आजबाट काठमाडौंको फोहोर उठने, मध्यराति जुट्यो १८ बुँदे सहमति
सारांश
- काठमाडौं।
- दुई सातादेखि थुप्रिएको काठमाडौंको फोहोर उठ्ने भएको छ।
- काठमाडौं महानगरपालिका र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच शुक्रबार बिहान १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो।
काठमाडौं। दुई सातादेखि थुप्रिएको काठमाडौंको फोहोर उठ्ने भएको छ। काठमाडौं महानगरपालिका र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच शुक्रबार बिहान १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो।
ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौं महानगरपालिकाबीच भएको १८ बुँदे सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ।
यसअघि पनि आन्दोलनरत क्षेत्रका जनप्रतिनिधि र महानगरसँगै सहरी विकास मन्त्रालयबीच सहमति जुटेको थियो । तर, स्थानीयले आन्दोलन जारी नै राखेका थिए।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया