शिवमाया कानुनमन्त्री पक्का, महेशलाई शहरी विकास

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन ५, २०७६
|
|
४८ पटक हेरिएको
Shares
शिवमाया कानुनमन्त्री पक्का, महेशलाई शहरी विकास

सारांश

  • काठमाडौं, ५ फागुन ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुई वर्ष पूरा गरेपछि मन्त्रिमण्डलमा केही सदस्य थप र हेरफेरको तयारी गरेका छन् ।
  • ओलीले कार्यसम्पादन हेरेर फागुनमा हेरफेर गर्ने घोषणा विगतमै गरेका थिए ।

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुई वर्ष पूरा गरेपछि मन्त्रिमण्डलमा केही सदस्य थप र हेरफेरको तयारी गरेका छन् । ओलीले कार्यसम्पादन हेरेर फागुनमा हेरफेर गर्ने घोषणा विगतमै गरेका थिए ।

ओलीले पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई कानुनमन्त्री बनाउने तयारी गरेका छन् । उपसभामुखबाट राजीनामा दिएपछि उनको मन्त्री बन्ने पक्का भएको हो । शिवमाया आजै मन्त्री बन्नेछिन् ।

शहरी विकासमन्त्रीमा महेश बस्नेतको सम्भावना बलियो छ । उनी ओलीका रुचाएकामा पर्छन् । भक्तपुरमा प्रभाव बलियो बनाएका महेश हक्की र लडाकु स्वभावका भएकाले पनि ओलीले विकासे मन्त्रालयमा ल्याउन चाहेका छन् ।
पद्मा अर्यालको पद धरापमा परेपछि उनी सरकारी जग्गा फिर्ता अभियानमा लागेकी छिन् । उनको सक्रियताले ओली खुशी भएको बुझिएको छ । खेलकुदमन्त्री जगत विश्वकर्मामाथि पनि चुनौती थपिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको टुंगो राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने नगर्नेबाट हुनेछ । ओलीले अर्थको जिम्मेवारी राजनीतिक व्यक्तिलाई नै दिनेबारे समेत छलफल चलाएका छन् । यसकारण खतिवडा आफ्नो कार्यसम्पादनको चर्चा चलाइरहेका छन् । खतिवडा मन्त्रीमा रहिरहन लबिङ गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्ता सहयात्री फोरमद्वारा प्रधानमन्त्रीको आलोचना
सत्ता सहयात्री फोरमद्वारा प्रधानमन्त्रीको आलोचना
भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैन : गृहमन्त्री श्रेष्ठ
भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैन : गृहमन्त्री श्रेष्ठ
भानुभक्त ढकाल कानुनमन्त्रीमा नियुक्त, पद्माको मन्त्रीमा बढुवा
भानुभक्त ढकाल कानुनमन्त्रीमा नियुक्त, पद्माको मन्त्रीमा बढुवा
लिपुलेकमा नेपाली झण्डा गाड्ने विद्यार्थी नेता बने प्रदेशसभा सदस्य
लिपुलेकमा नेपाली झण्डा गाड्ने विद्यार्थी नेता बने प्रदेशसभा सदस्य
कांग्रेस बहुअध्यक्षीय प्रणालीमा जानुपर्छ, एकल सभापतिले दुई तिहाईले जितेपनि केही हुनेवाला छैन् : डा. खड्का
कांग्रेस बहुअध्यक्षीय प्रणालीमा जानुपर्छ, एकल सभापतिले दुई तिहाईले जितेपनि केही हुनेवाला छैन् : डा. खड्का
बंगलादेशमा फेरि प्रदर्शन चर्कियो: देशभर कर्फ्यु, इन्टरनेट बन्द
बंगलादेशमा फेरि प्रदर्शन चर्कियो: देशभर कर्फ्यु, इन्टरनेट बन्द
आफू सहभागी हुने कार्यक्रमका लागि सार्वजनिक बिदा नदिन प्रधानमन्त्रीको निर्देशन
आफू सहभागी हुने कार्यक्रमका लागि सार्वजनिक बिदा नदिन प्रधानमन्त्रीको निर्देशन
आफ्नै बाबुको हत्या
आफ्नै बाबुको हत्या
छोरीको संख्या बढाउनु पर्यो: सांसद पौडेल
छोरीको संख्या बढाउनु पर्यो: सांसद पौडेल
अकुत सम्पत्तिमा तानिँदै लोकमान, छानबिन गर्न सरकारलाई निर्देशन
अकुत सम्पत्तिमा तानिँदै लोकमान, छानबिन गर्न सरकारलाई निर्देशन

तपाईंले छुटाउनुभयो कि?