कांग्रेसको नजर राष्ट्रपति र सभामुखतर्फ

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ १, २०७९
|
|
५९ पटक हेरिएको
Shares
कांग्रेसको नजर राष्ट्रपति र सभामुखतर्फ

सारांश

  • काठमाडौं।
  • संसद्को ठूलो दल बनेर पनि सत्ता नेतृत्व गुमाएको नेपाली कांग्रेसले राज्यको दुई मुख्य पद राष्ट्रपति र सभामुखतर्फ नजर लगाएको छ ।
  • गत २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपति र सभामुखमा सत्ताभित्र र बाहिर रहेका दलसँग संवाद नीति लिएको हो ।

काठमाडौं। संसद्को ठूलो दल बनेर पनि सत्ता नेतृत्व गुमाएको नेपाली कांग्रेसले राज्यको दुई मुख्य पद राष्ट्रपति र सभामुखतर्फ नजर लगाएको छ ।

गत २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपति र सभामुखमा सत्ताभित्र र बाहिर रहेका दलसँग संवाद नीति लिएको हो ।

कांग्रेसले गत बिहीबार बसेको पदाधिकारी बैठकमार्फत सभामुख चयन विषयमा बाहिर र सत्ताधारी दलसँग संवाद अघि बढाउने निर्णय गरेको थियो ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले सो निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी गराए ।

‘पहिले सभामुख विषयमा छलफल अघि बढाउँछौं र अन्य दलको धारणा बुझ्छौं, सभामुख चयनपछि राष्ट्रपतिका विषयमा पनि कांग्रेसले सत्ताधारी र सत्ताबाहिर रहेका दलसँग छलफल गर्छ,’ कांग्रेस प्रवक्ता महतले भने ।

कांग्रेसले राष्ट्रपतिका लागि नेता कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेलमध्ये एकलाई अघि सार्ने तयारी गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिने वातावरण कांग्रेसभित्र सिटौलाले नै बनाएको बताइन्छ ।

प्रधानमन्त्री प्रचण्डले समेत शनिबार एक कार्यक्रममा राष्ट्रपति र सभामुख चयन’कांग्रेससँग पनि छलफल हुने भन्दै कांग्रेसलाई समेत समेटेर अघि बढ्ने संकेत गरिसकेका छन् ।

कांग्रेसले सभामुखका लागि भने अर्जुननरसिंह केसी, विमलेन्द्र निधि र ज्ञानेन्द्रबहादुर कार्कीमध्ये एक जनालाई उम्मेदवार बनाउने’छलफल गरिरहेको छ ।

तर, कांग्रेस प्रवक्ता महतले भने पहिले अन्य दलसँग छलफलपछि कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय हुने बताए ।
कांग्रेस नेता डा. शेखर कोइरालाले समेत गत बिहीबार नै विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको संवादमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको बताएका थिए ।

४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ८९ सिट जित्दै संसद्को पहिलो दल बनेको थियो । त्यसमध्ये कांग्रेसका एक सांसद निलम्बनमा परेका छन् ।

निर्वाचनका समयमा रहेको गठबन्धन भत्किएपछि कांग्रेस सत्ताको नेतृत्वबाट बाहिर पुगेको थियो । तथापि, कांग्रेसले १० पुसमा प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीका रूपमा विश्वासको मत दिइसकेको छ । सोही कारण पनि सत्ता पक्षसँग कांग्रेस निकट रहेको र भित्रभित्रै संवाद भइरहेको बताइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थाई दूतावासमा ठगी गरेर फरार भएका दुई महिला पक्राउ
श्रीमती सुन्दरीका प्रतियोगीहरुले देखाए यस्तो भित्री प्रतिभा (फोटोफिचर)
श्रीमती सुन्दरीका प्रतियोगीहरुले देखाए यस्तो भित्री प्रतिभा (फोटोफिचर)
काठमाडौ प्रदेश सभा का उमेदवार कार्की ले गरे राज्य बाट लिने सुबिधा जनता लाई लाई दिने प्रतिबद्धता
काठमाडौ प्रदेश सभा का उमेदवार कार्की ले गरे राज्य बाट लिने सुबिधा जनता लाई लाई दिने प्रतिबद्धता
ब्रैथवेटको सतकले जोगाउन सकेन वेस्ट इण्डिजलाई, न्युजिल्याण्ड शीर्ष स्थानमा
ब्रैथवेटको सतकले जोगाउन सकेन वेस्ट इण्डिजलाई, न्युजिल्याण्ड शीर्ष स्थानमा
मोटोरोलाले  ल्यायो २ सय मेगापिक्सेलको क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन
मोटोरोलाले ल्यायो २ सय मेगापिक्सेलको क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन
भरतपुरको हवाई सेवा दश दिन रोकिने
भरतपुरको हवाई सेवा दश दिन रोकिने
बर्खा नलाग्दै पहिराको चिन्ता
बर्खा नलाग्दै पहिराको चिन्ता
दोलखाको जामुने मतदान केन्द्रमा तनाव, थप सुरक्षा फोर्स मगाइयो
दोलखाको जामुने मतदान केन्द्रमा तनाव, थप सुरक्षा फोर्स मगाइयो
ओली र प्रचण्ड फसादमा! आफ्ना नेताहरुलाई नयाँ पार्टीमा पद मिलाउन हम्मे
निर्वाचनपिच्छे गाडी खरिद गर्दै आएको आयोगले यसपटक निर्वाचन आयुक्तलाई १५ करोडका गाडी…
निर्वाचनपिच्छे गाडी खरिद गर्दै आएको आयोगले यसपटक निर्वाचन आयुक्तलाई १५ करोडका गाडी…

तपाईंले छुटाउनुभयो कि?