मसुरियामा प्रदेशस्तरीय गौरीगंगा कपको घोषणा

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र १९, २०७४
|
|
५७ पटक हेरिएको
Shares
मसुरियामा प्रदेशस्तरीय गौरीगंगा कपको घोषणा

सारांश

  • धनगढी, १९ चैत ।
  • कैलालीको मसुरियामा प्रदेशस्तरीय गौरीगंगा कप फुटबल प्रतियोगिता हुने भएको छ ।
  • गौरीगंगा नगरपालिका अन्तर्गतको कैलालीको मध्यवर्ती क्षेत्र मसुरियामा चैत २६ गतेदेखि प्रथम सुन्दर सुदुरपश्चिम स्तरीय आमन्त्रित गौरीगंगा कप हुने आज पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ ।

धनगढी, १९ चैत । कैलालीको मसुरियामा प्रदेशस्तरीय गौरीगंगा कप फुटबल प्रतियोगिता हुने भएको छ । गौरीगंगा नगरपालिका अन्तर्गतको कैलालीको मध्यवर्ती क्षेत्र मसुरियामा चैत २६ गतेदेखि प्रथम सुन्दर सुदुरपश्चिम स्तरीय आमन्त्रित गौरीगंगा कप हुने आज पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ ।

झण्डै ४ लाख नगद पुरस्कार रहेको प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुने र १६ टीमको सहभागिता रहने आयोजक गौरीगंगा–११ स्पोर्टस क्लवका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाखसहित ट्रफी पाउनेछन् । उत्कृष्ट खेलाडीलाई नगद २५ हजार तथा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, सर्वाधिक गोलकर्ता, रक्षकलाई नगद ७ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २ हजार पुरस्कार दिइने अध्यक्ष कलेलले पत्रकार सम्मेलनमा बताए ।

गौरीगंगा नगरपालिका वडा नम्वर ८ को रंगशाला बडैपुरमा हुने फुटवल प्रतियोगिताको माध्यमले मध्यवर्ती क्षेत्रमा नमुना रंगशाला बनाउने र मौलाउँदै गएको लागु औषध तथा दुव्र्यसनवाट जोगाएर युवाहरुलाई खेलतर्फ आकर्षित गर्ने उद्देश्य राखिएको छ । खेल तालिका र सहभागी टीमहरुको बारेमा प्रतियोगिताभन्दा अघि जानकारी दिइने आयोजक गौरीगंगा–११ स्पोर्टस क्लवले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हङकङ अदालतद्वारा मिडिया टाइकुन लाइबिरूद्धकाे देशद्राेहकाे मुद्दा खारेज गर्न अस्वीकार
हङकङ अदालतद्वारा मिडिया टाइकुन लाइबिरूद्धकाे देशद्राेहकाे मुद्दा खारेज गर्न अस्वीकार
बान्थाई रेष्टुरेण्टको सेवा अब जाउलाखेलमा पनि
बान्थाई रेष्टुरेण्टको सेवा अब जाउलाखेलमा पनि
प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत साग समापन समारोहलाई सम्बोधन गर्ने
प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत साग समापन समारोहलाई सम्बोधन गर्ने
एमालेकोभन्दा १०६ बढी पालिकामा कांग्रेसका उम्मेदवार विजयी
एमालेकोभन्दा १०६ बढी पालिकामा कांग्रेसका उम्मेदवार विजयी
संशोधन प्रस्ताव संसद्बाटै अस्वीकृत हुने : नेता खनाल
संशोधन प्रस्ताव संसद्बाटै अस्वीकृत हुने : नेता खनाल
साफ च्याम्पियनसीप । नेपालको भेट माल्दिभ्ससँग-
साफ च्याम्पियनसीप । नेपालको भेट माल्दिभ्ससँग-
विधेयकमा सहमति जुटाउन राष्ट्रियसभा अध्यक्ष सक्रिय
विधेयकमा सहमति जुटाउन राष्ट्रियसभा अध्यक्ष सक्रिय
पछिल्लो २४ घण्टामा ८ हजारभन्दा बढि संक्रमित थप
पछिल्लो २४ घण्टामा ८ हजारभन्दा बढि संक्रमित थप
विप्लवलाई ठाउँका ठाउँ समात्ने निर्देशन, प्रहरी सक्रिय
विप्लवलाई ठाउँका ठाउँ समात्ने निर्देशन, प्रहरी सक्रिय
विवादपछि अल्मुताइरीले दिए खेलाडीलाई माफी
विवादपछि अल्मुताइरीले दिए खेलाडीलाई माफी

तपाईंले छुटाउनुभयो कि?