प्रधानन्यायाधीश सिफारिस गर्न बोलाइएको बैठक निष्कर्षबिहिन
सारांश
- काठमाडौं, १७ मंसिर ।
- प्रधानन्यायाधीशको नाम सिफारिस गर्नका लागि सोमबार बिहान ११ बजे बोलाइएको संवैधानिक परिषदको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
- प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले थप समय मागेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।
काठमाडौं, १७ मंसिर । प्रधानन्यायाधीशको नाम सिफारिस गर्नका लागि सोमबार बिहान ११ बजे बोलाइएको संवैधानिक परिषदको बैठक बिना निष्कर्ष टुंगिएको छ । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले थप समय मागेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो । बैठक मंसिर २२ गते बस्नेछ ।
प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकका लागि सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता र कानून मन्त्री प्रधानमन्त्री कार्यालय पुगेका थिए । बैठकस्थलमै पुगेर देउवाले थप समय मागेका हुन् । बैठक स्थगित भएको परिषद् सदस्य एवम् राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आगामी पुस १७ गते उमेर हदका कारण अवकाश पाउँदैछन् । प्रधानन्यायाधीशले अवकाश पाउनुभन्दा १ महिना अगावै नयाँ प्रधानन्यायाधीश सिफारिस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। यसअघि न्याय परिषद्ले सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराको नाम प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा पठाइसकेको छ ।
प्रतिक्रिया