कान्छो आरोहीको रुपमा विश्व रेकर्ड राखेका शम्भु तामाङको निधन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ २३, २०७९
|
|
३५ पटक हेरिएको
Shares
कान्छो आरोहीको रुपमा विश्व रेकर्ड राखेका शम्भु तामाङको निधन

सारांश

  • सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेका शम्भु तामाङको निधन भएको छ ।
  • हरिसिद्दीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
  • लामो समयदेखि क्यान्सर रोगबाट पीडित तामाङको ७० वर्षको उमेरमा बिहीबार बिहान १० बजे निधन भएको परिवार जनाएको छ ।

सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेका शम्भु तामाङको निधन भएको छ । हरिसिद्दीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित तामाङको ७० वर्षको उमेरमा बिहीबार बिहान १० बजे निधन भएको परिवार जनाएको छ ।

उनले १७ वर्ष ६ महिना १५ दिन उमेरमा सगरमाथा आरोहण गरेका थिए । तामाङले सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’मा नाम राख्न सफल भएका थिए । मूल घर सिन्धुपाल्चोक रिस्याङ्खु भएका तामाङ हाल महाराजगञ्ज काठमाडौंमा बसोबास गर्दै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?