गगन थापाको आह्वान : तीन दलका तीन प्रमुख नेतालाई विदाई गरौं (भिडिओसहित)

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २६, २०८२
|
|
६० पटक हेरिएको
Shares
गगन थापाको आह्वान : तीन दलका तीन प्रमुख नेतालाई विदाई गरौं (भिडिओसहित)

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन दलका तीन प्रमुख नेताहरुलाई विदाई गर्न आह्वान गरेका छन् ।
  • उनले सम्वादको नयाँ वातावरण बनाउनपनि अपिल गरेका छन् ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन दलका तीन प्रमुख नेताहरुलाई विदाई गर्न आह्वान गरेका छन् । उनले सम्वादको नयाँ वातावरण बनाउनपनि अपिल गरेका छन् ।

आज भिडिओ सन्देश जारी गर्दै यस्तो अपिल गरेका हुन् । नेपालमा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालबीच १० वर्षयता म्युजिकल चेयर घुमिरहेको प्रसंगपनि उनले उल्लेख गरेका छन् ।

थापाले २०८२ साल भदौ २५ गतेपछि र भदौ २२ गतेअघिको नेपाल एउटै नरहेको टिप्पणी गरे । सभापति शेरबहादुर देउवालाई यत्रो पर्दाखेरि इम्पेथी नराखेको भनेर पार्टीका साथीहरुले कुरा उठाएकोमा उनले इम्पेथेी राखेको जिकिर गरे । आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माले भदो २५ गते सभापति देउवामाथि भएको आक्रमणको भत्र्सना गर्दै वक्तव्य निकालेको पनि थापाले स्मरण गराए । उनले आफूहरु कसैमाथि पनि हुने भौतिक आक्रमणको कुरा अस्विकार्य हुन्छ भनेर मान्ने व्यक्ति भएको उल्लेख गरे ।

थापाले आफूहरु पनि हातपात हुनबाट बालबाल बाँचेको बताए । उनले भने,‘हामी पनि त्यही कुटपिट, हातपात र अपमान सहेर नै आएको हो । हामी आफ्नो नेताहरुलाई सम्मान पनि गरौं । इम्पेथी पनि राखौं । संगसँगै कांग्रेस, एमाले र माओवादीका सबै साथीहरुलाई अपिल पनि गर्छु हामीले आफ्ना तीन वटै नेताहरुलाई ब्लन्ट्ली भन्नुपर्छ कि तपाई अब नो मोर । तपाईंहरुले छोड्नुपर्छ । अब तपाईहरुबिना नै हामी पार्टी चलाउन सक्छौं । हामीले सम्हाल्नुपर्छ । नेतृत्व बदल्नुपर्छ । संस्कृति बदल्नुपर्छ ।’ छोड्न परे आफूपनि छोड्न तयार रहेको उनको सन्देश छ

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance register

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकतान्त्रिक फोरमका ११ नेता कांग्रेस केन्द्रीय सदस्य मनोनीत
लोकतान्त्रिक फोरमका ११ नेता कांग्रेस केन्द्रीय सदस्य मनोनीत
पोखरामा बर्ड फ्लु भेटियो : मासुको भाउ ओरालो
मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीको ब्रिफिङ : पार्टीभित्रैबाट सरकारमाथि चौतर्फी हमला भयो !
मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीको ब्रिफिङ : पार्टीभित्रैबाट सरकारमाथि चौतर्फी हमला भयो !
पानी जहाज मैले दिउँसै देखेको सपना हो, राति होइन: प्रधानमन्त्री ओली
एचआइभी सङ्क्रमितलाई मानवअधिकारबाट वञ्चित नगर्न आग्रह
एचआइभी सङ्क्रमितलाई मानवअधिकारबाट वञ्चित नगर्न आग्रह
म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा
म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा
काठमाडौंका सात जनामा देखियो कोरोना, ६९७ जना डिस्चार्ज
प्रमुख निर्वाचन आयुक्त थपलियालाई एमालेको सदस्य भएको आरोप
प्रमुख निर्वाचन आयुक्त थपलियालाई एमालेको सदस्य भएको आरोप
कबुलियत वनमा लगाइएको अम्रिसो बेचेर तीन करोड बढी आम्दानी
कबुलियत वनमा लगाइएको अम्रिसो बेचेर तीन करोड बढी आम्दानी
९ वर्षिय पूजाले हराएका बुवालाई सम्झेर गाइन यस्तो गीत (भिडियो सहित)
९ वर्षिय पूजाले हराएका बुवालाई सम्झेर गाइन यस्तो गीत (भिडियो सहित)