विद्युत् महसुल बुझाउँदैनन् सरकारी कार्यालय

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र २७, २०७४
|
|
५३ पटक हेरिएको
Shares
विद्युत् महसुल बुझाउँदैनन् सरकारी कार्यालय

सारांश

  • ललितपुर, २७ भदौ ।
  • अरुलाई नियमन गर्ने निकाय आफैंँले नियमको पालना नगरेको पाइएको छ ।
  • नेपाल विद्युत् प्राधिकरणको ६० दिनभित्र महसुल तिर्नुपर्ने नियम भए पनि विभिन्न सरकारी निकायले लाखौँं रुपैयाँ महसुल तिर्न बाँकी राख्दै आएका छन् ।

ललितपुर, २७ भदौ । अरुलाई नियमन गर्ने निकाय आफैंँले नियमको पालना नगरेको पाइएको छ ।

नेपाल विद्युत् प्राधिकरणको ६० दिनभित्र महसुल तिर्नुपर्ने नियम भए पनि विभिन्न सरकारी निकायले लाखौँं रुपैयाँ महसुल तिर्न बाँकी राख्दै आएका छन् । गत आवको असारसम्ममा ललितपुरका सबै सरकारी कार्यालयको बाँकी बक्यौता रकम रु १२ करोड २६ लाख ८९ हजार रहेको छ ।

बजेट नआएको भन्दै कार्यालयले वर्षमा एक पटक मात्रै बिल तिर्ने गरेका विद्युत् प्राधिकरण केन्द्रका प्रमुख वीरेन्द्रकुमार सिंहले बताउनुभयो । उहाँले महेन्द्र युवालय र पुरातत्व विभागअन्तर्गतको केन्द्रीय रसायन संरक्षण शाखाको लाइन काटिएको बताउनुभयो । कार्यालयलाई पत्राचार गर्दा बेवास्ता गरेकाले लाइन काटिएको उहाँको भनाइ छ ।

मिटर जाँच भएको ६० दिनसम्म पनि महसुल नतिरे लाइन काट्ने व्यवस्था छ । सबै ग्राहकका लागि एउटै नियम भए पनि कार्यालयले सरकारी कार्यालयलाई महसुल तिर्न पहिले पत्राचार गर्दै आएको छ । सिंहले भन्नुभयो, “त्यसपछि पनि नतिरे लाइन काट्ने गरेका छौँ ।” महिनानैपिच्छे नतिर्दा यी कार्यालयको महसुल र जरिवाना गरेर धेरै रकम तिर्नुपर्ने हुन्छ । सोमबार र बिहीबार कार्यालयले महसुल नतिर्ने ग्राहकको लाइन काट्ने गरेको छ ।

आर्थिक वर्ष २०७२÷७३ मा सरकारी कार्यालयको बाँकी बक्यौता रु १२ करोड ११ लाख ४५ हजार थियो । प्राधिरकणको लगनखेस्थित केन्द्र र तीन वटा उप–केन्द्रअन्तर्गतका ग्राहक छन् । गृह मन्त्रालयअन्र्तगतका कार्यालयको रु तीन लाख ५२ हजार बक्यौता छ । कृषि मन्त्रालयको बाँकी बक्यौता रु एक लाख २८ हजार रहेको केन्द्रले जनाएको छ । सबैभन्दा बढी लगनखेल केन्द्रको रु १३ लाख ३३ हजार बक्यौता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भैंसेपाटीमा मन्त्री क्वार्टर बनाउने निर्णय : संसद्लाई थाहै छैन
भैंसेपाटीमा मन्त्री क्वार्टर बनाउने निर्णय : संसद्लाई थाहै छैन
काँग्रेस बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने
काँग्रेस बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने
नयाँ शक्ति नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश
नयाँ शक्ति नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाे काम अघि बढेन
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाे काम अघि बढेन
‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ कार्यान्वयनमा
‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ कार्यान्वयनमा
अमेरिकासँगको सम्बन्धमा कुनै फरक आउँदैन – डा भट्टराई
अमेरिकासँगको सम्बन्धमा कुनै फरक आउँदैन – डा भट्टराई
सुशासनको प्रत्याभूतिका लागि सुरक्षा अनिवार्य सर्त : मुख्यमन्त्री कार्की
सुशासनको प्रत्याभूतिका लागि सुरक्षा अनिवार्य सर्त : मुख्यमन्त्री कार्की
फिल्मी शैलीमा लुटपाट:लुटपाटमा संलग्न ६ जना पक्राउ
फिल्मी शैलीमा लुटपाट:लुटपाटमा संलग्न ६ जना पक्राउ
प्लास्टिकको चामल नभएको पुष्टि …
प्लास्टिकको चामल नभएको पुष्टि …
सबै सरकारी निकायलाई ओएनएम सर्भे गर्न परिपत्र
सबै सरकारी निकायलाई ओएनएम सर्भे गर्न परिपत्र

तपाईंले छुटाउनुभयो कि?