कांग्रेसको हेडक्वार्टरमा आदिवासी जनजाति मन्त्रीलाई सम्मान

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १६, २०७४
|
|
४६ पटक हेरिएको
Shares
कांग्रेसको हेडक्वार्टरमा आदिवासी जनजाति मन्त्रीलाई सम्मान

सारांश

  • काठमाडौँ, १६ भदौ ।
  • नेपाली काँग्रेस निकट नेपाल आदिवासी जनजाति सङ्घले सो समुदायको प्रतिनिधित्व गरी सरकारमा सहभागी मन्त्री तथा राज्यमन्त्री बनेका नेतालाई आज सम्मान तथा शुभकामना व्यक्त गरेको छ ।
  • सानेपास्थित विपी नगर केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, सिँचाइ राज्यमन्त्री अमरसिंह पुन, कानून, न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिन र भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङलाई सम्मान गरिएको हो ।

काठमाडौँ, १६ भदौ । नेपाली काँग्रेस निकट नेपाल आदिवासी जनजाति सङ्घले सो समुदायको प्रतिनिधित्व गरी सरकारमा सहभागी मन्त्री तथा राज्यमन्त्री बनेका नेतालाई आज सम्मान तथा शुभकामना व्यक्त गरेको छ ।

सानेपास्थित विपी नगर केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, सिँचाइ राज्यमन्त्री अमरसिंह पुन, कानून, न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिन र भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङलाई सम्मान गरिएको हो ।

संघका अध्यक्ष इन्द्रबहादुर गुरुङले विगतमा नेपाली काँग्रेसको नेतृत्वको सरकार गठन हुँदा आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान गठन गरिएको बताउँदै आफ्नो दल आदिवासी जनजातिको अधिकार तथा पहिचान संरक्षणको पक्षमा रहेको बताउनुभयो । उहाँले राज्य पुनःसंरचना आयोगमा सो समुदायको प्रतिनिधित्व नगराएकामा भने गुनासो गर्नुभयो ।

युवा तथा खेलकुद राज्यमन्त्री चौधरीले मुलुकमा राम्रा खेलाडी उत्पादन गरी अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सिँचाइ राज्यमन्त्री पुनले सो समुदायको प्रतिनिधित्व गर्दै सरकारमा सहभागी हुने मौका पाएकाले उनीहरुको शिर उँचो हुने गरी विकास निर्माण कार्य गर्ने बताउनुभयो ।

कानून तथा न्याय राज्यमन्त्री पाख्रिनले मुलुकमा सो समुदाय ३७ प्रतिशत रहेको भए पनि राज्यका विभिन्न निकायमा समावेशी प्रतिनिधित्व हुन नसकेकाले त्यसलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

भौतिक योजना तथा यातायात राज्यमन्त्री गुरुङले सो समुदायका हक हितलाई संरक्षण गर्न एकताको खाँचो औँल्याउँदै जनताको सेवाको भावनालाई केन्द्रमा राखेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ, रक्षामन्त्री भीमसेनदास प्रधान र श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली चौधरी भने अनुपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन, पूर्व–पश्चिमको हो: प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता
सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन, पूर्व–पश्चिमको हो: प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता
युवा श्रमिकलाई सीपयुक्त र दक्ष बनाई आर्थिक समृद्धि हासिल गर्न प्राथमिकता बदल्दै छौँः मन्त्री विष्ट
युवा श्रमिकलाई सीपयुक्त र दक्ष बनाई आर्थिक समृद्धि हासिल गर्न प्राथमिकता बदल्दै छौँः मन्त्री विष्ट
विद्युत् खम्बा नसार्दा सडक निर्माण अवरुद्ध
विद्युत् खम्बा नसार्दा सडक निर्माण अवरुद्ध
कृषि, पर्यटन र ऊर्जा क्षेत्र आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री बस्नेत
कृषि, पर्यटन र ऊर्जा क्षेत्र आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री बस्नेत
प्रविधिको दुरुपयोग गरी प्रश्नपत्र बाहिर ल्याउने समूह साइबर ब्युरोको नियन्त्रणमा, शिक्षा मन्त्रीद्वारा  अनुसन्धानको निर्देशन
प्रविधिको दुरुपयोग गरी प्रश्नपत्र बाहिर ल्याउने समूह साइबर ब्युरोको नियन्त्रणमा, शिक्षा मन्त्रीद्वारा अनुसन्धानको निर्देशन
शेरबहादुर देउवाको दशाग्रह विग्रदा चुनाव हारियो : रामचन्द्र पौडेल
शेरबहादुर देउवाको दशाग्रह विग्रदा चुनाव हारियो : रामचन्द्र पौडेल
नेता सिटौलाको मनोनयन दर्ता
नेता सिटौलाको मनोनयन दर्ता
स्थानीय तहमा कुन दल बाट को-को बने उम्मेदवार ?
स्थानीय तहमा कुन दल बाट को-को बने उम्मेदवार ?
आयोगले माग्यो दलसंग सांसद हुनेको नाम
नेकपाको सचिवालय बैठक जारी, २ मन्त्री सहित भीम रावल पनि सहभागि
नेकपाको सचिवालय बैठक जारी, २ मन्त्री सहित भीम रावल पनि सहभागि

तपाईंले छुटाउनुभयो कि?