कास्की दुईमा रोचक भीडन्त

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक १०, २०७६
|
|
५४ पटक हेरिएको
Shares
कास्की दुईमा रोचक भीडन्त

सारांश

  • काठमाडौं।
  • तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनमा परी निधन भएपछि कास्की क्षेत्र नम्बर दुईमा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ।
  • अहिले अधिशांकको ध्यान कास्की दुईमा नै परेको छ।

काठमाडौं। तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनमा परी निधन भएपछि कास्की क्षेत्र नम्बर दुईमा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ। अहिले अधिशांकको ध्यान कास्की दुईमा नै परेको छ। यसअघि उक्त क्षेत्रबाट नेकपाले नेता बामदेव गौतमलाई उठाउने चर्चा चलेपनि अहिले अधिकारीको पत्नी विद्या भट्टराईलाई सो क्षेत्रबाट उम्मेद्वार बनाउन जिल्लाले सिफारिस गर्ने निर्णय गरेको छ। योसँगै कास्की दुईबाट नेकपा उम्मेद्वार विद्या भट्टराई हुने पक्का जस्तै भएको छ। यसअघि साझा पार्टीले कास्की दुईमा उम्मेदवार उठाइसकेको छ। साझा पार्टीले रजकी केसीलाई कास्की दुईमा साझा पार्टीको उम्मेद्वार उठाउने निर्णय गरिसकेको छ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भने कास्की दुईमा आफ्नो उम्मेद्वार चयन गर्न सकेको छैन। जिल्लाले १६ जनाको नाम केन्द्रमा पठाएपनि केन्द्रले अहिलेसम्म नाम चयन गर्न सकेको छैन। उम्मेद्वारका विषयमा छलफल गर्न कात्तिक सात गते बोलाएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएपनि कांग्रेसभित्र उम्मेद्वार चयनको विषयमा प्रवेश पाउन सकेको छैन।

कांग्रेसले यसअघिका उम्मेद्वार देवराज चालिसेलाई नै उम्मेद्वार बनाउने संभावना रहेको छ। गत निर्वाचनमा रवीन्द्र अधिकारीसँग झण्डै ९ हजार मतले पराजित बनेका चालिसेलाई नै अवसर दिनुपर्ने सुझाव पनि पार्टीमा आएका छन्। कांग्रेसले जसलाई उम्मेद्वार बनाएपनि नेकपा र कांग्रेसबीच नै प्रतिश्पर्धा हुने अनुमान गरिएको छ। यद्यपी साझा पार्टीलाई पनि त्यहाँ प्रतिश्पर्धीका रुपमा हेरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?