कांग्रेस सभापतिहरुको भेलाले कम्युनिष्ट सरकारलाई लगायो यस्तो आरोप

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ ९, २०७५
|
|
६० पटक हेरिएको
Shares
कांग्रेस सभापतिहरुको भेलाले कम्युनिष्ट सरकारलाई लगायो यस्तो आरोप

सारांश

  • शिखरन्युज ९ असार – नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको हेटौंडामा भएको भेलाले २१ बुँदे घोषणापत्र जारी गर्दै कम्युनिष्ट सरकारको आलोचना गरेको छ ।
  • ४ दिनसम्म चलेको जिल्लाका पार्टी सभापतिहरूको चौथो राष्ट्रिय भेलाद्वारा जारी घोषणापत्रमा ‘सरकार सर्वसत्तावाद उन्मुख रहेको आरोप छ ।
  • अधिकांश समय हारेको चुनावमै केन्द्रीत रहेको भेलाले आगामी दिनमा कांग्रेसको संगठन थप सदृढ गर्ने अठोट गरेको छ ।

शिखरन्युज ९ असार – नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको हेटौंडामा भएको भेलाले २१ बुँदे घोषणापत्र जारी गर्दै कम्युनिष्ट सरकारको आलोचना गरेको छ । ४ दिनसम्म चलेको जिल्लाका पार्टी सभापतिहरूको चौथो राष्ट्रिय भेलाद्वारा जारी घोषणापत्रमा ‘सरकार सर्वसत्तावाद उन्मुख रहेको आरोप छ ।

अधिकांश समय हारेको चुनावमै केन्द्रीत रहेको भेलाले आगामी दिनमा कांग्रेसको संगठन थप सदृढ गर्ने अठोट गरेको छ । यसअघि कांग्रेस नेतृत्वको सरकारले गरेको निर्णय केपी शर्मा ओली नेतृत्वको सरकारले उल्टाएको भन्दै आलोचना समेत गरेको छ ।

भूकम्पपीडितलाई थप १ लाख दिने, क्यान्सर, मिर्गौला रोगी, स्पाइनल इन्जुरीलगायत गम्भीर प्रकृतिका रोगीलाई भत्तास्वरूप मासिक ५ हजार उपलब्ध गराउने, ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता दिने निर्णय उल्टाएको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ ।
यस अघिको देउवा नेतृत्वको सरकारले छाड्ने बेलामा जथाभावी गरिएको निर्णय ओली सरकारले कार्यान्वयनमा ल्याएको छैन ।

सरकारले सामाजिक सुरक्षाप्रतिको सम्वेदनहीनतालाई उदांगो पारेको आरोप लगाएको छ । आफूले गरेका निर्णय र कार्यक्रमलाई निरन्तरता दिन भेलाले माग समेत गरेको छ । सरकारको नीति तथा कार्यक्रम, बजेट विनियोजन कांग्रेस सभापतिहरुको भेलाले देश र स्थानीय सरकारलाई कमजोर र केन्द्रमुखी बनाएको आरोप कांग्रेसको छ ।

भेलाले सरकारको आलोचन गर्दै विधान संशोधन, पार्टी संगठनको स्वरूपका विषयमा कुनै ठोस धारणा भने देखिँदैन । सरकारले जनतालाई मूल्यवृद्धि उपहार दिएको उल्लेख छ । मूल्यबृद्धिको विरोध गर्दा दमन गरेको र त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी समेत दिएको छ ।

सरकार सर्वसत्तावादी, जनविरोधी प्रवृत्तिविरुद्ध कांग्रेस लड्ने बताएको छ । कम्युनिस्ट सरकारले सञ्चारमाध्यममा निषेध र नियन्त्रणकारी हस्तक्षेप, न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, कर्मचारी र शैक्षिक क्षेत्रमाथि अन्यायपूर्ण आतंक, गैससमाथि नियन्त्रणकारी रबैया भन्दै आरोप लगाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान
भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान
के हो चट्याङ ? किन पर्छ र कति खतरा ।
टाउकाको मूल्य तोक्नेले गणतन्त्र बचाइदेलान् भनेर सोचियो भने ठूलो दुर्भाग्य हुनेछ ।’प्रचण्ड
टाउकाको मूल्य तोक्नेले गणतन्त्र बचाइदेलान् भनेर सोचियो भने ठूलो दुर्भाग्य हुनेछ ।’प्रचण्ड
सि . के राउत जस्ता देशद्रोहोलाई फाँसी दे : अध्यक्ष राजिब पहारी
सि . के राउत जस्ता देशद्रोहोलाई फाँसी दे : अध्यक्ष राजिब पहारी
कैलालीको टिकापुरमा एमालेको  जित, उपमेयरमा कांग्रेस विजयी,
कैलालीको टिकापुरमा एमालेको जित, उपमेयरमा कांग्रेस विजयी,
दमौलीमा नयाँ एनसेल सेन्टर संचालनमा
दमौलीमा नयाँ एनसेल सेन्टर संचालनमा
सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कारको उजुरी
सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कारको उजुरी
कांग्रेसको राष्ट्रिय अभियान ‘घर-घर जाऔं, पार्टी सदस्य बनाऔं’
कांग्रेसको राष्ट्रिय अभियान ‘घर-घर जाऔं, पार्टी सदस्य बनाऔं’
काठमाडौँ उपत्यकामा एकैदिन ५३ जनामा कोरोना पुष्टि
काठमाडौँ उपत्यकामा एकैदिन ५३ जनामा कोरोना पुष्टि
आईजीपी नियुक्तिमा असन्तुष्ट दुई एआईजी अदालत गए
आईजीपी नियुक्तिमा असन्तुष्ट दुई एआईजी अदालत गए

तपाईंले छुटाउनुभयो कि?