कांग्रेस वैठकमा कोषाध्यक्ष यादवलाई श्रेष्ठको कुर्सीमा राखेपछि…

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र ११, २०७४
|
|
३७ पटक हेरिएको
Shares
कांग्रेस वैठकमा कोषाध्यक्ष यादवलाई श्रेष्ठको कुर्सीमा राखेपछि…

सारांश

  • मर्यादाक्रममा श्रेष्ठलाई अगाडि राख्दा सिंह रिसाए   काठमाडौं – कांग्रेसको चुनावी समीक्षा बैठकको दोस्रो दिन शनिबार गुटगत आरोप-प्रत्यारोप भएको छ ।
  • संस्थापन पक्षका नेताहरू नेतृत्वको बचाउमा देखिए भने रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष आलोचनामा उत्रिए ।
  •  आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

मर्यादाक्रममा श्रेष्ठलाई अगाडि राख्दा सिंह रिसाए  

काठमाडौं – कांग्रेसको चुनावी समीक्षा बैठकको दोस्रो दिन शनिबार गुटगत आरोप-प्रत्यारोप भएको छ । संस्थापन पक्षका नेताहरू नेतृत्वको बचाउमा देखिए भने रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष आलोचनामा उत्रिए । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

यसअघि मर्यादाक्रम नमिल्दा पूर्वउपसभापति गोपालमान श्रेष्ठ केन्द्रीय समितिमा उपस्थित भए पनि उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेका थिएनन् । मर्यादाक्रम मिलाउन बनेको ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको समितिले शनिबारबाट उनलाई पदाधिकारीको लहरमा राखेको छ ।

सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवपछि श्रेष्ठको कुर्सी राखिएको छ । उनलाई आफूभन्दा मर्यादाक्रममा अगाडि राखिएको भन्दै पूर्वमहामन्त्री प्रकाशमान सिंहले आपत्ति जनाए । आफू पनि उपसभापति भइसकेको भन्दै अगाडि हुनुपर्ने उनको माग छ । कांग्रेस फुटेका बेला प्रजातान्त्रिक कांग्रेसमा श्रेष्ठसँगै सिंह पनि उपसभापति थिए । तर, मर्यादाक्रममा श्रेष्ठ अगाडि थिए । पार्टी एकीकरणपछि पनि श्रेष्ठभन्दा सिंह पछाडि नै थिए । सुशील कोइराला सभापति भएपछि महामन्त्री भएका सिंह गोपालमानभन्दा अगाडि भए ।

यो क्रम १३औँ महाधिवेशनपछि पनि कायम हुन पुग्यो । वरिष्ठ र उपसभापति पनि भइसकेकाले अगाडि हुनुपर्ने उनको माग थियो । उनी बैठकमा उपस्थित भए पनि पछाडि राखिएको भन्दै उपस्थितिमा हस्ताक्षर गर्दैनथे । १३औँ महाधिवेशनलगत्तै श्रेष्ठलाई पदाधिकारीपछि प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाभन्दा पछि सातौँ नम्बरमा राखिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?