‘प्रधानमन्त्री रोजगार कार्यक्रम आज घोषणा : रोजगारी दिन नसके निर्वाह भत्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १, २०७५
|
|
३५ पटक हेरिएको
Shares
‘प्रधानमन्त्री रोजगार कार्यक्रम आज घोषणा : रोजगारी दिन नसके निर्वाह भत्ता

सारांश

  • काठमाडौं १ फागुन ।
  • सरकारले बेरोजगारलाई न्यूनतम रोजगार दिने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने गरी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्ने भएको छ ।
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज देखि सो कार्यक्रमको घोषणा गर्ने तयारी गरेको छ ।

काठमाडौं १ फागुन । सरकारले बेरोजगारलाई न्यूनतम रोजगार दिने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने गरी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज देखि सो कार्यक्रमको घोषणा गर्ने तयारी गरेको छ । सरकारले कार्यक्रमका लागि आवश्यक ऐन तथा नियमावली तयार गरिसकेको छ ।

गत १९ पुसको मन्त्रिपरिषद्ले पारित गरेको रोजगारीको हकसम्बन्धी नियमावलीले संघीय सरकार, सातवटै प्रदेश सरकार र ७५३ स्थानीय तहले न्यूनतम रोजगार प्रदान गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ । सोहीअनुसार सार्वजनिक विकास निर्माणका कार्यक्रम तथा आयोजनाहरूमा सिर्जना हुन सक्ने रोजगारी आकलन गर्ने, रोजगारी बढाउने कार्यक्रम तयार पारी कार्यान्वयन गर्ने बताइएको छ ।

निजी तथा गैरसकारी क्षेत्रसँग समन्वय गर्ने, स्थानीय स्तरमा उत्पादित वस्तुको खपत बढाउन अभियान सञ्चालन गर्ने, गरिबी निवारण र रोजगारसम्बन्धी कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गरिने बताइएको छ । प्रत्येक स्थानीय तहमा रहने रोजागर सेवा केन्द्रले बेरोजगारको सूची तयार पार्नेछ । सोही सेवाकेन्द्रबाटै सूचीकृत बेरोजगारलाई परिचयपत्र दिने, उपलब्ध रोजगारीको पहिचान तथा त्यसको सूचना प्रवाह गरिनेछ ।
वैदेशिक रोजगारमा सहयोग
सेवाकेन्द्रले वैदेशिक रोजगारसम्बन्धी सूचना प्रवाहमा समेत सरकारलाई सहयोग गर्नेछ । आफ्नो कार्यक्षेत्रभित्रबाट वैदेशिक रोजगारीमा जान चाहनेलाई आवश्यक सूचना दिने, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट दिइने आर्थिक सहायता वितरणमा सहयोग पु¥याउने, बेरोजगारलाई प्रदान गरिने निर्वाह भत्ता वितरण गर्नेलगायतका कार्यसमेत सेवाकेन्द्रबाट हुनेछ ।
रोजगार केन्द्रमा प्रथम श्रेणीका कर्मचारी
रोजगार सेवाकेन्द्र स्थापनाको कार्य अगाडि बढिसकेको छ । सेवा केन्द्रको संयोजकको रूपमा राजपत्र अनंकित प्रथम श्रेणीको कर्मचारी छनोट अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । यसरी नियुक्त हुने संयोजकले नै सम्बन्धित स्थानीय तहसँग समन्वय गरी रोजगार कार्यक्रम सञ्चालन गर्नेछन् । सहयोगका लागि आवश्यक कर्मचारी भने सम्बन्धित स्थानीय तहले नै खटाउन सक्नेछ ।
बेरोजगारलाई तालिम
सेवाकेन्द्रले बेरोजगारको ज्ञान, सीप, योग्यता, अनुभव र बजारको मागका आधारमा आवश्यक सीप विकास तालिमको पहिचान गरी तालिम लिन सम्बन्धित तालिम केन्द्रमा सिफारिस गर्नेछ । त्यसका लागि व्यावसायिक सीप विकास तथा तालिम प्रतिष्ठानअन्तर्गत काठमाडौंसहित झापा, इटहरी, ओखलढुंगा, जनकपुर, हेटौँडा, पोखरा, पर्वत, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, धादिङ, रौतहट र जुम्लामा तालिम प्रदान गर्न तालिम केन्द्रहरू सञ्चालनमा छन् ।
कसरी सहभागी हुने कार्यक्रममा ?
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दिइने न्यूनतम रोजगारमा संलग्न हुन चाहने बेरोजगारहरूले प्रत्येक वर्षको चैतमा सम्बन्धित स्थानीय तहमा स्थापना हुने रोजगार सेवा केन्द्रमा सूचीकृत भइसक्नुपर्नेछ । यद्यपि, यस चालू आर्थिक वर्षका लागि भने बेरोजगारलाई सूचीकृत गर्न छुट्टै व्यवस्था गरिने मन्त्रालयले जनाएको छ । बेरोजगारका रूपमा सूचीकृत हुन वडा कार्यालयबाटै निवेदन दिन सकिने व्यवस्था गरिएको छ । वडा कार्यालयहरूले सात दिनभित्रै प्राप्त निवेदन केन्द्रमा पुग्ने गरी पठाउनुपर्नेछ । प्राप्त निवेदनका आधारमा सेवाकेन्द्रले बेरोजगारलाई सूचीकृत गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘चुनाव जितेभने कुनै पनि तलव सुविधा लिन्न’- दिपेश लामा
‘चुनाव जितेभने कुनै पनि तलव सुविधा लिन्न’- दिपेश लामा
मनसुन सक्रिय भएसँगै मुलुकभर उच्च सतर्कता: तीन दिन भारी वर्षा र आकस्मिक बाढीको जोखिम
मनसुन सक्रिय भएसँगै मुलुकभर उच्च सतर्कता: तीन दिन भारी वर्षा र आकस्मिक बाढीको जोखिम
सुन तस्करी गोरेलाई रिहा गर्न नेपाल सरकारका मन्त्रीको सार्वजनिक रुपमा आह्वान भएपछि…
उम्मेदवारी दर्तापछि, आम मतदाता चुनाव हुनेमा  ढुक्क भए ।
उम्मेदवारी दर्तापछि, आम मतदाता चुनाव हुनेमा ढुक्क भए ।
रुसी अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरमा खस्यो
रुसी अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरमा खस्यो
जसपा संघीय परिषदको अध्यक्षमा डा. भट्टराई
जसपा संघीय परिषदको अध्यक्षमा डा. भट्टराई
२१६ जना कोरोना संक्रमित थपिए शनिवार काठमाडौँमा
देउवाको दूत प्रचण्डसमक्ष : कांग्रेसको यस्तो नयाँ प्रस्ताव
देउवाको दूत प्रचण्डसमक्ष : कांग्रेसको यस्तो नयाँ प्रस्ताव
यौन दुव्र्यवहार मुद्धाले काँग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई अप्ठेरो
भारतमा भएको सडक दुर्घटना बारे खुलासा…
भारतमा भएको सडक दुर्घटना बारे खुलासा…