काँग्रेस र वाम गठबन्धनबीच नै प्रतिष्पर्धा

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २, २०७४
|
|
७० पटक हेरिएको
Shares
काँग्रेस र वाम गठबन्धनबीच नै प्रतिष्पर्धा

सारांश

  • नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रको उम्मेदवार एवं बिना विभागीयमन्त्री शिवकुमार मण्डलबीच मोरङ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यका लागि मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
  • काँग्रेस उम्मेदवार अर्यालले आफूले करोडौँको विकासे योजना ल्याएको दाबी गर्नुभएको छ ।
  • उहाँ भन्नुहुन्छ, “मधेशका मुद्दा काँग्रेसले जितेमात्र सम्बोधन हुन्छ, काँग्रेसले जिते मुलुकमा विकास हुन्छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रको उम्मेदवार एवं बिना विभागीयमन्त्री शिवकुमार मण्डलबीच मोरङ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यका लागि मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

काँग्रेस उम्मेदवार अर्यालले आफूले करोडौँको विकासे योजना ल्याएको दाबी गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “मधेशका मुद्दा काँग्रेसले जितेमात्र सम्बोधन हुन्छ, काँग्रेसले जिते मुलुकमा विकास हुन्छ ।” उहाँले आफू सांसद भएको समयमा पुल, सडक निर्माण, विद्यालय भवन निर्माण, बाढीपीडितलाई सहयोगलगायत काम गरेको बताउनुभयो ।

वाम गठबन्धनका उम्मेदवार तथा बिना विभागीयमन्त्री मण्डलले किसानका लागि माछापालन गर्ने योजना ल्याएको बताउनुभयो । प्रधानमन्त्री कृषि अधुनिकीकरण योजनाबाट कृषकको जीवनस्तर उकास्न पहल गरेको उहाँको दाबी छ । उहाँ भन्नुहुन्छ, “वाम गठबन्धन अहिलेको आवश्यकता हो, गठबन्धनले चुनाव जिते देशको मुहार चाँडै फेरिन्छ ।”

मोरङ क्षेत्र नं ५ मा काँग्रेसका अर्याल, वाम गठबन्धनका मण्डलसँगै संघीय समाजवादी फोरमका राजकुमार यादव उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?