एमाले बागमती प्रदेश निर्वाचनमा पाँच जनाको उम्मेदवारी

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन १०, २०८०
|
|
५८ पटक हेरिएको
Shares
एमाले बागमती प्रदेश निर्वाचनमा पाँच जनाको उम्मेदवारी

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एमाले) को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको छ ।
  • सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत अध्यक्ष पदमा केशवराज पाण्डे, कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल र सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य ताराकुमार श्रेष्ठले जानकारी दिए ।

काठमाडौँ । नेकपा (एमाले) को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको छ ।

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत अध्यक्ष पदमा केशवराज पाण्डे, कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल र सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य ताराकुमार श्रेष्ठले जानकारी दिए ।

उम्मेदवारीको अन्तिम नामावली प्रकाशन र फिर्ताको प्रक्रिया पूरा भएपछि बिहीबार मतदान हुने कार्यक्रम छ । सो कमिटीका लागि अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, उपसचिव महिला एक, उपसचिव खुला एकसहित दुई सय ४० सदस्यीय पदमा निर्वाचन हुनेछ । नेताले नेतृत्वका लागि सहमतिको प्रयास पनि जारी राखेका छन् ।

बन्दसत्रका अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले अध्यक्षका सम्भावित उम्मेदवारसँग सहमतिको प्रयासका लागि अध्यक्ष मण्डलले छलफल गरिरहेको छ । असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलबार सम्पन्न भएको थियो ।

बन्दसत्रको सञ्चालनका लागि सो कमिटीका इञ्चार्ज गुरु बरालको नेतृत्वमा तामाङ, देवी ज्ञवाली, पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईं, रामेश्वर फँुयाल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ, रन्ता गुरुङ सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि बन्न सकिनन् देवयानी राणा
प्रतिनिधि बन्न सकिनन् देवयानी राणा
कम्युनिष्ट पार्टीका सबै कमिटीहरु ३ महिनाभित्र एकीकरणको तयारी
कम्युनिष्ट पार्टीका सबै कमिटीहरु ३ महिनाभित्र एकीकरणको तयारी
अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्दछ : प्रधानमन्त्री
अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्दछ : प्रधानमन्त्री
एकै स्थानमा भेटिएका नौवटा बम सेनाद्वारा निष्क्रिय
एकै स्थानमा भेटिएका नौवटा बम सेनाद्वारा निष्क्रिय
आजको राशीफल
आजको राशीफल
लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान : घर फर्किए साढे चार हजार विदेशी
लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान : घर फर्किए साढे चार हजार विदेशी
आज साउन पन्ध्र:वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा
आज साउन पन्ध्र:वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा
‘फेसबुक इन्टरनेटमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)
‘फेसबुक इन्टरनेटमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)
नेपाल टेलिकमको सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा
नेपाल टेलिकमको सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा
नयाँ प्रविधि र विद्युतीय सवारीको महाकुम्भ, नाइमा एक्सपोमा दर्शकको उल्लेख्य उपस्थिति
नयाँ प्रविधि र विद्युतीय सवारीको महाकुम्भ, नाइमा एक्सपोमा दर्शकको उल्लेख्य उपस्थिति

तपाईंले छुटाउनुभयो कि?