प्रदेशका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । पक्राउ पर्ने संकेत प्रहरीभित्रबाटै सुचना पाएपछि उनी नेपाल बाहिर छन् । नेपाल प्रहरीमा हुँदा मन पराइएका सिलवालका शुभचिन्तक प्रहरीमा नहुने कुरै भएन । तसर्थ अझै पनि प्रहरीभित्रको गोप्य सुचना सिलवालले पाउने नै भए ।

हालै सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो बनेको राजनीतिक दल नेकपा एमालेका नेता बनिसकेका सिलवाल यतिबेला असुरक्षित महसुस गरेरै देशबाहिरै रहेका छन् । हो, अहिले सिलवाल अमेरिका पुगिसकेका छन् । परिवारका केही सदस्यसहित सिलवाल अमेरिका पुगिसके, यता प्रहरीले देशभर खोजी गरिरहेको छ ।

सर्वोच्च अदालतले सिलवालले कामसू कीर्ते गरेको र त्यसबारे अनुसन्धान थाल्न निर्देशन दिएपछि काठमाडौं प्रहरीले उनलाई खोज्न थालेको थियो । सिलवालसँग सोधपुछ र बयान लिनुपर्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरलाई काठमाडौं प्रहरीले गत पुस १८ गते पत्राचार गरेको थियो । तर, प्रहरी परिसर ललितपुरले सिलवालको ठेगानामा उनी नभेटिएको भन्दै पत्राचार गरेको थियो ।

ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभामा नवनिर्वा्चित नवराज सिलवालले पूर्व निर्धारि कार्यक्रमका लागि मलेसिया पुगेको भन्दै आफू ’फरार’ नभएको जानकारी दिएका थिए । तर, उनले मलेसियमा जुन कार्यक्रमका लागि गएको बताएका थिए, त्यहाँ त्यस्तो कुनै कार्यक्रम नै थिएन । साथै उनले जुन एयरलाइन्सबाट मलेसिया गएको जानकारी दिएका थिए, त्यसको समेत फ्लाइट सेड्युल नै गलत थियो । त्यसयता कुनै पनि मिडियामा उनी सार्वजनिक भएका छैनन् ।

सर्वोच्च अदालतले सिलवालले कामसू कीर्ते गरेको र त्यसबारे अनुसन्धान थाल्न निर्देशन दिए लगत्तै राजधानीकै एउटा गोप्य ठाउँमा बसेर सिलवालले पत्रकार ऋषि धमलाको टेलिभिजन कार्यक्रम धमलाको हमलामा अन्तरवार्ता दिएका थिए ।

त्यस कार्यक्रममा आफूलाई पक्राउ गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति दिएका सिलवाल त्यसपछि एकाएक बेपत्ता जस्तै भए । एमालेबाट चुनाव जितेका सिलवाल अहिले अमेरिका पुगेका छन्, र अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि नेपाल फर्किने रणनीतिमा छन् ।

सिलवाल सडकमार्ग हुँदै भारतको दिल्ली पुगेर त्यहाँबाट तेस्रो मुलुक पुगेका हुन् । सिलवाल काठमाण्डौबाट हेटौँडा–वीरगंज हुँदै दिल्ली गएका थिए । दिल्लीबाट मलेसिया गएर केही दिन बसे । त्यतिबेला नै उनले आफू पूर्व निर्धारित कार्यक्रमका लागि मलेसिया आएको र फरार नभएको सन्देश दिएका थिए ।

त्यसलगत्तै उनी कहिले मलेसिया गए? कुन एयरलाइन्सबाट गए? कुन कार्यक्रमका लागि ? आदि इत्यादी खोजि भयो । तर केही पनि तथ्य फेला परेन । तर सिलवाल मलेसिय गएका थिए, तर काठमाण्डौबाट सिधै हवाइ मार्ग प्रयोग गरेनन् । त्यसैले त्रिभुवन विमानस्थलमा समेत उनी गएको रेकर्ड फेला परेन । न त हवाई उडानबारे जानकारी मिल्यो ।

मलेसियामा केही दिन बसेर इन्डोनेसियासमेत पुगेका थिए सिलवाल । त्यहाँबाट अमेरिका पुगेका उनी अब वाम गठबन्धनको सरकार बनेपछि नेपाल आउने सम्भावन छ । एमालेको नेतृत्व तहकै सल्लाहमा उनी पक्राउबाट जोगिनका लागि अमेरिका पुगेका हुन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमत पार्टीले तोक्यो छ जिल्लामा इञ्चार्ज
जनमत पार्टीले तोक्यो छ जिल्लामा इञ्चार्ज
‘भावनात्मक धेरै, ठोस प्रतिबद्धता र कार्ययोजना अभाव ‘
‘भावनात्मक धेरै, ठोस प्रतिबद्धता र कार्ययोजना अभाव ‘
हात्ती महोत्सव पुस १० देखि
हात्ती महोत्सव पुस १० देखि
कामना सेवाको २० औं शाखारहित बैंकिङ सेवा
कामना सेवाको २० औं शाखारहित बैंकिङ सेवा
निर्वाचन आयोगद्धारा कल सेन्टरको शुभारम्भ, निशुल्क प्रश्न सोध्न सकिनेर दिने व्यवस्था
निर्वाचन आयोगद्धारा कल सेन्टरको शुभारम्भ, निशुल्क प्रश्न सोध्न सकिनेर दिने व्यवस्था
जेष्ठ नागरिकहरुको रक्षा लोककल्याणकारी कामको अभिन्न अंग : रक्षामन्त्री पोख्रेल
जेष्ठ नागरिकहरुको रक्षा लोककल्याणकारी कामको अभिन्न अंग : रक्षामन्त्री पोख्रेल
बाजुरामा एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार
बाजुरामा एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार
विवाह नगरी आमा बनिन् सलमान खानकी यी नायिका, तीन वर्षपछि गरिन् खुलासा
विवाह नगरी आमा बनिन् सलमान खानकी यी नायिका, तीन वर्षपछि गरिन् खुलासा
रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज पनि खुल्ला
मोदीलाई पक्राउ गर्न इन्टरपोलको रेड कर्नर नोटिस
मोदीलाई पक्राउ गर्न इन्टरपोलको रेड कर्नर नोटिस