विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला निर्वाचित

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ ७, २०७९
|
|
४७ पटक हेरिएको
Shares
विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला निर्वाचित

सारांश

  • विराटनगर।
  • विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन्।
  • गठबन्धनबाट साझा उमेदवार बनेका नागेशले ३० हजार १ सय ७० मत प्राप्त गरे।

विराटनगर। विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन्।

गठबन्धनबाट साझा उमेदवार बनेका नागेशले ३० हजार १ सय ७० मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत पाए।

यस्तै स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ८७९५ मत पाए। राप्रपाका प्रल्हाद प्रसाद साहले ५२१६ मत पाएका थिए।

उपमेयरमा भने गठबन्धनलाई हराउँदै एमाले निर्वाचित भएको छ। एमालेकी शिल्पा कार्की २५ हजार ६ सय ८० मतसहित उपमेयरमा निर्वाचित भएकी हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत मात्रै पाए। यस्तै राप्रपाकी विन्दा कुमारी लुइटेल आचार्यले ६४०१ मत पाइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?