कामपामा विद्यार्थी भर्ना अभियान

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र २६, २०७५
|
|
५३ पटक हेरिएको
Shares
कामपामा विद्यार्थी भर्ना अभियान

सारांश

  • काठमाडौँ, २६ चैत ।
  • काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र आगामी वैशाख २ देखि १४ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भएको छ ।
  • विद्यालयबाहिर रहेका बालबालिकालाई पढ्न ल्याउने उद्देश्यले अभियान शुरु गर्न लागिएको कामपाको शिक्षा विभागले जनाएको छ ।

काठमाडौँ, २६ चैत । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र आगामी वैशाख २ देखि १४ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भएको छ । विद्यालयबाहिर रहेका बालबालिकालाई पढ्न ल्याउने उद्देश्यले अभियान शुरु गर्न लागिएको कामपाको शिक्षा विभागले जनाएको छ ।

विभागले आज यहाँ आयोजना गरेको सकारात्मक सोच विकास र गुणस्तरीय शिक्षासम्बन्धी अभिमुखीकरण विभागका शिक्षा अधिकारी निर्मला केसीले वैशाख २ देखि १४ गतेसम्म भर्ना अभियान सञ्चालन हुने जानकारी दिनुभयो । उहाँका अनुसार अभियान सकेपछि १५ देखि ३० गतेसम्म घरदैलो कार्यक्रम गरिनेछ । भर्ना अभियानसँगै आउँदो शिक्षा दिवस अगावै महानगरलाई साक्षर नगर घोषणा गर्ने योजनाअनुसार काम भइरहेको उहाँले बताउनुभयो । अभिमुखीकरण कार्यक्रम सामुदायिक विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीका लागि आयोजना गरिएको थियो ।

देशको भार थाम्नुपर्ने विद्यार्थीलाई असल बनाउने जिम्मेवारी पाएका शिक्षक सकारात्मक र सृजनात्मक भए मात्र असल नागरिक निर्माण हुन सक्ने धारणा महानगरको प्रशासन महाशाखा प्रमुख गणेशप्रसाद थपलियाले राख्नुभयो ।

काठमाडौँ महानगरमा ९१ सामुदायिक र ६४५ संस्थागत गरी ७३६ वटा विद्यालय छन् । यी विद्यालयमा दुई लाख तीन हजार ९७१ जना विद्यार्थी अध्ययन छन् । यसमध्ये एक लाख ५८ हजार ९७१ विद्यार्थी संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् ।

शिक्षा विभागका अनुसार महानगर क्षेत्रभित्र पाँच वर्षमाथि १० वर्षसम्म उमेर समूहका करीब तीन प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । सहरमा छोटो र लामो समयका लागि बसोबास गर्न आउने तथा श्रममा आबद्ध अभिभावकका कारण विद्यालय भर्ना हुन बाँकी बालबालिकाको यकिन तथ्याङ्क प्राप्त हुन कठिन भएको विभागको भनाइ छ । ‘हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ नारासहित भर्ना अभियान शुरु गर्न लागिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित
ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जिब्राल्टारले मानेन अमेरिकाको आग्रह, पक्राउ गरेको इरानी तेल ट्याङ्कर छाडियो
जिब्राल्टारले मानेन अमेरिकाको आग्रह, पक्राउ गरेको इरानी तेल ट्याङ्कर छाडियो
परराष्ट्रमन्त्रीको स्वकीय सञ्चार विज्ञमा सुधन ज्ञवाली
परराष्ट्रमन्त्रीको स्वकीय सञ्चार विज्ञमा सुधन ज्ञवाली
लोप हुने खतरामा ऐतिहासिक सराय नाच
लोप हुने खतरामा ऐतिहासिक सराय नाच
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, तत्काल डिस्चार्ज नहुने !
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, तत्काल डिस्चार्ज नहुने !
एमसिसी नेपालको हितमा छ : राप्रपा अध्यक्ष थापा
एमसिसी नेपालको हितमा छ : राप्रपा अध्यक्ष थापा
धर्ना बस्दाबस्दा निर्मला पन्तका बुबाको मानसिक सन्तुलन खराब
धर्ना बस्दाबस्दा निर्मला पन्तका बुबाको मानसिक सन्तुलन खराब
नेपालमा २० फन्का लगाएर कतार एअरवेजको विमान बंगलादेश डाइभर्ट
नेपालमा २० फन्का लगाएर कतार एअरवेजको विमान बंगलादेश डाइभर्ट
सुदूरपश्चिम प्रदेशसभा : बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टि
सुदूरपश्चिम प्रदेशसभा : बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टि

तपाईंले छुटाउनुभयो कि?