साफ च्याम्पियनसीप । नेपालको भेट माल्दिभ्ससँग-

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र २५, २०७५
|
|
५३ पटक हेरिएको
Shares
साफ च्याम्पियनसीप । नेपालको भेट माल्दिभ्ससँग-

सारांश

  • काठमाडौँ, २५ भदौ ।
  • बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसीपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ ।
  • गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो ।

काठमाडौँ, २५ भदौ । बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसीपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ ।गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो । समूह ‘ए’बाट नेपाल समूह विजेता बन्दै सेमिफाइलन प्रवेश गरेको हो । त्यसैगरी भारत समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । भारतले समूह ‘ए’को उपविजेता पाकिस्तानसँग खेल्नेछ ।

समूह ‘बी’ मा रहेका माल्दिभ्स र श्रीलङ्काले एक खेलमा पराजय र एकमा बराबरी खेलेपछि गोलाप्रथाद्वारा समूह उपविजेता छानिएको थियो । अब नेपालले फाइनल प्रवेशका लागि माल्दिभ्ससँग आगामी बुधबार ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा प्रतिपर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा सोही दिन साँझ ७।४५ बजे भारत पाकिस्तानसँग खेल्नेछ ।

समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएको नेपालले भुटानलाई ४–० र बङ्गलादेशलाई २–० ले पराजित गर्दै सेमिफाइलन प्रवेश गरेको हो । नेपालले दुई गोल खाँदा ७ गोल गर्न सफल भइसकेको छ । माल्दिभ्सले श्रीलङ्कासँग गोलरहित बराबरी खेलेको थियो भने भारतसँग २–० ले पराजित भएको थियो । जारी प्रतियोगितामा दुई खेल खेलेको माल्दिभ्सले गोल गर्न सकेको छैन भने दुई गोल खाएको छ ।

सेमिफाइनलमा पुगेका चारमध्ये भारतले सर्वाधिक सात पटक तथा माल्दिभ्सले एक पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेका छन् । नेपाल र पाकिस्तान भने अहिलेसम्म सेमिफाइनल भन्दा माथि पुग्न सकेका छैनन । पाकिस्तान १३ वर्षपछि तथा नेपाल पाँच वर्षपछि अन्तिम चारमा पुगेको हो । माल्दिभ्सले घरेलु भूमी र श्रीलङ्कामा संयुक्तरुपमा आयोजना गरिएको सन् २००८ को उपाधि जितेको थिया । भारतले सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा उपाधि जितिकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत भ्रमणमा प्रधानमन्त्रीले थोरै विषयमा धेरै उपलब्धि हुनेगरि कुरा गर्नुहुन्छ : डा. भट्टराई
भारत भ्रमणमा प्रधानमन्त्रीले थोरै विषयमा धेरै उपलब्धि हुनेगरि कुरा गर्नुहुन्छ : डा. भट्टराई
प्रधानमन्त्री ओलीलाई फिजियोथेरापी गराउन थालियो
प्रधानमन्त्री ओलीलाई फिजियोथेरापी गराउन थालियो
नोबेल अस्पतालका डाक्टरद्वारा ७२ बर्षीय  बेवारिसे बिरामी बृद्धको उद्धार
नोबेल अस्पतालका डाक्टरद्वारा ७२ बर्षीय बेवारिसे बिरामी बृद्धको उद्धार
सम्पत्ति शुद्धीकरणमा दोषी ठहर न्यौपानेलाई ३ वर्ष कैद सजाय
सम्पत्ति शुद्धीकरणमा दोषी ठहर न्यौपानेलाई ३ वर्ष कैद सजाय
बालिका १२ दिनदेखि बेपत्ता
बालिका १२ दिनदेखि बेपत्ता
भाजपाको ऐतिहासिक जित, मोदी फेरि प्रधानमन्त्री हुँदै
भाजपाको ऐतिहासिक जित, मोदी फेरि प्रधानमन्त्री हुँदै
आपूर्ति र उत्पादनमा सुधार तर बजार भाउ उच्च; तहगत व्यवसायीको खर्चले आँपको मूल्य आकाशियो
आपूर्ति र उत्पादनमा सुधार तर बजार भाउ उच्च; तहगत व्यवसायीको खर्चले आँपको मूल्य आकाशियो
काठमाडाैंकाे शंखरापुर नगरपालिकाको मेयरमा एमालेको अग्रता
काठमाडाैंकाे शंखरापुर नगरपालिकाको मेयरमा एमालेको अग्रता
नेपालसँगको मित्रता अझ कसिलो र सुमधुर हुनुपर्ने भारतको चाहना : कोस्यारी
नेपालसँगको मित्रता अझ कसिलो र सुमधुर हुनुपर्ने भारतको चाहना : कोस्यारी
प्रदेश २ को निर्वाचन तयारी अन्तिम चरणमा, कर्मचारी र सुरक्षाकर्मी बुथबुथमा ,
प्रदेश २ को निर्वाचन तयारी अन्तिम चरणमा, कर्मचारी र सुरक्षाकर्मी बुथबुथमा ,

तपाईंले छुटाउनुभयो कि?