के शहर के दुर दराज जताततै हत्केला समाज
सारांश
- षडानन्द -१३ बोय पातल, भोजपुर l विविध सामाजिक कार्यहरु गर्दै आएको हत्केला समाज नेपालले भोजपुरको श्री सरस्वती आधारभुत प्राथमिक विद्यालयमा आपतकालीन स्वास्थ्य सेवाको लागी स्ट्रेचर, विद्यार्थीहरुलाई टिसर्ट र स्टेशनरी सामाग्री वितरण गरेको छ ।
- हत्केला समाजका सदस्यहरु प्रेम शेर्पा र तेन्जी शेर्पाको मुख्य सहयोग र दोर्ची शेर्पाको संयोजकत्वमा ती सामाग्रीहरु वितरण गरिएको हो ।
- सामाजिक कार्यमा कुनै जात, धर्म, वर्ग, लिङ्ग र राजनीतिभन्दा अलग रहेर हातेमालो गर्नु पर्ने संयोजक शेर्पाले बताए ।
षडानन्द -१३ बोय पातल, भोजपुर l विविध सामाजिक कार्यहरु गर्दै आएको हत्केला समाज नेपालले भोजपुरको श्री सरस्वती आधारभुत प्राथमिक विद्यालयमा आपतकालीन स्वास्थ्य सेवाको लागी स्ट्रेचर, विद्यार्थीहरुलाई टिसर्ट र स्टेशनरी सामाग्री वितरण गरेको छ । हत्केला समाजका सदस्यहरु प्रेम शेर्पा र तेन्जी शेर्पाको मुख्य सहयोग र दोर्ची शेर्पाको संयोजकत्वमा ती सामाग्रीहरु वितरण गरिएको हो ।

सामाजिक कार्यमा कुनै जात, धर्म, वर्ग, लिङ्ग र राजनीतिभन्दा अलग रहेर हातेमालो गर्नु पर्ने संयोजक शेर्पाले बताए । हत्केला समाज नेपालले असहाय तथा अनाथको क्षेत्रमा विविध सामाजिक कार्य गर्दै आएको छ । यस संस्थाले वर्षेनी विभिन्न क्षेत्रमार्फत् समाज सेवामा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरुको छनौट गरी सम्मान पनि गर्दै आएको छ । सम्पुर्ण मानव जगतमा भाईचारा र आत्मियता कायम राख्नका लागि पनि विभिन्न तह र तप्काबाट सामाजिक कार्यमा लाग्नु पर्ने सस्थाका अध्यक्ष फुर्लाक्पा शेर्पाले जोड दिए ।
प्रतिक्रिया