गोपाल र अजय इन्काउन्टरबारे चितवन पुगेर बाेले गृहमन्त्रीले

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
४८ पटक हेरिएको
Shares

सारांश

  • भरतपुर,  २५ साउन।
  • गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणपछि हत्या घटनामा संलग्न गोपाल तामाङ र अजय तामाङ प्रहरीको इन्काउन्टरमा नै मारिएको दाबी गरेका छन् ।
  • ११ वर्षका बालक निशान खड्काको अपहरणपछि हत्या गर्ने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर इन्काउन्टरका नाममा गोली हानी हत्या गरेको आरोप लागिरहेका बेला गृहमन्त्री थापाको यस्तो अभिव्यक्ति आएको हो ।

भरतपुर,  २५ साउन। गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणपछि हत्या घटनामा संलग्न गोपाल तामाङ र अजय तामाङ प्रहरीको इन्काउन्टरमा नै मारिएको दाबी गरेका छन् । ११ वर्षका बालक निशान खड्काको अपहरणपछि हत्या गर्ने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर इन्काउन्टरका नाममा गोली हानी हत्या गरेको आरोप लागिरहेका बेला गृहमन्त्री थापाको यस्तो अभिव्यक्ति आएको हो ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री बादलले अपहरणकारीलाई २४ घन्टामा निस्तेज पार्न सरकार सफल भएको बताउँदै फेक इन्काउन्टर हल्ला मात्र भएको दाबी गरे ।उनले ११ वर्षीय बालक निशान खड्काका अपहरणकारीहरु इन्काउन्टरमै मारिएको दाबी गर्दै हल्लाका पछाडी नलाग्न समेत आग्रह गरे । सञ्चारकर्मीहरुको प्रश्नमा उनले २४ घण्टा भित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको र मुल कुरा त्यो रहेको बताए । गृहमन्त्री थापा यो घटना घटेका बेला नेपाल बाहिर थिए ।

बिहिबार उनले घटनाका सम्धन्धमा छानविन गर्ने बताएका थिए । सिंहदरबारमा बसेको प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा इन्काउन्टरबारे गृहमन्त्रालयले छानविन गर्ने बताएका गृहमन्त्री थापाले शुक्रबार गृहजिल्ला चितवनमा त्यो ‘फेक इन्काउन्टर’ नभएको ठोकुवा गर्दै गोपाल र अजय प्रहरीको इन्काउन्टरमा नै मारिएको दाबी गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थप ३१५ जना बूढीगण्डकी प्रभावितलाई मुआब्जा दिने निर्णय
थप ३१५ जना बूढीगण्डकी प्रभावितलाई मुआब्जा दिने निर्णय
रेशम चौधरीलाई ‘जेलभित्रै’ शपथ गराउने सरकारको तयारी
रेशम चौधरीलाई ‘जेलभित्रै’ शपथ गराउने सरकारको तयारी
राष्ट्रिय जनमोर्चाका यी दुई महिला नेतृ भए प्रदेशसभा सदस्य
राष्ट्रिय जनमोर्चाका यी दुई महिला नेतृ भए प्रदेशसभा सदस्य
नौ जना नेपाली भाषी भुटानमा सांसद बने !
नौ जना नेपाली भाषी भुटानमा सांसद बने !
लण्डन रेल आक्रमणमा सम्लग्न रहेको आशङ्कामा दोस्रो व्यक्ति पक्राउ
लण्डन रेल आक्रमणमा सम्लग्न रहेको आशङ्कामा दोस्रो व्यक्ति पक्राउ
कौन बनेगा करोडपती’ भन्दै ठगी !
कौन बनेगा करोडपती’ भन्दै ठगी !
इतिहास शिरोमणिको १३२ औं जन्मजयन्ती
इतिहास शिरोमणिको १३२ औं जन्मजयन्ती
विश्वकप खेल्न ब्राजिल र अर्जेन्टिनाको टोली घोषणा,  टोलीमा को–को परे ?
विश्वकप खेल्न ब्राजिल र अर्जेन्टिनाको टोली घोषणा, टोलीमा को–को परे ?
नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष स्व सिंहको योगदानको स्मरण
नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष स्व सिंहको योगदानको स्मरण
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?

तपाईंले छुटाउनुभयो कि?