बाघको छाला र सालकको खपेटासहित एक पक्राउ

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन ७, २०७७
|
|
४८ पटक हेरिएको
Shares
बाघको छाला र सालकको खपेटासहित एक पक्राउ

सारांश

  • प्रहरीले बाघको छाला, सालकको खपेटा तथा आखेटोपहारसहित पोखरामा एक जनालाई पक्राउ गरेको छ ।
  • धादिङको गल्छी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष लामिछानेलाई विशेष सूचनाका आधारमा मङ्गलबार साँझ पोखरा महानगरपालिका–३१ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
  • पक्राउ परेका लामिछानेको साथबाट बाघको छाला लम्बाइ आठ तथा चौडाइ तीन फिटको एक थान, सालकको खपेटा लम्बाइ दुई फिट पाँच इन्च र चौडाइ ११ इन्चको एक थान तथा वन्यजन्तुको (बाघ) जस्तो देखिने हाड खुट्टा तथा पञ्चा अन्दाजी तीन किलो ७५० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बाघको छाला, सालकको खपेटा तथा आखेटोपहारसहित पोखरामा एक जनालाई पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष लामिछानेलाई विशेष सूचनाका आधारमा मङ्गलबार साँझ पोखरा महानगरपालिका–३१ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

पक्राउ परेका लामिछानेको साथबाट बाघको छाला लम्बाइ आठ तथा चौडाइ तीन फिटको एक थान, सालकको खपेटा लम्बाइ दुई फिट पाँच इन्च र चौडाइ ११ इन्चको एक थान तथा वन्यजन्तुको (बाघ) जस्तो देखिने हाड खुट्टा तथा पञ्चा अन्दाजी तीन किलो ७५० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाभित्र वन्यजन्तुको आखेटोपहार अवैध ओसारपसार तथा कारोवार हुँदैछ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतको इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा प्रदेश नं ३–०२–०११ प७८०६ नम्बरको मोटरसाइकलको पछाडि जेब्रा झोलामा ती सामग्री लुकाइछिपाइ ल्याएको अवस्थामा नियन्त्रणमा लिइएको प्रनाउ हमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानी
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानी
अमेरिका र माल्टा पठाउने भन्दै रकम लिई फरार भएका दुई पक्राउ
अमेरिका र माल्टा पठाउने भन्दै रकम लिई फरार भएका दुई पक्राउ
सहर पसे मान्छे, विकास गाउँ पुग्यो
सहर पसे मान्छे, विकास गाउँ पुग्यो
भारतीय सेनालाई कालापानीमा शरण दिइएको तथ्य पुर्वराजपरिवारबाट बाहिरियो
भारतीय सेनालाई कालापानीमा शरण दिइएको तथ्य पुर्वराजपरिवारबाट बाहिरियो
विद्युत्को समयानुकूल महसुल तय गर्ने तयारी
विद्युत्को समयानुकूल महसुल तय गर्ने तयारी
यी प्रदेशमा भारी वर्षा हुँदै, सतर्कता अपनाउन आग्रह
पुस्तान्तरण हुन नसक्दा चुँदारा पेसा संकटमा
पुस्तान्तरण हुन नसक्दा चुँदारा पेसा संकटमा
पम्फा र मदनका प्रतिस्पर्धी भन्छन्, ‘निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु’
पम्फा र मदनका प्रतिस्पर्धी भन्छन्, ‘निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु’
नेपालमा ठूला भारु नोट प्रतिबन्धप्रति भारतीय संसद्‌मा चर्चा
नेपालमा ठूला भारु नोट प्रतिबन्धप्रति भारतीय संसद्‌मा चर्चा
दिल्लीबाटै प्रम ओलीले भने ‘प्रचण्ड र म बीच सुमधुर सम्बन्ध छ’
दिल्लीबाटै प्रम ओलीले भने ‘प्रचण्ड र म बीच सुमधुर सम्बन्ध छ’

तपाईंले छुटाउनुभयो कि?