कालापानी बारे कुरा गर्न प्रचण्ड भारत जाने !

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर १८, २०७६
|
|
६३ पटक हेरिएको
Shares
कालापानी बारे कुरा गर्न प्रचण्ड भारत जाने !

सारांश

  • कालापानीको विषयमा भारतले उच्च तहमा छलफल गर्ने प्रस्ताव गरेपछि सरकारले कस्लाई पठाउनेबारे नामको खोजी भइरहेको छ ।
  • उच्च राजनीतिक तहमै भारतले छलफल गर्ने चाहना राखेपछि देशभित्र उपयुक्त राजनीतिज्ञको खोजी भएको हो ।
  • प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण अस्पतालमा छन् ।

कालापानीको विषयमा भारतले उच्च तहमा छलफल गर्ने प्रस्ताव गरेपछि सरकारले कस्लाई पठाउनेबारे नामको खोजी भइरहेको छ । उच्च राजनीतिक तहमै भारतले छलफल गर्ने चाहना राखेपछि देशभित्र उपयुक्त राजनीतिज्ञको खोजी भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण अस्पतालमा छन् । उनले भारतसँग छलफलमा भाग लिन स्वास्थ्यले दिदैन । त्यसैले ओलीले नै नेकपा विदेश विभाग प्रमुख समेत रहेका माधवकुमार नेपाललाई भारत पठाउनका लागि प्रस्ताव गरे । तर, नेपालले मेसेडोनिया जानुअघि फर्किएपछि कुरा गरौंला मात्र भने । नेपाल जान नचाहेको बुझाईका आधारमा ओलीले नयाँ व्यक्ति खोजे । उनले नेकपा अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री प्रचण्डसँग गम्भीर छलफल गरे ।

प्रचण्डलाई भारत भ्रमणमा जान भने । स्रोतका अनुसार प्रचण्डले भारतबाट निम्तो आएमा आफू जान तयार भएको बताएका छन् । भारतीय पक्षबाट औपचारिक निम्तो आएका प्रचण्ड नै भारत जाने बुझिएको छ । निम्तो आएका प्रचण्डको उच्च राजनीतिक तहमा भेटघाट समेत हुनेछ । विशेषगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहका अलावा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसँग भेट हुने अवस्था बन्छ ।

प्रधानमन्त्री ओली तत्काल भारत जान स्वास्थ्यले नदिने अवस्थाका कारण पनि प्रचण्डको विशेष परिस्थितिमा भारत भ्रमणको सम्भावना बनेको छ । भ्रमण भएमा उनले कालापानीको विषय र नयाँ नक्शामा भारतले कालापानी देखि लिम्पियाधुरासम्मलाई आफ्नो राजनीतिक भूगोलमा राखेकोबारे नेपालको धारणा र समस्या समाधानबारे छलफल गर्ने बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हवाई आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु
हवाई आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु
ओली-प्रचण्ड गोप्य वार्ता
ओली-प्रचण्ड गोप्य वार्ता
सुनका सिक्री लुटपाट गर्ने पाँच जना पक्राउ
सुनका सिक्री लुटपाट गर्ने पाँच जना पक्राउ
मानिस सुतिरहेका थिए, शहर नै हल्लियो …
मानिस सुतिरहेका थिए, शहर नै हल्लियो …
इटहरीका बाढीपीडित राहतको पर्खाइमा, मृतकको संख्या ९ पुग्यो/पीडित मन्दिर र विद्यालयमा ..
इटहरीका बाढीपीडित राहतको पर्खाइमा, मृतकको संख्या ९ पुग्यो/पीडित मन्दिर र विद्यालयमा ..
पोखराको अर्चलबोटमा कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी दुर्घटनामा,एकको अवस्था गम्भिर
पोखराको अर्चलबोटमा कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी दुर्घटनामा,एकको अवस्था गम्भिर
एकाविहानै मतदानमा नेताहरु, रामचन्द्र पौडेलदेखि प्रचण्डसम्म तस्विरसहित
एकाविहानै मतदानमा नेताहरु, रामचन्द्र पौडेलदेखि प्रचण्डसम्म तस्विरसहित
भरतपुर महानगरपालिबन्दै देशकै नमूना महानगर
भरतपुर महानगरपालिबन्दै देशकै नमूना महानगर
डेढ करोडको लगानीमा बुटवलमा पनि खुल्यो बाजेको सेकुवा आउटलेट !
डेढ करोडको लगानीमा बुटवलमा पनि खुल्यो बाजेको सेकुवा आउटलेट !
प्रदेशसभा बैठकमा लालबाबु पण्डितको चर्को आलोचना
प्रदेशसभा बैठकमा लालबाबु पण्डितको चर्को आलोचना

तपाईंले छुटाउनुभयो कि?