सुशासन र समृद्धि मूल लक्ष्य : सभापति लामिछाने

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ३, २०८०
|
|
५७ पटक हेरिएको
Shares
सुशासन र समृद्धि मूल लक्ष्य : सभापति लामिछाने

सारांश

  • दमौली ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन र समृद्धि मूल लक्ष्यसहित पार्टीको स्थापना भएको बताएका छन् ।
  • तनहुँको दमौली बजारमा आज आयोजित चुनावी सभामा सभापति लामिछानेले सुशासन र समृद्धि मुख्य प्राथमिकता रहेको उल्लेख गरे ।

दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन र समृद्धि मूल लक्ष्यसहित पार्टीको स्थापना भएको बताएका छन् । तनहुँको दमौली बजारमा आज आयोजित चुनावी सभामा सभापति लामिछानेले सुशासन र समृद्धि मुख्य प्राथमिकता रहेको उल्लेख गरे ।

“देश बनाउने सङ्कल्प बोकेर अगाडि बढेका छाँै, यो मुद्दामा सबै राजनीतिक दलबीच सहमति आवश्यक छ,” उनले भने । सभापति लामिछानेले योग्य र सक्षम मानिस ल्याएर देशलाई समृद्ध बनाएरै छाड्ने दाबी गरे ।

देशको भ्रष्टाचारका सूचक हेर्ने हो भने भ्रष्टाचारलाई जीवनशैली मान्न थालिएको उल्लेख गर्दै उनले भने, “मुलुकमा भ्रष्टाचारको सफाइ आवश्यक छ । भ्रष्टाचार रोग बनिसकेको छ, यसले नेपाललाई धराशयी बनाउँछ । यसको विरुद्धमा उभिनैपर्छ भनेर यसको विरुद्धमा उभिएका छाँै ।”

सभापति लामिछानेले आफूहरु गालीगलौजको राजनीति नगर्ने बताउँदै निर्वाचनका बेला रास्वपामाथि अनेक किसिमका आरोप लगाइएको बताए । पैसाको बार्गेनिङ गरेको आरोपमा प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेर इमान हुनुपर्छ भन्ने सन्देश दिएको उनको भनाइ थियो । मन्त्री बन्न पैसाको बार्गेनिङ गरेको सञ्चारमाध्यममार्फत सार्वजनिक भएलगत्तै आफूले ७२ घण्टाभित्र कारबाही गर्छु भनेरे बोलेका कुरा पूरा गरेको लामिछानेले बताए ।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा स्वर्णिम वाग्लेले राजनीति सङ्ल्याउने र अर्थतन्त्र उकास्ने मूल कार्यसूची लिएर चुनावी मैदानमा उत्रिएको बताए । डा वाग्लेले जिल्लामा विकासका आयोजनाको काम सुरु भए पनि अलपत्र अवस्थामा रहेकाले त्यसलाई पूर्णता दिने प्रतिबद्धता जनाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा मुकुल ढकालले देशलाई समृद्धि बनाउने अभियानसहित रास्वपाको उदय भएको बताए । काठमाडौँ–८ का प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले निर्वाचनका बेला जनता लोभमा प्रभावित हुन नहुने बताए ।

काठमाडौँ–६ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री शिशिर खनालले विदेशमा पढेर आएकाहरु राजनीतिमा आउनहुन्न भन्ने गलत भ्रम फैलाइएको बताए । काठमाडौँ–२ का प्रतिनिधिसभा सदस्य सोविता गौतमले राष्ट्रिय स्वतन्त्र पार्टी जनताको भरोसाको पार्टीका रुपमा विकास भएको बताइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाइँले विश्वले चिनेको स्वर्णिम वाग्लेलाई आज संसद्ले खोजेको बताए ।

(www.madisonavenuemalls.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा
लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा
मेक्सिकोः राष्ट्रपतिद्वारा आफ्नो तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता
मेक्सिकोः राष्ट्रपतिद्वारा आफ्नो तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता
टाइटनिकको सुटिङमा जहाजको भन्दा बढी लागत
टाइटनिकको सुटिङमा जहाजको भन्दा बढी लागत
यातायातमा सिन्डिकेट हटाउन पहल, समिति दर्ता र नवीकरण नगर्न निर्देशन
यातायातमा सिन्डिकेट हटाउन पहल, समिति दर्ता र नवीकरण नगर्न निर्देशन
जनप्रतिनिधिसहित स्थानीयवासीद्वारा पशुपति क्षेत्रको गुरुयोजना खारेजी माग
जनप्रतिनिधिसहित स्थानीयवासीद्वारा पशुपति क्षेत्रको गुरुयोजना खारेजी माग
मदिरा ओसारपसार गर्ने भारतीयसहित छ जना पक्राउ
मदिरा ओसारपसार गर्ने भारतीयसहित छ जना पक्राउ
नाबालिग बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
नाबालिग बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
ठेकेदारले ठेक्का बहिष्कार गरेपछि…
ठेकेदारले ठेक्का बहिष्कार गरेपछि…
प्रकृतिले आफैँ कोरिदियो सिमाना: वर्षापछि फेवातालको सतह बढ्दा सीमाङ्कनका पिल्लर र ‘तालघर’ डुबे
प्रकृतिले आफैँ कोरिदियो सिमाना: वर्षापछि फेवातालको सतह बढ्दा सीमाङ्कनका पिल्लर र ‘तालघर’ डुबे
‘प्रधानमन्त्री रोजगार कार्यक्रम आज घोषणा : रोजगारी दिन नसके निर्वाह भत्ता
‘प्रधानमन्त्री रोजगार कार्यक्रम आज घोषणा : रोजगारी दिन नसके निर्वाह भत्ता

तपाईंले छुटाउनुभयो कि?