कोर मधेस’का मतदाता भन्छन् – यहाँ कि एमाले छ कि कांग्रेस

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २९, २०७४
|
|
५० पटक हेरिएको
Shares
कोर मधेस’का मतदाता भन्छन् – यहाँ कि एमाले छ कि कांग्रेस

सारांश

  • देवानगञ्ज (सुनसरी), कात्तिक २९ – सुनसरी कप्तानगञ्जका अरुण मेहता मधेस आन्दोलनमा सहभागी हुनुभयो ।
  • इनरुवाबाट २३ किलोमिटर दक्षिणका स्थानीय बासिन्दा  मेहता आन्दोलनका बेला दिनहुँ जिल्ला सदरमुकाम इनरुवा आउनु भयो ।
  • नारा जुलुसमा सहभागी हुनुभयो त्यसपछि घर जानुभयो ।

देवानगञ्ज (सुनसरी), कात्तिक २९ – सुनसरी कप्तानगञ्जका अरुण मेहता मधेस आन्दोलनमा सहभागी हुनुभयो । इनरुवाबाट २३ किलोमिटर दक्षिणका स्थानीय बासिन्दा  मेहता आन्दोलनका बेला दिनहुँ जिल्ला सदरमुकाम इनरुवा आउनु भयो । नारा जुलुसमा सहभागी हुनुभयो त्यसपछि घर जानुभयो । अरुण मेहताको आन्दोलनमा सहभागी हुनुको उद्देश्य थियो, हेपिएका मधेसीहरुले अधिकार पाउलान् । राज्यका हरेक तहमा मधेसीको सहभागिता होला र मधेसमा विकास होला । मधेसी भनेर सधै हेप्ने काठमाडौंले हेप्न छाड्ला ।

तर पटक पटक भएको आन्दोलनपछि सत्तामा पुगेका मधेसवादी दल र तिनका नेताहरुले मधेसीका पक्षमा काम नगरेपछि उहाँ थप पीडामा हुनुहुन्छ । राज्यले मधेसी समुदायलाई विभेद गरेकोमा उहाँलाई चित्त बुझेको छैन । मधेसवादी दलहरुले नै मधेसीको अधिकार सुनिश्चित गर्छ भनेर मधेस आन्दोलनमा सहभागी हुनु भएका मेहतालाई मधेसी दलहरुले पछिल्ला वर्षहरुमा गरेको व्यबहार र देखाएको चरित्रप्रति आक्रोशित बनाएको छ ।

‘मधेसका नाममा राजनीति गर्ने अनि सत्ता र कुर्सीका लागि मरिहत्ते गर्ने ?’ मेहताले प्रश्न गर्नुभयो । उहाँका अनुसार मधेसीका लागि एमाले र कांग्रेसले भन्दा पनि मधेसवादी दलहरुले नै बेइमानी गरे । अहिलेको सुनसरी क्षेत्र नं. २ का धेरै क्षेत्र तत्कालिन क्षेत्र नं. ३ मा पथ्र्यो । त्यहाँबाट पहिलो संविधानसभामा मधेसी जनअधिकार फोरमले चुनाव जित्यो । त्यहाँबाट कप्तानगञ्जकै मुगालाल मेहता सभासद हुनुभयो । अरुण मेहता भन्नु हुन्छ ‘आफैले विश्वास गरेका नेताहरुले नै हामीलाई धोका दिए ।’ २०७० सालको चुनावमा भने कांग्रेसका सिताराम मेहताले बाजी मार्नु भयो । मुगालालले भन्दा त सितारामले नै मधेसका लागि काम गरेपछि हामीले मानेका र छानेका नेताप्रति विश्वास छैन ।

सुनसरी देवानगञ्जका इन्द्रदेव कर्ण व्यापार गर्नुहुन्छ । उहाँलाई राजनीतिमा कुनै चासो छैन । तर मधेसी हुनुका नाताले मधेसका नागरिकको माग मधेसी पार्टीहरुले नै पूरा गर्लान् भन्ने लागेको थियो तर यथार्थमा त्यो भएन । मधेस आन्दोलनपछि भएको संविधानसभाको चुनावका बेला जसरी सुनसरीमा मधेसवादी दलहरुको प्रभुत्व थियो अहिले आएर सकिएको छ । किन त ? हाम्रोको जिज्ञासामा उहाँको तर्क थियो ‘मधेसका दलहरु सत्ता र स्वार्थका लागि नै लिप्त भए ।’

मधेसी नागरिकले गरेको आन्दोलन र बलिदानीको  मधेसी दलहरुले वेवास्ता गरेको उहाँको आरोप छ । ‘मधेसका नागरिकका माग ठूला छैनन् । बाटो बनोस, बिजुली आओस र खेती किसानी गर्दा मल बिउ पाइयोस् । तर हाम्रा सामान्य आवश्यकता पूरा गर्न पनि मधेसी दलहरुले ध्यान दिएनन्’ उहाँले भन्नुभयो ‘चाहेको भए मधेसी दलहरुले मधेसको विकासमा धेरै गर्न सक्थे ।’

वितेका वर्ष मधेसी दलहरु नै सत्तामा पुगे । उहाँका अनुसार स्थानीय तहको चुनाव पनि सुनसरीको हरिनगरा गाउँपालिका, देवानगञ्ज गाउँपालिकामा मधेसी दलहरुको प्रभुत्व सकिएको छ । उहाँको भनाईलाई स्थानीय तहको चुनावले पनि पुष्टी गर्छ । हरिनगरा र देवानगञ्ज गाउँपालिका दुबैमा कांग्रेसले जित हासिलल गरेको छ । एमालेको मत दोस्रो छ ।

सधैँको चुनावमा बाटोकै आश्वासन 

सुनसरीको देवानगञ्ज र हरिनगरा गाउँपालिका कृषि उत्पादनमा जिल्लामै अब्बल क्षेत्र हो । त्यहाँ बिषेशगरि तरकारी उत्पादन हुन्छ । देवागनञ्ज गाउँउपालिका (साहेबगञ्ज, कप्तानगञ्ज मध्यहर्षायी र देवानगञ्ज) मा उत्पादन भएको तरकारी देशका विभिन्न स्थानमा पुग्छन् । त्यहाँका हरेक किसानले तरकारी खेती गर्छन् तर त्यहाँ उत्पादन भएको तरकारी बजारसम्म ल्याउन समस्या छ । इनरुवा कप्तानगञ्ज सडक निर्माण गर्ने सपना २०४८ सालदेखि नै उम्मेदवारहरुले बाँडेका हुन् तर अहिले पनि सो सडक बन्न सकेको छैन । कागजी रुपमा कालोपत्रे भइसकेको सो सडकमा अहिले पनि वर्षाका बेला हिलोका कारण हिड्न नसकिने हुन्छ भने हिँउदमा धुलोका कारण हिड्न नसकिने हुन्छ । सबै दलहरुले सपना बाँडेरै चुनाव जिते ।

कागजी रुपमा इनरुवा कौवाखोच सडक कालोपत्रे भइसकेको छ । तर यथार्थमा भने अझै हिलाम्मे र धुलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् सुनसरीको कोर मधेसका जनता । कांग्रेसले धेरै पटक निर्वाचन जितेको यो क्षेत्रका बासिन्दाको सडकको सपना कहिल्यै पुरा भएन । इनरुवा कौवाखोच सडक कालोपत्रे गर्न भनेर धेरै दलले चुनावका बेला एजेन्डा बनाए तर बाटो कहिलै बनेन ।

 

सुनसरी कप्तानगञ्जका किसान अर्जुन कुमार यादब भन्नुहुन्छ ‘ढाँटेर राजनीति गर्ने नेताहरुको हामीलाई विश्वास छैन । चुनावका बेला बाटो बनाइदिने कल्र्भट हाल्दिने सपना सबैले देखाउँछन् चुनाव जितेर गएपछि कोही फर्कंदैनन् ।’ यादवले कांग्रेस र एमालले भन्दा पनि मधेसी दलहरुले मधेसीका भावना नबुझेको बताउनुभयो । इनरुवाबाट कप्तानगञ्जसम्म २३ किलोमिटर छ । देवानगञ्जबाट विराटनगरसम्म जान पनि २० किलामिटर यात्रा गर्नुपर्छ ।
तर दुवै बाटोे कालोपत्रे गरिदिने  सपना उम्मेदवारहरुले २०४८ सालदेखि नै देखाँउदै आएका छन् ।  उक्त बाटो कालोपत्रे भए त्यहाँ उत्पादन भएका कृषि उत्पादनले भाउ पाउने किसानहरुले बताए । दक्षिणी क्षेत्रमा तरकारी मात्रै नभएर दुध समेत उत्पादन हुन्छ । धान र मकै उत्पादनका हिसाबले पनि उक्त क्षेत्र अब्बल मानिन्छ तर बाटो नभएका कारण यहाँको उत्पादनले बजार पाउन सकेको छैन ।

यस्तो छ चुनावी अंक गणित 

सुनसरीको कोर मधेस निर्वाचन क्षेत्रका हिसाबले २, ३ र ४ नम्बरमा पर्छ । तिमध्ये धेरै क्षेत्र २ नम्बरमा पर्छ । त्यसपछि चार र तीनमा समेत सुनसरीको कोर मधेसको क्षेत्र छ । तीन नम्बरमा कोर मधेस परेपनि त्यहाँ थारु समुदायकै मत बढी छ । थारु समुदाय रहेको तीन नम्बरमा कांग्रेस र वाम गठबन्धन दुवैले थारु नेता नै उम्मेदवार बनाएकाले एमाले र कांग्रेसको प्रतिस्पर्धा हुने मतदातामा बिश्वास छ ।

सुनसरी ३ मा वाम गठबन्धनबाट भगवती चौधरी र कांग्रेसबाट विजय गच्छदार चुनावी मैदानमा हुनुहुन्छ । सुनसरी ४ मा भने वाम गठबन्धनबाट रमेश श्रेष्ठ र कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीको उम्मेदवारी परेको छ । राजपाले सुनसरी क्षेत्र नम्बर ४ बाट सिताराम पोदारलाई मैदानमा उठाएको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २ वटा संविधानसभाको चुनाव जितेको भए पनि त्यहाँ फोरम नेपालले प्रतिनिधिसभाका लागि उम्मेदवार उठाएको छैन । कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई मधेसवादी दलहरुको सहयोग भएको हुनाले खास प्रभाव नपर्ने देखिन्छ । राजपाले कमजोर उम्मेदवार उठाएकाले पनि त्यहाँको प्रतिस्पर्धा मुख्यतः कांग्रेस र वाम गठबन्धनकै बिचमा हुने देखिन्छ ।

सुनसरी २ मा वाम गठबन्धनले माओवादी केन्द्रका डम्बरु सुवेदी हिमाललाई उम्मेदवार बनाएको छ भने कांग्रेसका तर्फबाट सिताराम मेहता उम्मेदवार बन्नु भएको छ । सोही क्षेत्रबाट संघीय समाजवादी फोरम नेपालकातर्फबाट तेजनारायण चौधरी र राजपाकातर्फबाट मुन्नीदेवि मेहताको उम्मेदवारी परेको छ । मुन्नीदेवि जिल्ला विकास समिति सुनसरीका पूर्व सभापति अरबिन्द मेहताकी श्रीमती समेत भएकाले पनि केहि मत उहाँका पक्षमा जान सक्ने अनुमान गरिन्छ तर यो मत कांग्रेस र एमाले भन्दा बढि हुन सक्ने सम्भावना छैन ।

चुनावी प्रचारशैली, संगठन र कार्यकर्ता परिचालनको हिसाबले स्थानीय तहको निर्वाचनमा मधेसमा ठूलो शक्तिको रुपमा उदाएको संघिय समाजवादी फोरमको मत सुनसरी २ मा राजपा भन्दा पनि कमजोर हुने विश्लेषण गरिन्छ । मधेसको राजनीति र मधेसको माग स्थापित गर्न प्रमुख भुमिका खेलेकोमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबलाई सुनसरीको कोर मधेसका मतदाता बिर्सन सक्दैनन् तर उपेन्द्रको पछि लागेका नेताहरुको व्यबहार भने सम्झन चहाँदैनन् ।

अहिलेको देवानगञ्ज देवेन्द्र दास भन्नुहुन्छ ‘मधेसवादी दलका नेताहरुको भूमिका कमजोर हुँदा यो क्षेत्रबाट मधेसवादी दलहरुले आफ्नो प्रभुत्व गुमाउँदै गएका छन् । टिकट नपाएको झाेंकमा दल बदल्ने प्रवृतिले समेत सुनसरीको मधेसमा मधेसवादी दलहरु कमजोर भएका छन । स्थानीय तहको चुनावकै बेला स्थानीयस्तरका मधेसी दलका नेता तथा कार्यकर्ता एमाले र कांग्रेसमा प्रवेश गरिसकेका छन् ।उज्यालो बाट

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रिचार्जरको एप डाउनलोड गर्दा सय रुपैयाँ क्यास ब्याक, मोबाइलमा जत्तिको रिचार्ज गर्यो त्यति नै फिर्ता पनि
रिचार्जरको एप डाउनलोड गर्दा सय रुपैयाँ क्यास ब्याक, मोबाइलमा जत्तिको रिचार्ज गर्यो त्यति नै फिर्ता पनि
प्रदेश नम्बर २ मा सय तहमा विजयी हुन कांग्रेसले सबै संयन्त्रको प्रयोग गर्ने`,
प्रदेश नम्बर २ मा सय तहमा विजयी हुन कांग्रेसले सबै संयन्त्रको प्रयोग गर्ने`,
भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ
भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ
आरजुको प्रश्न – कम्युनिष्टहरुले सुदुर पश्चिमका लागि के गरे?
आरजुको प्रश्न – कम्युनिष्टहरुले सुदुर पश्चिमका लागि के गरे?
पुटिनद्वारा कानून सुधारको घोषणा, सहयोगका लागि रुसी प्रधानमन्त्रीद्वारा राजीनामा
पुटिनद्वारा कानून सुधारको घोषणा, सहयोगका लागि रुसी प्रधानमन्त्रीद्वारा राजीनामा
सकियाे एसइईकाे परिक्षा
सकियाे एसइईकाे परिक्षा
यस्तो छ आजको मुद्रा विनिमयदर
यस्तो छ आजको मुद्रा विनिमयदर
जनप्रतिनिधिबीच कुरा नमिल्दा निर्धारित सार्वजनिक सुनुवाइ हुन सकेन
जनप्रतिनिधिबीच कुरा नमिल्दा निर्धारित सार्वजनिक सुनुवाइ हुन सकेन
ट्राफिक प्रहरीकाे १५ दिने ट्राफिक सचेतना महा-अभियान सञ्चालन
ट्राफिक प्रहरीकाे १५ दिने ट्राफिक सचेतना महा-अभियान सञ्चालन
चीनले यसवर्ष १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने
चीनले यसवर्ष १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने

तपाईंले छुटाउनुभयो कि?