कोरोना आशंकामा आइसीयूमा रहेका युवाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र १७, २०७६
|
|
५८ पटक हेरिएको
Shares
कोरोना आशंकामा आइसीयूमा रहेका युवाको मृत्यु

सारांश

  • काठमाडौं : पाटन अस्पतालको आइसीयूमा राखिएका एक युवाको मृत्यु भएको छ।
  • कोरोना आशंकामा आइसीयू रहेका धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवाको मृत्यु भएको हो।
  • चैत १४ गते मात्रै भारतबाट नेपाल आएका उनको सोमबार बिहान मृत्यु भएको हो।

काठमाडौं : पाटन अस्पतालको आइसीयूमा राखिएका एक युवाको मृत्यु भएको छ। कोरोना आशंकामा आइसीयू रहेका धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवाको मृत्यु भएको हो।

चैत १४ गते मात्रै भारतबाट नेपाल आएका उनको सोमबार बिहान मृत्यु भएको हो। महानगरिय प्रहरी परिसर ललितपुरका एसएसपी तथा प्रमुख टेकप्रसाद राईले मृत्यु भएको पुष्टि गरे। तर पाटनका डाक्टर तथा कोरोना भाइरस फोकल पर्सन डा. आशिष श्रेष्ठले युवाको मृत्युबारे बोल्न चाहेनन्।

कोरोनाको संक्रमण भएको आशंकामा नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको पनि रिपोर्ट आइसकेको छैन्। उनमा अत्याधिक ज्वरो आएको थियो।

(https://veroinn.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?