गोविन्द केसीका समर्थन संग प्रधानमन्त्री ओलीको बालुवाटारमा वैठक
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
काठमाडौं, ८ साउन । विगत २५ दिनदेखि अनसनरत डा गोविन्द केसीको अनशन र उनको समर्थनमा भईरहेका बिरोधका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा वैठक बसिरहेको छ ।
वैठमा प्रधानमन्त्री केपी शर्मा ओली, मेडिकल काउन्सीलका अध्यक्ष धर्मकान्त बास्कोटा र माथेमा आयोग प्रतिवेदनका संयोजक केदार भक्त माथेमा उपस्थित छन् ।
आजभन्दा २५ दिन पहिले कर्णाली प्रदेशको जुम्लामा पुगेर डा केसीले चिकित्सा शिक्षा विधेयकसँगैं, जुम्ला, दाङ र कैलालीमा स्थापना भएका तर सेवा सूचारु नभएका मेडिकल कलेजमा सेवा विस्तार गर्न माग गर्दै अनसन बसेका थिए । सरकारले केसीको जीवन रक्षागर्न भन्दै साउन ३ गते हेलिकप्टर मार्फत जुम्लाबाट काठमाडौं ल्याएको थियो । जुम्लामा केसीको स्वास्थ्य अवस्था कम्जोर बन्दै गएको र आईसियु नभएको कारण देखाउँदै सरकारले केसीलाई बलप्रयोग गरेर काठमाडौं ल्याएको थियो ।
डा।केसीले जुम्लाबाट आफूलाई अपहरणको शैलीमा सरकारले काठमाडौं ल्याएको भन्दै शिक्षण अस्पताल महाराजगंजको कुनै पनि सेवा नलिने अडानमा छन् । प्रधानमन्त्री ओलीलेस्वयम आफै वार्ता गर्ने बताउदै अनशनरत डा केसीलाई अनसनर तोड्न आग्रह गरेका छन् ।
Tanka Giri
गोबिन्द केसिलाइ तुरुन्त बर्खास्त गर्नु पर्यो गोबिन्द केसि को होर बार्तागर्नु पर्यो
Dangi Kala
Yesko nautanki yetra manxe marera jada hune to marda K hunxa