निर्वाचन आयोगले भन्यो,‘६७ प्रतिशत मत खस्यो, सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खस्यो

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २१, २०७४
|
|
५३ पटक हेरिएको
Shares
निर्वाचन आयोगले भन्यो,‘६७ प्रतिशत मत खस्यो, सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खस्यो

सारांश

  • काठमाडौं, २१ मंसिर ।
  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा आज मतदान सम्पन्न भएका ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
  •   निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा.

काठमाडौं, २१ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा आज मतदान सम्पन्न भएका ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरदर ६७ प्रतिशत मत खसेको दाबी गरेका छन् । उनका अनुसार सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खसेको छ ।

निर्वाचन अयाोगका अनुसार १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभा सदस्यका लागि ४५ जिल्लामा रहेका ७ हजार ७५२ मतदान स्थल र १५ हजार ३४४ मतदान केन्द्रमध्ये एक मतदान स्थलबाहेक सबैमा शान्तिपूर्ण मतदान भएको छ ।

उनले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै आम मतदाताहरुलाई धन्यवाद दिए । त्यस्तै उनले विगतमा भएका मतपरिणामलाई लिएर कुनै विवाद नहुने र त्यस्तो घटन नदोहोरिने विश्वास दिलाए ।

अर्घाखाँचीको सन्धीखर्क्स्थित नेटा मतदान स्थलमा रहेका दुवै मतदान केन्द्रको मतदान रद्ध गरिएको निर्वाचन आयोगका सचिव भोगेन्द्रराज शर्माले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै राजनीतिक दलका कार्यकर्ताले मतदान स्थल तोडफोड गर्नुका साथै मतपेटिकामा आक्रमण गरेपछि मतदान रद्ध गरिएको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए । उनका अनुसार त्यस स्थलको मतदान केहिदिनभित्रै हुनेछ ।

मतदान सम्पन्न भएका ४५ जिल्लाका सबै मतपेटिका जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाइनेछ । सर्वदलीय बैठकपछि मतगणना सुरु हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं २ का  राष्ट्रियसभा सदस्यका सबै उम्मेदवार निर्विरोध निर्वाचित
प्रदेश नं २ का राष्ट्रियसभा सदस्यका सबै उम्मेदवार निर्विरोध निर्वाचित
‘खानेपानीको समस्या चाँडै हल हुन्छ’
‘खानेपानीको समस्या चाँडै हल हुन्छ’
१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने
१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने
प्रधानमन्त्री मोदीद्वारा आन्दोलनकारीलाई शान्त रहन आग्रह
प्रधानमन्त्री मोदीद्वारा आन्दोलनकारीलाई शान्त रहन आग्रह
विष्णु पौडेलले कित्ता नम्बर दिंदै सरकारी जग्गा छानबिनमा सघाउने प्रतिबद्धता जनाए
विष्णु पौडेलले कित्ता नम्बर दिंदै सरकारी जग्गा छानबिनमा सघाउने प्रतिबद्धता जनाए
कसले खाने तीते करेला ?
कसले खाने तीते करेला ?
पाँच महिनामा यी हुन् सरकारले शुरु गरेका राम्रा काम
पाँच महिनामा यी हुन् सरकारले शुरु गरेका राम्रा काम
किन देखिन्छ केसी समर्थक जुलुसमा चारतारे झण्डा ?
किन देखिन्छ केसी समर्थक जुलुसमा चारतारे झण्डा ?
गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित
गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित
विद्यार्थी नेत्री व्यवसायिक कृषिमा लागेपछि…
विद्यार्थी नेत्री व्यवसायिक कृषिमा लागेपछि…

तपाईंले छुटाउनुभयो कि?