जापान सम्राट आकिहितो किन गद्दीत्याग गर्दैछन्?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १७, २०७६
|
|
४६ पटक हेरिएको
Shares
जापान सम्राट आकिहितो किन गद्दीत्याग गर्दैछन्?

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00
टोकियो । सुसज्जित सुनौलो खैरो रंगको पोशाकमा सजिएका र एक भडकिलो कालो टोपी लगाएका जापानका सम्राट अकिहितोले मंगलबार संसारको सबैभन्दा पुरानो राजतन्त्रका लागि २०० वर्षमा पहिलो पटक आफ्नो पद त्याग कार्यक्रमको आयोजना गरे। अकिहितोले आफ्ना जेठा छोरा ५९ वर्षीय युवराज नारोहितोलाई जापानको राजसिंहासन सुम्पिदै छन्, यो एक महत्वपूर्ण कार्यक्रमको श्रृंखला हो। जसलाई ‘रेभा’ नामले चिनिन्छ । जसको अर्थ हुन्छ सुन्दर सदभाव–जुन नयाँ सम्राटको शासनकाल पूरा समय चल्ने छ। मध्य टोकियोको शानदार राजभवन बाहिर मंगलबार बिहानैदेखि भीड जम्मा भइसकेको छ। अकिहिताले आफ्ना पूर्वजहरु र शिन्टो देवताहरुका कैयौ अवतारहरु प्रति समर्पण प्रकट गरे। तर मुख्य कार्यक्रम मंगलबार बेलुका हुँदैछ । स्थानीय समय ५ बजे हुनेछ । ८५ वर्षीय अकिहितो औपचारिक रुपमा ‘मात्सु–नो–मा’ (रुम अफ पाइन) मा १० मिनेटको समारोहमा प्रवेश गर्नेछन्। यसलाई राजभवनको सबैभन्दा सुन्दर हल मानिन्छ । अनुष्ठान शाही परिवारको उपस्थितिमा गरिनेछ। एक प्राचीन गहना–एक सम्राटको वैधताको महत्वपूर्ण प्रमाण मानिन्छ । तर पनि अकिहितो आधी रातसम्म सम्राट रहनेछन् । नारोहितोले बुधबार स्थानीय सयमअनुसार १० बजेर ३० मिनेटमा दोस्रो समारोहमा सम्राटको कार्यभार सम्हाल्नेछन्। जुन उनले विरासमा प्राप्त गर्दैछन्। त्यसपछि उनले देशवासीका नाममा सम्बोधन गर्नेछन्। बुधबारको यो समारोहमा एकमात्र महिलाले सहभागिता जनाउने सम्भावना रहेको एएफपीले जनाएको छ । शिन्जो आबे क्याविनेटकी एकमात्र महिला सदस्य हुन्। राजसभामा महिलाहरुलाई प्रतिबन्ध लगाइएको छ। मंगलबार बिहान टोकियोमा वर्षाता भए पनि बिहानैदेखि राजभवन बाहिर मानिसहरुको निकै भीड लागेको छ। पश्चिमी जापानको ओकायामाबाट टोकियो आएकी ७६ वर्षीय हिरोनारी उमेराले भने, ‘म सम्राट अकिहितोको कडा परिश्रमका लागि धन्यावाद दिन चाहन्छु ।’ उनकी पत्नील अकिहितो र निवर्तमान शाही हेइसी युगलाई सम्झिरहने बताइन् । उनले एएफपीसँग भनिन्, ‘मलाइ रुन मन लागिरहेको छ।’ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प नयाँ सम्राट नारोहितोलाई बधाई दिने विश्वका पहिलो नेता हुन्। उनले जापान–अमेरिका घनिष्ठ सम्बन्धमा जोड दिएका छन्। लोकप्रिय अकिहितोले जापानलाई स्तब्ध गर्दै २०१८ मा आफ्नो उमेर र स्वास्थ्य समस्या देखाउँदै सिंहासन छोड्ने घोषणा गरेका थिए। सम्राट अकिहितोलाई क्यान्सर पनि भएको थियो भने मुटुको पनि अप्रेशन गरिएको थियो। जापान विश्वको लामो राजतन्त्र भएको मुलुक मध्ये एक हो। अगामी अक्टुबर २२ मा हुने एक भव्य समारोह नै नयाँ सम्राट नारोहितोको पहिलो सार्वजनिक समारोह हुनेछ। जसमा विश्वका नेताहरुले सहभागिता जनाउने छन्।

(https://allproshadeconcepts.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?