फेरि सक्रिय भयो मनसुनः सतर्क रहन आग्रह

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ २७, २०८१
|
|
६३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • मौसम पूर्वानुमान महाशाखाले असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ।
  • महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग-सिमाना आसपास) रहेको छ।

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग-सिमाना आसपास) रहेको छ। उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ।

साथै आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ। यी दुवै प्रणालीको प्रभावले २९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएको छ। महाशाखाले बुधबार मनसुन विशेष मौसम बुलेटिन प्रकाशित गरी सतर्कताका लागि अनुरोध गरेको हो।

असार २९ गतेको बिहानसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ।

त्यस अवधिमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कताका लागि अनुरोध गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित
प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित
सिद्धार्थ बैंकका ग्राहकहरुलाई विराटनगरको ह्यारिसन प्यालेसमा विशेष छुट
सिद्धार्थ बैंकका ग्राहकहरुलाई विराटनगरको ह्यारिसन प्यालेसमा विशेष छुट
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाही
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाही
यो पाली तिज मा अविवाहित रितु लाई बुडो नहुदा स्वतन्त्र भयको मा मज्जा (भिडियो सहित )
यो पाली तिज मा अविवाहित रितु लाई बुडो नहुदा स्वतन्त्र भयको मा मज्जा (भिडियो सहित )
सुदूरपश्चिम प्रदेशसभाको बैठक ४ बजे बस्दै
सुदूरपश्चिम प्रदेशसभाको बैठक ४ बजे बस्दै
क्रिकेट सङ्घको अध्यक्षमा चन्द निर्वाचित
क्रिकेट सङ्घको अध्यक्षमा चन्द निर्वाचित
मुलुक विकासमा निजी क्षेत्रको सहयोग आवश्यक : उद्योगमन्त्री रिजाल
मुलुक विकासमा निजी क्षेत्रको सहयोग आवश्यक : उद्योगमन्त्री रिजाल
सार्वजनिक यातायातका चालक सहचालकको व्यवहारका कारण यात्रु हैरान
सार्वजनिक यातायातका चालक सहचालकको व्यवहारका कारण यात्रु हैरान
दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो
मन्त्रीले सचिव कुटेपछि आक्रोशित बनेका कर्मचारीले लालबाबुलाई भेटेर के भने ?
मन्त्रीले सचिव कुटेपछि आक्रोशित बनेका कर्मचारीले लालबाबुलाई भेटेर के भने ?

तपाईंले छुटाउनुभयो कि?