कार्यपालिका सदस्य विकको लगानी कृषिमा

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २, २०७५
|
|
४१ पटक हेरिएको
Shares
कार्यपालिका सदस्य विकको लगानी कृषिमा

सारांश

  • माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा,२ मंसिर।
  • कपिलवस्तुको शिवराज नगरपालिका कार्यपालिका सदस्य नहकुल विकले कृषि क्षेत्रमा लगानी गरेका छन ।
  • देशमै केहि गर्ने मोहले लामो समय सम्म वैदेशिक रोजगारी वाट नेपाल आएका विक शिवराज नगरपालिका वडा न २ मा वसेर कृषि पेशा गरिरहेको छन ।

माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा,२ मंसिर। कपिलवस्तुको शिवराज नगरपालिका कार्यपालिका सदस्य नहकुल विकले कृषि क्षेत्रमा लगानी गरेका छन । देशमै केहि गर्ने मोहले लामो समय सम्म वैदेशिक रोजगारी वाट नेपाल आएका विक शिवराज नगरपालिका वडा न २ मा वसेर कृषि पेशा गरिरहेको छन । विक कार्य पालिकाको बैठक बाहेक अन्य समयमा दिन भर जसो आफ्नै खेतबारीमा व्यस्त भेटिन्छन ।

समृद्ध नेपालका लागि कृषि भन्ने मुल नारालाई आत्मसाथ गर्दै कार्यपालिका सदस्य रहेका वि.क. अहिले ४ विगाहा खेत भाडा लिएर कृषि गर्दै आएका छन् । कृषि बाट नै राष्ट समृद्ध बन्न सक्छ भन्ने मुल नारालाई आत्म साथ गर्दै उनले कृषि पेशालाई अँगालेका छन । जीवनका केहि बर्ष बैदेशिक रोजगारीमा विताएका उनी २०७४ मा भएको स्थानिय तहको निर्वाचन पछि कार्यपालिका सदस्यमा निर्वाचित भए । “ कार्यपालिकाको बैठकमा सहभागि पनि हुन्छु जनताको चाहाना अनुसार काम पनि गर्छु र आफ्नै श्रम र मिहिनेतले कृषि पेशा अँगालेको छु “ उने भने ।  अर्गानिक कृषि फार्मको नाममा संचालित कृषि फार्ममा अहिले सिजन अनुसार तरकारीहरु लगाइएको छ । ४ विगाहा जग्गामा २ वटा पोखरी पनि छन । जग्गा भाडामा लिएर उनले आफै पोखरी खनाएका हुन । पहिलो बर्ष भएर पोखरीमा पानी अडिन्छ अडिदैन भन्ने जाँच मात्रै गरेको विकले बताए । आफुले भाडामा लिएको जग्गा सबैमा पहिले केराबारी मात्रै भएकोले केराका बोटहरु नष्ट गर्न र खेती योग्य जमिन बनाउन मात्रै लाखौं खर्च भएको उनले सुनाए ।

केरा खेती भएको जग्गा भएकाले माटोमा उत्पादन क्षमता कम भएकोले सोचे जस्तो उत्पादन यस बर्ष हुन सकेको छैन । माटोको उत्पादन वृद्धि गर्न आफैले अर्गानिक कम्पोष्ट मल बनाउन सुरु गरेको उनले बताए । सरकारले कृषिमा धेरै लगानी गरेको भए पनि कृषि पेशा गर्न आवश्यक पर्ने आधुनिक औजार भारतबाट मगाउनु पर्ने बाध्यता रहेको उनले सुनाए ।  प्रदेश सरकारले कृषिबाट समृद्धिको अभियान अन्तर्गत कृषि गर्न चहाने तर जग्गा जमिन नभएकाहरुका लागि जग्गा भाडामा लिएर कृषि पेशा गर्नेको जग्गा भाडा तिरिदिने व्यवस्था गरेको छ । बैदेशिक रोजगारमा भौतारीने युवाहरुलाई कृषि पेशामा आर्कषित गराउन सकिने हो भने देशले कृषिबाट नै समृद्धि पथमा लम्कीने विक ले बताए।

कृषि उत्पादनले भने जस्तो बजार नपाउदाँ भने किसानहरु मर्कामा पर्ने गरेको गुनासो समेत उनले व्यक्त गरे । गत बर्ष आफ्नो बारी भरी काक्रा फलेको भए पनि उचित मुल्य नपाएर खेतबारीमा नै कुहाउनु परेको तितो अनुभव उनले सुनाए । “भारतिय बजार नजिक भएको र तरकारी जन्य बस्तुहरु भारतबाट नेपाली बजार आयात हुदाँ यहिको कृषि उपजहरुले सहि मुल्य नपाउदाँ कृषकहरुमा नैराश्यता आउछ, नेपाली उत्पादन भन्दा आधा सस्तोमा भारतीय कृषि उपज बजार आए पछि हाम्रो उत्पादनले बजार पाउँदैन र खेतबारीमा सडाउनु पर्छ ” कार्यपालिका सदस्य विकले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२०२० कोरोना महाामरीको वर्ष, २०२१ भ्याक्सिनको वर्ष
हुम्लामा हिमपात, एसइई परीक्षार्थी समस्यामा
हुम्लामा हिमपात, एसइई परीक्षार्थी समस्यामा
प्रदर्शनकारीद्वारा सरकारी कार्यालयमा तोडफोड
प्रदर्शनकारीद्वारा सरकारी कार्यालयमा तोडफोड
अमेरिकामा बैंककै कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु, नौ घाइते
अमेरिकामा बैंककै कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु, नौ घाइते
नेपाल आइडललाई राउटेको ढाका टोपी
नेपाल आइडललाई राउटेको ढाका टोपी
इन्जिनियरिङ कलेज ‘बी’ लाई ९ विकेट र ग्लोबलले नेपाल इन्जिनियरिङ ‘ए’ टिमलाई १० विकेटले पराजित गरे
इन्जिनियरिङ कलेज ‘बी’ लाई ९ विकेट र ग्लोबलले नेपाल इन्जिनियरिङ ‘ए’ टिमलाई १० विकेटले पराजित गरे
तिलोत्तमा गोल्डकपको उपाधि रुस्लान थ्रीस्टार क्लवले चुम्यो (हेर्नुहोस् १९ तस्वीरमा)
तिलोत्तमा गोल्डकपको उपाधि रुस्लान थ्रीस्टार क्लवले चुम्यो (हेर्नुहोस् १९ तस्वीरमा)
‘कान्छी’ को  ‘चरी चट्ट परी…’ को भिडियो रिलिज ।
‘कान्छी’ को ‘चरी चट्ट परी…’ को भिडियो रिलिज ।
थापा र राणाको जुँगाको लडाइले राप्रपाको अस्तित्व गुम्यो
थापा र राणाको जुँगाको लडाइले राप्रपाको अस्तित्व गुम्यो
कोरोना भाइरसः चीनलाई कमजोर पार्ने अमेरिकी अस्त्र !
कोरोना भाइरसः चीनलाई कमजोर पार्ने अमेरिकी अस्त्र !

तपाईंले छुटाउनुभयो कि?