कोशी प्रदेशसभा : अध्यादेश सर्वसम्मत पारित

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १, २०८०
|
|
७६ पटक हेरिएको
Shares
कोशी प्रदेशसभा : अध्यादेश सर्वसम्मत पारित

सारांश

  • विराटनगर ।
  • कोशी प्रदेशसभाले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ सर्वसम्मतिले पारित भएको छ ।
  • प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम ८१ को उपनियम(१) बमोजिम ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक वर्ष २०८०र८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ पारित गर्नका लागि आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतमले प्रस्ताव गरेका थिए ।

विराटनगर । कोशी प्रदेशसभाले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ सर्वसम्मतिले पारित भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम ८१ को उपनियम(१) बमोजिम ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक वर्ष २०८०र८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ पारित गर्नका लागि आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतमले प्रस्ताव गरेका थिए ।

उपसभामुख सिर्जना दनुवारले निर्णयार्थ प्रस्ताव पेश गर्दा आजको बैठकमा सहभागी पक्ष र प्रतिपक्षका सदस्यले विरोध गरेनन् । सो अवसरमा मन्त्री गौतमले प्रदेशको समृद्धि र विकासका निम्ति एक अर्कामा सहकार्य गर्न जरुरी रहेको उल्लेख गर्दै विकास र समृद्धिका निम्ति साझा सङ्कल्प लिनुपर्ने धारणा राखे ।

बैठकको विशेष समयमा नेपाली कांग्रेस संसदीय दलका तर्फबाट सांसद केदार कार्कीले मोरङको सुन्दर हरैचाबाट सुरु भएको लम्पी स्कीन सङ्क्रमणबाट प्रदेशमा दुई लाख ८१ हजार पशु प्रभावित भई नौ हजार तीन सय ९७ पशु मरेको जानकारी गराए ।

उनले सुनसरीको प्रमुख सहर धरान उपमहानगरपालिकामा देखिएको डेङ्गुुले विकराल रुप लिएकाले यसको रोकथाम, नियन्त्रण र उपचारमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । कार्कीले सङ्खुवासभा, ताप्लेजुङ र भोजपुरमा अविरल वर्षाका कारण भएको जनधन क्षतिप्रति सरकार र प्रदेशसभा जिम्मेवार बन्नुपर्ने धारणा राखे ।

नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर मगरले समस्यामा परेका जनतालाई राहत दिन सरकारको क्षमता हराएको उल्लेख गर्दै बाढीपहिराबाट समस्यामा परेका जनतालाई राहत दिन सरकार गम्भीर नभएको टिप्पणी गरे । उनले सरकार बनाउने र ढाल्ने प्रवृत्तिले गर्दा जनता सामु दलका नेता र सांसद टिक्न नसक्ने दाबी गरे ।

प्रदेशसभा सदस्य उमाकान्त गौतम, खगेनसिं हाङ्गाम, गोपाल तामाङ, गोम्बु शेर्पा, छविलाल चुँडाल, मीरादेवी खनाल, मम्ता तामाङ मगर, रमेशकुमार बस्नेत, विदुरकुमार लिङ्देन, विनोद राई, सदानन्द मण्डल र सपना दर्जीले समसामयिक विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा उपसभामुख दनुवारले निवर्तमान सभामुख बाबुराम गौतमले सभामुख पदबाट दिएको राजीनामा पत्र र प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र वाचन गरेर सुनाएका थिए ।

प्रदेशसभाको अर्को बैठक भदौ ४ गते दिउँसो १ बजे बस्ने उपसभामुख दनुवारले जानकारी दिइन् ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रहरीको विकल्प अन्य कुनै निकाय छैन्ः महानिरीक्षक अर्याल
नेपाल प्रहरीको विकल्प अन्य कुनै निकाय छैन्ः महानिरीक्षक अर्याल
युएईमा मनोज गजुरेलको चर्तिकला, किन यस्तो गरे ? (भिडियो)
युएईमा मनोज गजुरेलको चर्तिकला, किन यस्तो गरे ? (भिडियो)
भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकियो
भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकियो
जनताले हिउमा लुगलुग काम्दै मतदान गरे , यसको गुण कसरी तिर्छ नेताले, कान्तिपुर
जनताले हिउमा लुगलुग काम्दै मतदान गरे , यसको गुण कसरी तिर्छ नेताले, कान्तिपुर
साउदीमा साता दिनमै २१ हजार आप्रवासी कामदार पक्राउ
साउदीमा साता दिनमै २१ हजार आप्रवासी कामदार पक्राउ
गुल्मीमा ४५ प्रतिशत मत खस्यो
गुल्मीमा ४५ प्रतिशत मत खस्यो
जीवनस्तर सुधारमा प्राथमिकता : मुख्यमन्त्री गुरुङ
जीवनस्तर सुधारमा प्राथमिकता : मुख्यमन्त्री गुरुङ
Mostbet-AZ91: İdman Mərcləri və Giri
चुरोट काण्ड नसेलाउँदै प्रियंकाले गरिन् अर्को काण्ड, सामाजिक संजालमा भद्दा गाली
चुरोट काण्ड नसेलाउँदै प्रियंकाले गरिन् अर्को काण्ड, सामाजिक संजालमा भद्दा गाली
विश्वकप फुटबल २०१८: नकआउट चरणमा खेलाइने बलमा के के संकेत छन् ?
विश्वकप फुटबल २०१८: नकआउट चरणमा खेलाइने बलमा के के संकेत छन् ?

तपाईंले छुटाउनुभयो कि?