कांग्रेस कार्यकर्तामाथि आक्रमण

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ५, २०७४
|
|
३७ पटक हेरिएको
Shares
कांग्रेस कार्यकर्तामाथि आक्रमण

सारांश

  • गोरखाः वाम गठबन्धनका कार्यकर्ताले कांग्रेसको निर्वाचन प्रचार सामग्री जलाइदिएका छन् ।
  • चुमनुब्री गाउँपालिका–३ स्थित सल्लेरीमा नवीन गुरुङको झोलामा रहेको कांग्रेसको झन्डा, पोस्टर, पर्चा, पम्प्लेट खोसेर जलाइदिएको कांग्रेस कार्यकर्ता सूर्य गुरुङले जानकारी दिए ।
  • गुरुङ, उनका छोरा दोर्जे र आफन्त पेमामाथि आक्रमणसमेत गरेको उनले बताए ।

गोरखाः वाम गठबन्धनका कार्यकर्ताले कांग्रेसको निर्वाचन प्रचार सामग्री जलाइदिएका छन् ।

चुमनुब्री गाउँपालिका–३ स्थित सल्लेरीमा नवीन गुरुङको झोलामा रहेको कांग्रेसको झन्डा, पोस्टर, पर्चा, पम्प्लेट खोसेर जलाइदिएको कांग्रेस कार्यकर्ता सूर्य गुरुङले जानकारी दिए । गुरुङ, उनका छोरा दोर्जे र आफन्त पेमामाथि आक्रमणसमेत गरेको उनले बताए । आक्रमणबाट घाइते भएकाहरूको सिर्दिबास स्वाथ्य चौकीमा उपचार भएको छ ।

आक्रमणपछि घटनास्थल पुगेको प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । जगतमा बास बसेर बिहीतर्फ जाँदै गरेका कांग्रेस समर्थक गुरुङमाथि सोमबार बिहान ९ बजेतिर आक्रमण भएको प्रहरीले जनाएको छ ।

(Klonopin)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tankumar Shrestha

    ho ,yastai ho . gaaile gaaiko byabahaar garchh ,gadhaale gadhaako jastai , je aafu sanga chha tyahi dekhaaune ho . gadhaalaai jati nuhaae pani gaai bandaina .haamraa netaaharule bujhe po !

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?