क्यान्सरपीडित समाजसेवीका लागि अमेरिकाबाट झण्डै १ लाख सहयोग

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २३, २०७४
|
|
४३ पटक हेरिएको
Shares
क्यान्सरपीडित समाजसेवीका लागि अमेरिकाबाट झण्डै १ लाख सहयोग

सारांश

  • काठमाडौं, २३ माघ ।
  • बाग्लुङको खुङखानीका समाजसेवी तथा शान्ति माध्यमिक विद्यालय खुङखानीका शिक्षक सरोजकुमार छन्त्याललाई अमेरिकामा बस्दै आएका नेपालीहरुले करीव १ लाख सहयोग गरेका छन् ।
  • एक वर्षदेखि क्यान्सरपीडित भएका छन्त्यालको सहयोगका लागि अमेरिकामा बस्ने कृष्ण छन्त्यालको अग्रसरतामा उक्त सहयोग गरिएको हो ।

काठमाडौं, २३ माघ । बाग्लुङको खुङखानीका समाजसेवी तथा शान्ति माध्यमिक विद्यालय खुङखानीका शिक्षक सरोजकुमार छन्त्याललाई अमेरिकामा बस्दै आएका नेपालीहरुले करीव १ लाख सहयोग गरेका छन् । एक वर्षदेखि क्यान्सरपीडित भएका छन्त्यालको सहयोगका लागि अमेरिकामा बस्ने कृष्ण छन्त्यालको अग्रसरतामा उक्त सहयोग गरिएको हो ।

क्यान्सरपीडित छन्त्यालले हाल अस्पतालमा उपचार गराइरहेका छन् । “हाम्रो सानो सहयोगले बिरामीको स्वास्थमा छिटोभन्दा छिटो सुधार हुँदै जाओस भन्ने हाम्रो कामना छ”, अमेरिकामा रहेका होताराम अधिकारीले बताए । अमेरिकामा उठेको करीव ९५ हजार रुपैयाँ नेपाल पठाउने तयारी भइरहेको पनि अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?