कांग्रेसमा यसरी उदाए देउवा

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र १०, २०७४
|
|
४१ पटक हेरिएको
Shares
कांग्रेसमा यसरी उदाए देउवा

सारांश

  • काठमाडौं ।
  •  १३औँ महाधिवेशनमा देउवाका प्रतिस्पर्धी कोइराला थिएनन् ।
  • रामचन्द्र पौडेलसँगको टक्करमा देउवाले बाजी पार्दै २० वर्षपछि कोइरालाको एकछत्र विरासत तोडिदिए ।

काठमाडौं । १३औँ महाधिवेशनमा देउवाका प्रतिस्पर्धी कोइराला थिएनन् । रामचन्द्र पौडेलसँगको टक्करमा देउवाले बाजी पार्दै २० वर्षपछि कोइरालाको एकछत्र विरासत तोडिदिए । ०५३ मा काठमाडौंमा भएको नवौँ महाधिवेशनबाट गिरिजाप्रसादले कृष्णप्रसाद भट्टराईपछि १४ वर्ष कांग्रेस चलाएका थिए । कार्यबाहक हुँदै सुशील कोइरालाले पूर्ण एक कार्यकालसहित ६ वर्ष कांग्रेस चलाए ।

अाजको नयाँ पत्रिकामा खबर छ– तर, २० वर्षपछि कोइराला परिवारबाट कांग्रेसको राजनीति देउवाले आफ्नो हातमा ल्याए । १३औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन भइरहेका वेला तत्कालीन सभापति सुशीलको २५ माघ ०७२ मा निधन भयो । सभापतिमा अघि बढ्ने तयारीमा रहेका सुशीलको निधनपछि कोइराला परिवारबाट नेतृत्वमा को जाने भन्ने संकट आइलाग्यो ।

महाधिवेशनको झन्डै एक महिनाअघि अकस्मात सुशीलको निधन भएपछि तत्कालै कोइरालाहरू तयारी अवस्थामा थिएनन् । गिरिजापुत्री सुजाता र बिपीपुत्र शशांकले नेतृत्वका लागि इच्छा गरे पनि सुजाता खुलिन् । तर, शशांक खुलेनन् ।

कोइरालाहरू अघि नबढ्दा उपसभापति रामचन्द्र पौडेल स्वतः सभापतिका दाबेदार बने । उम्मेदवारी दर्ता गर्ने एक दिनअघि मात्र पौडेललाई कोइराला परिवारले अघि सारे । पहिलो चरणमा देउवा र पौडेल दुवैले आवश्यक मत ल्याउन सकेनन् । कृष्णप्रसाद सिटौलाले भोट काट्दा दोस्रो चरणमा सभापतिको निर्वाचन भयो । सिटौलाले देउवाको समर्थन गरे । पौडेल पराजित भए । महामन्त्रीमा भने देउवा पक्षका अर्जुननरसिंह केसीलाई पराजित गर्दै शशांक कोइराला निर्वाचित भए । सभापति, संसदीय दलको नेता हुँदै देउवा प्रधानमन्त्री बने ।

नेतृत्वको ‘भ्याकुम’मा लिगेसी भजाउने दाउ 
कपिल श्रेष्ठ
विश्लेषक
शेरबहादुर देउवा र रामचन्द्र दुवैलाई नमान्नेहरू धेरै देखिएका छन् । साथै, उहाँहरूलाई उमेरले पनि अब धेरै सक्रिय हुन गाह्रो छ । यो वेला पौडेल पक्षमा नेतृत्वको खडेरीजस्तै छ । किनकि विरासत टिकाउन अब पौडेलले नसक्ने बुझाइ तीन कोइरालामा देखिन्छ । पारिवारिक लिगेसी भजाएर बिपी र गिरिजाको सहानुभूति प्रयोग गरेर समयमा आफ्नो स्थान सुरक्षित गर्ने तीव्र अभिलाषा उहाँहरूमा देखिन्छ । नेपालको राजनीतिमा कांग्रेसको लगानी धेरै भएको छ । लगानीअनुसार कांग्रेसकै नेता कोइरालाहरूले फाइदा उठाएको पनि प्रस्टै छ । तर, ठूलोे लिगेसी भएको परिवारमा राजनीतिलाई आफ्नो बपौती सम्झिने कोइराला, गणेशमान, निधि सबै परिवारमा देखिन्छ ।

अर्कोतिर कांग्रेसमा कोइराला भन्ने नाम, कोइराला परिवारको काम र महत्वलाई नकार्न मिल्दैन । मन पराए पनि नपराए पनि कोइराला लिगेसी त्यति चाँडै हराउँदैन । सुजाता पनि कोइरालाको नाममा एकैपटक माथि आउनुभयो । महामन्त्री पनि सोझै माथि आउनुभयो । शेखरमा भने राजनीतिक योगदान, समझ र परिपक्वता बढी देखिन्छ । शशांकलाई बिपीको छोरा हुनुको फाइदा बढी छ । बिपीका जेठा छोरा प्रकाश कोइराला अर्कै धारको राजनीतिमा लाग्नुभयो । उहाँकी छोरी मनीषा फिल्मतिर रमाइन्, बिपीका अर्का छोरा श्रीहर्ष खेलकुद र विज्ञानमै रमाए । यस्तोमा शशांकलाई थोरै राजनीतिक सक्रियताकै आधारमा सहज रूपमा विरासत मिलेको छ । रगत र लिगेसी एउटै भएकोले तीनजना एकले अर्कोलाई सहयोग गरेर अघि बढ्दा सबैलाई ढिलोचाँडो फाइदा हुने बुझाइमा छन् र सक्रिय हुन खोजिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कास्कीमा राप्रपाले कांग्रेसलाई नसघाउने, प्रदेशसभाको उम्मेदवारी पनि कायम
कास्कीमा राप्रपाले कांग्रेसलाई नसघाउने, प्रदेशसभाको उम्मेदवारी पनि कायम
सङ्कटमा जोगाउने र सबैलाई मिलाउने ‘आमा’ सीता
सङ्कटमा जोगाउने र सबैलाई मिलाउने ‘आमा’ सीता
दोलखा भीमेश्वरमा राष्ट्रपतिको तर्फबाट क्षमा पूजा
दोलखा भीमेश्वरमा राष्ट्रपतिको तर्फबाट क्षमा पूजा
सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित
सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित
सोमबार थपिए ४७६, नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १३ हजार
सोमबार थपिए ४७६, नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १३ हजार
अर्थतन्त्र सुधार्नेबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस
अर्थतन्त्र सुधार्नेबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस
दुःख र अशान्तिको कारण बौद्ध दर्शनको जन्म : गृहमन्त्री
दुःख र अशान्तिको कारण बौद्ध दर्शनको जन्म : गृहमन्त्री
स्वतन्त्र सांसद हत्या प्रकरण: यसरि भएकाे रहेछ हत्या
स्वतन्त्र सांसद हत्या प्रकरण: यसरि भएकाे रहेछ हत्या
युवतिकाे फेसबुकमा कमेन्ट गर्दा कुटार्इ खाए !
युवतिकाे फेसबुकमा कमेन्ट गर्दा कुटार्इ खाए !
मेलम्चीमा निर्माण कम्पनीलाई काममा फर्कन दिएको अल्टिमेटम भोली सकिदै
मेलम्चीमा निर्माण कम्पनीलाई काममा फर्कन दिएको अल्टिमेटम भोली सकिदै

तपाईंले छुटाउनुभयो कि?