किन रोकियो नेकपाको एकता प्रक्रिया, आज टुंग्याउने तयारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २३, २०७६
|
|
३७ पटक हेरिएको
Shares
किन रोकियो नेकपाको एकता प्रक्रिया, आज टुंग्याउने तयारी

सारांश

  • काठमाडौँ।
  • नेकपाको सांगठनिक एकता र जिल्ला इन्चार्ज र सहइन्चार्ज विषय बुधबार टुंग्याइने भनिएपनि बिहीबा (आज) कालागि सरेको छ।
  • प्रधानमन्त्री केपी ओलीको कार्यव्यवस्ततालाई देखाउँदै सांगठनिक एकताको निर्णय बिहीबार गर्ने बताइएको छ।

काठमाडौँ। नेकपाको सांगठनिक एकता र जिल्ला इन्चार्ज र सहइन्चार्ज विषय बुधबार टुंग्याइने भनिएपनि बिहीबा (आज) कालागि सरेको छ। प्रधानमन्त्री केपी ओलीको कार्यव्यवस्ततालाई देखाउँदै सांगठनिक एकताको निर्णय बिहीबार गर्ने बताइएको छ।

पोलिटब्युरो गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन तथा जिल्ला इन्जार्ज र सहइन्चार्ज बारे टुंगो लगाउन बुधबार नेकपा केन्द्रीय सचिवालयको बैठक बसेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा जिल्ला इन्चार्ज तथा सहइन्चार्जको बारेमा टुंगो लगाउन सकारात्मक रूपमा छलफल अगाडि बढे पनि प्रधानमन्त्री ओलीको कार्यव्यस्तताका कारण बिहीबारसम्मका लागि बैठक स्थगित भएको नेताहरुले बताएका छन्।

बुधबारको बैठकमा जिल्ला कमिटीका जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा छलफल भयो।
बिहीबार विहान बस्ने बैठकबाट जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाई बाँकी रहेका समयमा साङ्गठनिक एकता तथा कार्य्विभाजनको विषयमा पनि छलफल हुने बताइएको छ।
नेकपाका अध्यक्षद्वयले केही दिनदेखि गरेको गृहकार्यको आधारमा मंगलबारदेखि सचिवालयको बैठक शुरु भएको हो। लामो प्रयासपछि वैशाख ९ गते ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुङ्गो लगाइएको थियो। त्यसपछि इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा छलफल शुरु भएको थियो।

जिल्ला कमिटीको इन्चार्ज तथा सहइन्चार्ज तोक्दा दोहोरो जिम्मेवारी दिने कि नदिने विषयमा नेताहरू बीचमा मत बाझिएपछि त्यसलाई टुंग्याउन ढिलाइ भएको हो।
केन्द्र तथा प्रदेशका सांसद र मन्त्री भएका व्यक्तिलाई इन्चार्ज र सहइन्चार्ज दिने कि नदिने विषयमा सचिवालय सदस्यहरूको बीचमा मत बाझिएको हो । यसअघि पनि प्रदेश कमिटी बनाउँदा सांसद मुख्यमन्त्री र मन्त्रीलाई पनि सो पदको जिम्मेवारी दिएपछि पार्टीमा विवाद उत्पन्न भएको थिया ।
त्यो विवाद अझै कायमै छ । त्यस्तो विवाद जिल्ला कमिटीमा नहोस् भनेर नेताहरुको बीचमा घनिभूत छलफल भइरहेको बताइएको छ ।
गोरखापत्र दैनिकका अनुसार प्रदेश कमिटीमा दोहोरो जिम्मेवारी दिएको भनी आपत्ति जनाउने सचिवालयका सदस्य माधवकुमार नेपालले जिल्ला कमिटीमा पनि कसैले दोहोरो जिम्मेवारी नपायोस् भन्ने अडानमा राखेको जनाइएको छ ।
नेताहरुबीच आ आफ्नो समूहको नेतालाई जिल्ला इन्चार्ज र सहइन्चार्ज बनाउन प्रतिस्पर्धा भएपछि यो विषय लामो समयदेखि टुंगो लाग्न सकेको छैन । वरिष्ठ नेता नेपाललागयतले मापदण्ड बनाएर जिल्ला इन्चार्ज तथा सहइन्चार्ज बनाउनुपर्ने धारणा राखेका थिए भने ओलीले कुनै मापदण्ड नबनाउने अडान लिएको जनाइएको छ ।
नेता नेपाल र अध्यक्ष ओलीबीच विवाद हुने देखेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले मध्यमार्गी सुझाव दिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार दाहालले कुनै मापदण्ड नबनाउने तर, इन्चार्ज र सहइन्चार्ज तोक्दा मिलाउने भन्ने सुझाव राखेको जनाइएको छ । उनको यस्तो सुझावले दोहोरो भूमिकामा रहेका नेताहरु पनि जिल्ला इन्चार्ज बन्न सक्ने देखिएको छ ।

बैठकमा सहभागी सचिवालय एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले प्रदेशमा एउटा र जिल्लामा अर्को मापदण्ड प्रयोग गर्न नहुने भन्दै प्रदेशकै मापदण्ड अनुसार जिल्ला कमिटीको टुंगो लगाउने प्रस्ताव गरे तर त्यसमा सचिवालय सदस्य नेपालले मान्नुभएको छैन। नेपालको प्रस्तावमा नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल र वामदेव गौतमले समर्थन गरेका छन् भने प्रधानमन्त्री ओलीको प्रस्तावमा महासचिव विष्णु पौडेल, सचिवालय सदस्य एवं रक्षामन्त्री इश्वर पोखरेलले समर्थन गरेका छन्। यता यो विवादको विषयमा अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा मौन बसेका छन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल
विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढ्याे, ५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने !
विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढ्याे, ५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने !
आज बुधबार कस्तो छ तपाईंको राशिफल?
आज बुधबार कस्तो छ तपाईंको राशिफल?
रेशम चौधरीको मुद्दामा सुनुवाई हुँदै
रेशम चौधरीको मुद्दामा सुनुवाई हुँदै
तनहुँ–१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
तनहुँ–१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६, संक्रमित पाँच हजार पुग्दै
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६, संक्रमित पाँच हजार पुग्दै
झाडापखालाले पूरै गाउँ आक्रान्त, एकजनाको ज्यान गयो
झाडापखालाले पूरै गाउँ आक्रान्त, एकजनाको ज्यान गयो
प्रचण्डले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर के भने ?
प्रचण्डले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर के भने ?
नेपाल विकसित नहुनुको कारण ‘मेरी बास्सै’ हेर्नुहोस्, के छ रहस्य ?
नेपाल विकसित नहुनुको कारण ‘मेरी बास्सै’ हेर्नुहोस्, के छ रहस्य ?
मानवअधिकार आयोगले महत्त्वपूर्ण भूमिका खेलेको छ : मन्त्री शर्मा
मानवअधिकार आयोगले महत्त्वपूर्ण भूमिका खेलेको छ : मन्त्री शर्मा