अब नेपाली सेनामा भनसुन र उपहार नचल्ने !

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २, २०७५
|
|
३८ पटक हेरिएको
Shares
अब नेपाली सेनामा भनसुन र उपहार नचल्ने !

सारांश

  • काठमाडौं, २ मंसिर।
  • नेपाली सेनाले नातावाद, भनसुन र उपहार लिने दिनेजस्ता विकृतीपूर्ण चलन हटाउन अभियान नै सुरु गरेको छ ।
  • आफू मातहतका सबै संरचनामा भनसुन र उपहार लिने दिने चलन तुरुन्त हटाउन निर्देशन दिँदै आचरणमा सुधार ल्याउने अभियान सुरु गरिएको सैनिक मुख्यालयले जनाएको छ ।

काठमाडौं, २ मंसिर। नेपाली सेनाले नातावाद, भनसुन र उपहार लिने दिनेजस्ता विकृतीपूर्ण चलन हटाउन अभियान नै सुरु गरेको छ । आफू मातहतका सबै संरचनामा भनसुन र उपहार लिने दिने चलन तुरुन्त हटाउन निर्देशन दिँदै आचरणमा सुधार ल्याउने अभियान सुरु गरिएको सैनिक मुख्यालयले जनाएको छ ।

सेनाले सैनिक आचरणमा सुधार ल्याउन संस्थाको अपेक्षा र मेरो जिम्मेवारी विषयमा नेतृत्व संवाद गरी अभियान अघि बढाएको हो । आगामी चैतसम्म चरणबद्ध रुपमा उपहार लिने दिने, आर्थिक अनियमितता र भनसुनविरुद्ध सचेतना कार्यक्रम चलाइने नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो । कार्यक्रम शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनभित्रका प्रत्येक तहका नेतृत्वले प्रस्तुत गर्ने विधि, व्यवहार र भूमिकाले राष्ट्रिय सुरक्षालाई बलियो बनाउन सहयोग गर्ने बताउनुभयो । प्रधानसेनापती नियुक्त भएपछि थापाले उच्च पदका सैनिक अधिकारीका श्रीमतिलाई रानीसाहेब भन्नुपर्ने चलन अन्त्य गर्न निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?