शुक्रबारदेखि प्रि–बजेट छलफल हुने

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख २५, २०७६
|
|
५१ पटक हेरिएको
Shares
शुक्रबारदेखि प्रि–बजेट छलफल हुने

सारांश

  • आर्थिक वर्ष २०७६ र ०७७ को प्रि–बजेट माथि शुक्रबारदेखि संसद्मा छलफल सुरु हुने भएको छ ।
  • प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले २७ गतेदेखि पूर्वबजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफल प्रारम्भ हुने जानकारी गराएका हुन् ।
  • छलफल दलीय प्रतिनिधित्वका आधारमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०७६ र ०७७ को प्रि–बजेट माथि शुक्रबारदेखि संसद्मा छलफल सुरु हुने भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले २७ गतेदेखि पूर्वबजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफल प्रारम्भ हुने जानकारी गराएका हुन् ।

छलफल दलीय प्रतिनिधित्वका आधारमा छलफल हुनेछ । शुक्रबारको बैठक प्रारम्भ हुनुभन्दा एक घण्टा अगावै आ–आफ्ना दलका वक्ता प्रतिनिधिको नाम सचिवालयमा टिपाउन समेत सभामुख महराले अनुरोध गरेका छन् ।
हरेक वर्षको जेठ १५ गते सरकारले विनियोजन विधेयक संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसको १५ दिन अगावै बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० सदनमा छलफल भइसक्नु पर्ने भएको व्यवस्था रहेकोले प्रि–बजेटमाथिको छलफलको समय निर्धारण गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?