काठमाडौं परिसरमा एसएसपी पोखरेल हटाएर लामा ल्याउने तयारी !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ४, २०७५
|
२
|
५४ पटक हेरिएको
Shares
काठमाडौं परिसरमा एसएसपी पोखरेल हटाएर लामा ल्याउने तयारी !

सारांश

  • काठमाडौं, ४ जेठ ।
  • आफू निकट प्रहरी अधिकारीलाई राम्रो स्थान दिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समय नै नपुगी प्रहरी प्रमुखको हेरफेर गर्न थालेका छन् ।
  • गृह मन्त्रालयको दबावमा कास्की, मुस्ताङलगायत आधा दर्जन जिल्ला प्रमुखलाई समय अवधि नपुग्दै हटाइएको हो ।

काठमाडौं, ४ जेठ । आफू निकट प्रहरी अधिकारीलाई राम्रो स्थान दिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समय नै नपुगी प्रहरी प्रमुखको हेरफेर गर्न थालेका छन् ।

गृह मन्त्रालयको दबावमा कास्की, मुस्ताङलगायत आधा दर्जन जिल्ला प्रमुखलाई समय अवधि नपुग्दै हटाइएको हो ।

गुण्डागर्दीलाई शुन्यमा झारेका कास्की प्रहरी प्रमुख अशोक सिंहलाई कारबाही झैं हटाएर राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका बिवादास्पद एसपी ओमबहादुर रानालाई कास्की प्रहरीको जिम्मा दिइएको छ ।

मुस्ताङमा पनि ९ महिनामात्र पुगेका डिएसपी रामहरी पाण्डेलाई प्रधान कार्यालय तानेर महेन्द्र खड्कालाई पठाइएको छ । समयअवधि नपुगी प्रहरी प्रमुख हटाइएपछि प्रधान कार्यालयमा समेत नयाँ आइजी सर्वेन्द्र खनालको योग्यतामा प्रश्न उठ्न थालेको छ ।

गृहमन्त्रीको दवावमा प्रहरी अधिकारीको मनोबल घट्ने कार्यमा आइजी संलग्न भएको आरोप उनी माथी लाग्न थालेको छ । डिएसपी र एसपी सरुवामा विवादित बन्दै गर्दा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेल हटाउने तयारीमा लागेका छन् ।

तीन महिना अगाडीमात्र काठमाडौं सरुवा भई आएका पोखरेल एक व्यवसायिक एवं दक्ष प्रहरी अधिकारीका रुपमा चिनिन्छन् । उनले डान्सबार, डिस्को थेक, क्लब, होटल रेन्टुरेन्टबाट तीन महिनाको अग्रीम पैसा खाने डिएसपीलाई कारवाहीको दायरामा ल्याएका थिए ।

पैसा असुल्ने सबै प्रहरीलाई नछाड्ने भन्दै ब्रिफिङ गरेपछि बृत्तका डिएसपीले पैसा असुल्न छाडेका छन् । आपराधिक गिरोहसँग साँठगाँठ गर्ने प्रहरी अधिकारीमाथी निगरानी बढाएपछि उनी मातहत प्रहरी अहिले एसएसपी पोखरेलको एम्बुसमा पर्ने डरले सर्तक रहेको चर्चा परिसर वृत्तमा छ । कुख्यात गुण्डा नाइके दिपक मनाङ्गेलाई जेल पु¥याउने एसएसपी पोखरलेलाई हटाएर गृहमन्त्री बादल एसएसपी वसन्त लामालाई ल्याउने तयारीमा छन् ।

जनजातीलाई प्राथामिकता दिँदै आएका गृहमन्त्रीले परिसरमा लामालाई ल्याउन आईजी खनाललाई दवाव दिएका छन् ।अपराध खबरका अनुसार  गृहमन्त्रीको दवावमा बौद्धमा समेत असक्षम मानिएका डिएसपी श्याम राईलाई पठाइएको छ । एसपीको सरुवामा रक्तचन्दन तस्करीमा मुछिएकादेखि लागूऔषध प्रकरणमा निलम्बनमा परेकाहरूलाई समेत जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ । यो सबै गृहमन्त्रीको अडानमा भएको आईजी सचिवालय स्रोत बताउँछ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सिन्डिकेट खारेजी र सुन तस्करीको जालो तोडेर कमाएको ख्याति अब बदनाम एसपीलाई आकर्षक जिल्लामा सरुवा गरेर धुजा–धुजा पारेका छन् । एसपी र पछिल्लो समयमा डिएसपीको सरुवामा गृहमन्त्री थापाका छोरा प्रतीक थापालाई केही खराब व्यक्तिले दुरुपयोग गरेको गृह मन्त्रालय स्रोतले बतायो ।

बालुवा तस्करीमा कहलिएको सो समुहले काठमाडौंमा आफु अनुकुलको एसएसपी पठाउन गृहमन्त्री थापालाई दबाब दिन थालेको वताइन्छ । त्यसका लागि एसएसपी बिश्वराज पोखरेललाई हटाएर बसन्त लामालाई पठाउन चलखेल सुरु भएको हो । मकवानपुर र कास्कीमा बस्दा अकुत सम्पत्ति जोडेका एसएसपी लामा अहिले सुन तस्करीको छानविनका लागि गठित विशेष अनुसन्धान समितिमा छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Prasad Lila

    पावर छ जे गर्दा पनि हुन्छ

    Comment Author

    Bikranta Lama

    भ्रष्ट चोर कुकुरहरू को मन्लाग्दि

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली–प्रचण्ड वालुवाटारमा भेटवार्ता सुरु, यस्ता छन एजेण्डा
ओली–प्रचण्ड वालुवाटारमा भेटवार्ता सुरु, यस्ता छन एजेण्डा
जहाँ, महिलाले पुरुषमाथि गर्छन् बलात्कार, महिलाको यौन प्रस्ताव अस्वीकार गरे कारबाही
जहाँ, महिलाले पुरुषमाथि गर्छन् बलात्कार, महिलाको यौन प्रस्ताव अस्वीकार गरे कारबाही
सिन्धुपाल्चोकमा १६ बाँदरले गरे सामूहिक देहत्याग
कौडीको भाउमा कसको इशारामा बिक्रि हुँदैछ नेपाल वायुसेवा निगमको विमान ?
कौडीको भाउमा कसको इशारामा बिक्रि हुँदैछ नेपाल वायुसेवा निगमको विमान ?
जनताले हिउमा लुगलुग काम्दै मतदान गरे , यसको गुण कसरी तिर्छ नेताले, कान्तिपुर
जनताले हिउमा लुगलुग काम्दै मतदान गरे , यसको गुण कसरी तिर्छ नेताले, कान्तिपुर
यूवा अध्यक्ष अमात्य बनिन् मिस नेपाल नर्थ अमेरिकाको आयोजक समितिको सल्लाहकार
यूवा अध्यक्ष अमात्य बनिन् मिस नेपाल नर्थ अमेरिकाको आयोजक समितिको सल्लाहकार
शिक्षामा समानताका लागि हिँडे ८०० युवा, टिच फर नेपाल फेलोसिप आवेदन खुला
शिक्षामा समानताका लागि हिँडे ८०० युवा, टिच फर नेपाल फेलोसिप आवेदन खुला
घटिया संविधान संशोधन गर्नुपर्छ, होइन भने खारेज गराएर छाड्छौँ : उपेन्द्र यादव
डेरी खुलेपछि दलित समुदायले दूध बेच्न पाए
डेरी खुलेपछि दलित समुदायले दूध बेच्न पाए
नेकपाका भातृ संगठन एकीकरण गर्न बने कार्यदल, कुन संगठनको कसलाई जिम्मा नाम सहित…
नेकपाका भातृ संगठन एकीकरण गर्न बने कार्यदल, कुन संगठनको कसलाई जिम्मा नाम सहित…

तपाईंले छुटाउनुभयो कि?