डेब्यु खेलमै लुकाकुको गोल, इन्टर मिलानको सुखद सुरुवात

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र १०, २०७६
|
|
७१ पटक हेरिएको
Shares
डेब्यु खेलमै लुकाकुको गोल, इन्टर मिलानको सुखद सुरुवात

सारांश

  • एजेन्सी ।
  • इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सुखद सुरुवात गरेको छ ।
  •  मंगलबार राति भएको सिजनको पहिलो खेलमा लिचेलाई ४–० गोल अन्तरले पराजित गर्दै इन्टरले सुखद सुरुवात गरेको हो ।

एजेन्सी । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सुखद सुरुवात गरेको छ । मंगलबार राति भएको सिजनको पहिलो खेलमा लिचेलाई ४–० गोल अन्तरले पराजित गर्दै इन्टरले सुखद सुरुवात गरेको हो । घरेलु मैदानमा इन्टरलाई जित दिलाउन मार्सेलो ब्रोजोभिक, स्टेफानो सेन्सी, रोमेलु लुकाकु र एन्टोनियो कान्ड्रेभाले एक एक गोल गरे ।

१० खेलाडीमा सिमित लिचेविरुद्ध इन्टरले २१ औं मिनेटमा ब्रोजोभिकको गोलबाट अग्रता बनाएको थियो । २४ औं मिनेटमा सेन्सीले गोल गर्दै इन्टरको अग्रता २(० को बनाए ।खेलको ६० औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरको अग्रता तेब्बर बनाए । लुकाकुले डेब्यु खेलमै गोल गरेका हुन् । उनी यसै सिजन म्यानचेस्टर युनाईटेडबाट क्लब आएका हुन् ।

खेलको ७६ औं मिनेटमा डिगो फारिअसले रातो कार्ड पाएपछि लिचे १० खेलाडीमा सिमित भयो । त्यसपछि खेलको ८४ औं मिनेटमा एन्टोनियोले गोल गर्दै इन्टरलाई ४९० को जित दिलाए । जितसँगै इन्टरले ३ अंकबाट सिजनको सुरुवात गरेको छ । लिचेले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?