जनवादी कलाकारले जुटाए’दिलबहादुर बचाउन’सवा लाख

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ २१, २०७५
|
|
५२ पटक हेरिएको
Shares
जनवादी कलाकारले जुटाए’दिलबहादुर बचाउन’सवा लाख

सारांश

  • उमेश बन्जाडे, २१ असार ।
  • साउदीमा जेल जीवन बिताइरहेका रोल्पाका दिलबहादुर घर्तीको रिहाइका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ।
  • स्वदेश एवं विदेशमा रहेका श्रमिक, मजदुर तथा विभिन्न संघसंस्थाले आफुसक्दो रकम जुटाएर ‘दिलबहादुर बचाउ’अभियानलाई सार्थक बनाउँदैछन्।

उमेश बन्जाडे, २१ असार । साउदीमा जेल जीवन बिताइरहेका रोल्पाका दिलबहादुर घर्तीको रिहाइका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ।

स्वदेश एवं विदेशमा रहेका श्रमिक, मजदुर तथा विभिन्न संघसंस्थाले आफुसक्दो रकम जुटाएर ‘दिलबहादुर बचाउ’अभियानलाई सार्थक बनाउँदैछन्।

यसैबीच रोल्पा रुन्टिगढी एक (साविकको जौली पोखरी) निबासी जनवादी कलाकार तथा समाजसेवी धनेस बिसि नेतृत्वको टिमले साउदीबाट एक लाख बढी सहयोग रकम उपलब्ध गराएको छ। बिगत तिन वर्ष देखि साउदी अरबमा ब्लड मनि तिर्न नसक्दा जेल जीवन बिताइरहेका दिलबहादुर घर्तीको रिहाइको लागि उक्त रकम हस्तान्तरण गरिएको बिसिले जानकारी दिए।

साउदिमा कार्यरत श्रमिक दाजुभाईसँग हातेमालोगरि संकलित एक लाख, छत्तीस हजार, दुईसय, साठी रुपैया घर्तीका श्रीमती मनिका बुढा मगरलाई हस्तान्तरण गरिएको हो।

सहयोग रकम जुटाउन तदारुकता देखाउने बिसि हाल साउदीमा कार्यरत रहेपनी विगतमा उनी जनयुद्धमा जोडिएका थिए। क्रान्तिकारी बिद्यार्थी संगठनमा आबद्ध भएर राजनैतिक यात्रा शुरु गरेका बिसिले जनवादी गितहरु गाउँदै हिँडेका थिए।

पछिल्लो समय स्थानीय कल्बहरुमा निर्देशक रहेका उनी पारिवारिक आर्थिक अवस्था ओरालो लाग्ने स्थिति आएपछि प्रबास छिरेका थिए । बिगतमा कतारमा रहँदा जलजला सेवा समाजमा आबद्ध रहेर काम गरेका उनि हाल रोजगारीको शिलशिलामा साउदिमा छन । कलाकार बिसिले आफुलाई सहयोग गर्ने सम्पुर्ण सहयोगी दाताहरुलाई एकमुष्ट धन्यवाद समेत दिएका छन।

यस्तै मुल समितिका सदस्य हितमान बुढाले अभियान्ता समुह र सहयोगी सबैलाई धन्यवाद दिएका छन । सहयोगी बिसिका अनुसार संकलित सहयोग रकम जुटाउन साउदी बाट मिलन रसाइली रु ४४, ०७७र सुन्दर रोका र धनेश बि सि बाट रु २७, १९७ प्रेम मगर र पिम मगर बाट रु २४, ५९०  र यमु संगमबाट ४०, ३९६ गरि जम्मा रु १ लाख ३६ हजार २ सय ५४ रुपैया बैंक मार्फत नेपाल पठाइएको जानकारी गराएका छन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी प्रदेशद्वारा नेपाल पुलिसलाई जितका लागि एक सय ६७ रनको चुनौती
कोशी प्रदेशद्वारा नेपाल पुलिसलाई जितका लागि एक सय ६७ रनको चुनौती
मालपोतका कर्मचारीले घुस माग्दामाग्दै पक्राउ
मालपोतका कर्मचारीले घुस माग्दामाग्दै पक्राउ
फोरम र राजपावीच सहमति, कसले कुन मन्त्रालय पाए ?
फोरम र राजपावीच सहमति, कसले कुन मन्त्रालय पाए ?
समान हैसियतमा पार्टी एकता गर्ने समझदारी छ : प्रचण्ड
समान हैसियतमा पार्टी एकता गर्ने समझदारी छ : प्रचण्ड
यसकारण खारेज हुन सक्छन नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम पनि !
प्रचण्डको आरोप ‘ओलीकै सक्रियतामा एमाले पार्टी आयोगमा दर्ता भएको हो’
प्रचण्डको आरोप ‘ओलीकै सक्रियतामा एमाले पार्टी आयोगमा दर्ता भएको हो’
जापान सम्राट आकिहितो किन गद्दीत्याग गर्दैछन्?
जापान सम्राट आकिहितो किन गद्दीत्याग गर्दैछन्?
क्रसर उद्योग नवीकरण सहज बनाउन व्यवसायीको माग
क्रसर उद्योग नवीकरण सहज बनाउन व्यवसायीको माग
संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दीकाे टुङ्गाे लाग्याे, कुन प्रदेशमा कति दरबन्दी रहने ?
संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दीकाे टुङ्गाे लाग्याे, कुन प्रदेशमा कति दरबन्दी रहने ?
हामी कुद्न सकेनौँ भने कसैले पर्खेर बस्दैनः प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?