कुलमानको सफलताः विद्युत प्राधिकरणको नाफा १४९ प्रतिशतले बढ्यो

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण २९, २०७६
|
|
५१ पटक हेरिएको
Shares
कुलमानको सफलताः विद्युत प्राधिकरणको नाफा १४९ प्रतिशतले बढ्यो

सारांश

  • सक्षम र योग्य नेतृत्व भयो भने संकटमा परेको संस्था पनि सहज अवस्थामा पुग्न सक्छ ।
  • यसैको ज्वलन्त उदाहरण हो नेपाल विद्युत प्राधिकरण ।
  • भ्रष्ट र कमिसनको खेलमा लाग्ने व्यक्ति रहुन्जेल अस्तव्यस्त भएको प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक भएसँगै सुधार भएको हो ।

सक्षम र योग्य नेतृत्व भयो भने संकटमा परेको संस्था पनि सहज अवस्थामा पुग्न सक्छ । यसैको ज्वलन्त उदाहरण हो नेपाल विद्युत प्राधिकरण । भ्रष्ट र कमिसनको खेलमा लाग्ने व्यक्ति रहुन्जेल अस्तव्यस्त भएको प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक भएसँगै सुधार भएको हो । घिसिङले प्राधिकरण सम्हाल्नुअघि घाटा मात्रै होइन, लोडसेडिङले दिक्क बनाएको थियो ।

नेपाल विद्युत प्राधिकरणले एक वर्षमै १४९ प्रतिशत नाफा वृद्धि भएको छ । लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणलाइनको सुदृढीकरणमा केन्द्रित भएको विद्युत प्राधिकरणले एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गरेको छ ।

विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको हो । घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको थियो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणको आर्थिक अवस्थाबारे जानकारी गराइएको हो ।

नाफा कमाउन प्राधिकरणले विगतको तुलनामा चुहावट नियन्त्रणको प्रतिशत समेत बढाएको छ । यो आर्थिक वर्षमा विद्युत् चुहावट अघिल्लो वर्षको तुलनामा ५.३२ प्रतिशतले कमी आएको छ । विद्युत खरिद नेपाल विद्युत् प्राधिकरणले नेपाली उत्पादकबाट नीजि उत्पादनकबाट १४ अर्ब १३ करोडको खरिद गरेको छ भने भारतबाट २३ अर्ब ३ करोड खरिद गरेको छ ।

२०७३ भदौमा घिसिङ कार्यकारी निर्देशकमा रुपमा प्राधिरकणमा प्रवेश गरेका थिए । उनी आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो । तर, घिसिङ नेतृत्वमा आएको ११ महिनामा नै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भयो ।

त्यसपछिका आर्थिक वर्ष २०७४–७४ मा पनि प्राधिकरणले २ अर्ब ८५ करोड नाफा कमायो । यो वर्ष भने प्राधिकरणको नाफामा उच्च वृद्धि भएको हो । विद्युत प्राधिकरणको कुल सञ्चित नोक्सानी पनि १५ अर्ब १३ करोडमा झरेको छ । कुलमान नेतृत्वमा आउँदा प्राधिरकणको कुल सञ्चित नोक्सानी ३४ अर्ब ६१ करोड थियो । आर्थिक वर्ष २०७४–७५मा प्राधिकरकणको सञ्चित नोक्सानी २५ अर्ब ५९ करोड थियो । प्राधिकरणले एक वर्षमा नै सञ्चिती नोक्सानी १० अर्बले घटाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसवर्ष रासायनिक मलको अभाव हुँदैन : प्रधानमन्त्री दाहाल
यसवर्ष रासायनिक मलको अभाव हुँदैन : प्रधानमन्त्री दाहाल
अमेरिकाको मेरिल्याण्डमा गोली चल्दा एक नेपालीसहित ३ को मृत्यु
अमेरिकाको मेरिल्याण्डमा गोली चल्दा एक नेपालीसहित ३ को मृत्यु
सम्पत्ति शुद्धीकरण कसुरमा रवि दोषी ठहर भए आजीवन रास्वपाको सदस्य हुन नपाउने
सम्पत्ति शुद्धीकरण कसुरमा रवि दोषी ठहर भए आजीवन रास्वपाको सदस्य हुन नपाउने
नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगतको कालीखोलामा फेरी पहिरो जांंँदा बाटो पुर्ण रुपमा अवरुद्ध,सयौं सवारी जाममा , हजारौं यात्रु अलपत्र
नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगतको कालीखोलामा फेरी पहिरो जांंँदा बाटो पुर्ण रुपमा अवरुद्ध,सयौं सवारी जाममा , हजारौं यात्रु अलपत्र
कर्मचारी र दलका प्रतिनिधी नआउँदा काभ्रेमा अझै मतगणना हुन सकेन
कर्मचारी र दलका प्रतिनिधी नआउँदा काभ्रेमा अझै मतगणना हुन सकेन
अर्को वर्ष ३ सय पुल बन्छन् : मन्त्री महासेठ
अर्को वर्ष ३ सय पुल बन्छन् : मन्त्री महासेठ
खै त निर्मलाका हत्यारा? न्याय माग्दै देशभर यसरी भयो प्रदर्शन
खै त निर्मलाका हत्यारा? न्याय माग्दै देशभर यसरी भयो प्रदर्शन
एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन भएन: महासचिव मैनाली
एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन भएन: महासचिव मैनाली
लक्ष्यभन्दा ९६ करोड कम राजश्व संकलन
लक्ष्यभन्दा ९६ करोड कम राजश्व संकलन
सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर चट् हुने
सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर चट् हुने

तपाईंले छुटाउनुभयो कि?