काठमाडौंमा शनिबारदेखि मनसुन सक्रिय हुने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ३२, २०८१
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • काठमाडौं उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
  • मुलुकको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई वर्षा सुरु भए पनि बाँकी भू-भागमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाको भनाइ छ।

काठमाडौं। काठमाडौं उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मुलुकको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई वर्षा सुरु भए पनि बाँकी भू-भागमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाको भनाइ छ।

महाशाखाको मौसमविद् सरोज पुडासैनीले हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू-भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले अन्य क्षेत्रमा मनसुन सक्रिय हुन नसकेको बताए।

‘कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनको प्रभाव देखिएको छ, नेपालमा पूर्वी भागमा मनसुन सुरु भएको एक सातापछि पश्चिम भागमा भित्रिसक्नुपर्ने हो, तर भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावलगायतका कारण पश्चिममा मनसुन सक्रिय हुन समय लागेको हो’, उनले भने।

महाशाखाका अनुसार आज कोशी प्रदेशका केही स्थानमा साधारणतया बदली, मधेस प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

कोशी प्रदेशको थोरै स्थान तथा बागमती प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जनर चट्याङ्गसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती रहेकाे सभामुख महराकाे भनाइ !
पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती रहेकाे सभामुख महराकाे भनाइ !
रहेनन् नेकपा नेता बोम खड्का
रहेनन् नेकपा नेता बोम खड्का
मेयरका उम्मेदवार डा. कृष्ण पौडेलको योजना : पाँच बर्षभित्र जीतपुर सिमरा बन्छ देशकै उत्कृष्ट उपमहानगर
मेयरका उम्मेदवार डा. कृष्ण पौडेलको योजना : पाँच बर्षभित्र जीतपुर सिमरा बन्छ देशकै उत्कृष्ट उपमहानगर
४ अर्बमा  नारायणी नदीमा ‘सिग्नेचर’ पुल निर्माण
४ अर्बमा नारायणी नदीमा ‘सिग्नेचर’ पुल निर्माण
जापानको एक रेष्टुरेन्टको विश्वभरी चर्चा, जहाँ बादँरलाई राखिएको छ वेटर
जापानको एक रेष्टुरेन्टको विश्वभरी चर्चा, जहाँ बादँरलाई राखिएको छ वेटर
अध्यक्ष प्रचण्डसँग बेलायती राजदूतको शिष्टाचार भेट
अध्यक्ष प्रचण्डसँग बेलायती राजदूतको शिष्टाचार भेट
नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना
नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना
कोरोनो भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६२ पुग्यो, १७ हजार बढी संक्रमित
कोरोनो भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६२ पुग्यो, १७ हजार बढी संक्रमित
बन्द गरेर बिरामीको जीवनसँग खेलवाड गर्न नहुने भन्दै डा. श्रेष्ठले गरिन विरोध
बन्द गरेर बिरामीको जीवनसँग खेलवाड गर्न नहुने भन्दै डा. श्रेष्ठले गरिन विरोध
बुबाअामाकाे सम्झनामा स्वास्थ्यचौकीकाे भवन निर्माण !
बुबाअामाकाे सम्झनामा स्वास्थ्यचौकीकाे भवन निर्माण !

तपाईंले छुटाउनुभयो कि?